दलित साहित्य

दलित जीवन तथा अनुभवको साहित्यिक चित्रण

दलित साहित्य भनेको दलित जीवन तथा अनुभवको चित्रण गरी रचना गरिएको साहित्य हो ।[][][] दलित जीवनका अनुभव तथा दलित राजनीतिक दृश्यको चित्रण गरी सन् १९६० को दशकमा मराठी भाषामा कविता, फुटकर कथा र आत्मकथाका रूपमा रचना गर्न थालिएको दलित साहित्य वर्तमानमा उर्दू, कन्नड, तमिल, तेलुगु, नेपाली, पञ्जाबी, बङ्गालीहिन्दी भाषाहरूमा समेत रचना हुन्छन् ।[][][][] दलित साहित्यको सुरुवातका साथै तत्कालीन मराठी साहित्यमा चित्रण गरिने सौखिन जीवनशैलीलाई निन्दा गर्न सुरु गरिएको थियो ।[]

प्रारम्भिक दलित साहित्य

सम्पादन गर्नुहोस्

"वचन साहित्यका पिता" का रूपमा चिनिने एघारौँ शताब्दीका प्रतीच्य चालुक्य निवासी मादरा चेन्नैयालाई सर्वप्रथम दलित साहित्यकार मानिन्छन् । उनका साथै दलित साहित्यकारका रूपमा दोहारा कक्कयाको नाम पनि उल्लेख गरिएको पाइन्छ, जसका हालसम्म छ ओटा कविता पाइएको छ ।

दलित साहित्यको इतिहास सम्भवतः बौद्ध साहित्यको इतिहाससँग जोड्न सकिन्छ । मुख्यतः दलित साहित्यको सुरुवातको श्रेय बाह्रौँ शताब्दीको पेरिय पुराणम्मा प्रकाशित जीवनीका आधारमा मराठी साहित्यकार गोरा, चोखामेलाकर्ममेलाका साथै तमिल सिद्ध जस्ता दलित भक्ति कविता रचना गर्ने काव्यकारलाई दिइएको छ । नारायण गुरु, जोतीराव गोविन्दराज फुले, बाबासाहेब आम्बेडकर, इयोथी थास, सहोदरण अय्यप्पन, अय्यङ्कालीपोईकाइल योहन्नान लगायत अन्य साहित्यकारले प्रमुख रूपमा दलित अनुभव तथा दलित जीवनमा आधारित भई साहित्य रचना गर्न थालेपछि मात्रै दलित साहित्यलाई साहित्यका अन्य विधाबाट छुट्टयाइएको हो ।[]

आधुनिक दलित साहित्य

सम्पादन गर्नुहोस्

के. सत्यनारायणसुजी थारु अनुसार प्राचीन कालमा दलित साहित्य लेखिएपनि दलित साहित्य रचनामा मूल विकास भई यो लोकप्रिय बनेको चाहिँ सन् १९६० को दशकमा हो । सो दशकमा आम्बेडकरवादी सिद्धान्तको ग्रहण गरी गान्धीवादी भारतीय राष्ट्रवादको विरोध गर्ने उद्देश्य लिई भएको दलित प्यान्थर्सको स्थापनाले सामाजिक विचारधारामा महत्त्वपूर्ण परिवर्तन ल्याएको थियो । फलस्वरूप दलित साहित्यको रचना एक अखिल भारतीय अभियान बन्यो । यस प्रकारको साहित्यले धार्मिक प्रणाली तथा जाति व्यवस्थालाई सुधार्नुका साथै उपनिवेशवाद तथा धर्म प्रचारक गतिविधिको महत्त्वलाई पुनर्मूल्याङ्कन गर्छ । यसले जातिलाई वर्ण तथा नवबौद्ध मार्गको रूपमा मूल्याङ्कन गर्ने सङ्कुचित प्रणालीको प्रतिरोध गरी मानिसको जाति तथा उसले समाजमा पाउने अवसरको विश्लेषण गर्छ ।[१०]

मराठी भाषामा दलित साहित्य

सम्पादन गर्नुहोस्

"दलित साहित्य" वाक्यांश पहिलो पटक सन् १९५८ मा मुम्बईमा आयोजित प्रथम महाराष्ट्र दलित साहित्य सङ्घमा प्रयोग भएको थियो ।[११] बाबुराव बागूललाई मराठी दलित साहित्यका प्रणेता मानिन्छ ।[१२] उनको प्रथम कथा सङ्ग्रह जेव्हा मी जात चोरली होती (अनुवाद:जब मैले मेरो जात लुकाएको थिएँ) मा दलित प्रति हुने भेदभावको चित्रणद्वारा समाजको क्रूरता र निष्ठुरतामा प्रकाश पारिएको थियो । यसले गर्दा मराठी दलित साहित्यको क्षेत्रमा नयाँ मोड आएको हुनाले यसलाई अझै पनि आलोचकहरूले दलित जीवनको महत्त्वपूर्ण चित्रणको रूपमा लिन्छन् । यस कथा सङ्ग्रहमा आधारित भई अभिनेता तथा निर्देशक विनय आप्टेले चलचित्र समेत बनाएका थिए ।[१३][१४] पछि नामदेव ढसाल (दलित प्यान्थर्सका संस्थापक), अरुण काम्बले, शान्ताबाई काम्बले, राजा ढाले, दया पवार, अण्णा भाऊ साठे, लक्ष्मण माने, लक्ष्मण गायकवाड, शरणकुमार लिम्बाले, भाऊ पञ्चभाई, किशोर शान्ताबाई काले, नरेन्द्र जाधव, ऊर्मिला पवारशङ्करराव खरात जस्ता साहित्यकारले दलित आन्दोलनको सशक्तिकरणमा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।[१५] सन् १९८४ मा जलगावमा आयोजित अखिल भारतीय मराठी साहित्य सम्मेलनमा खरातलाई सभापतिको पदमा राखिएको थियो ।[१६]

सन् १९५८ मा हालै बौद्धमार्गी बनेका दलितहरूले पहिलो पटक दलित साहित्य सम्मेलनको आयोजना गरेपनि साम्यवादबाट आम्बेडकरवादमा लागेका अण्णा भाऊ साठेलाई दलित साहित्यका संस्थापक पिता मानिन्छ ।[१७][१८]

मराठी दलित साहित्यको अङ्ग्रेजीमा अनुवाद हुन थालेपछि मात्रै यो विधा भारतका अन्य क्षेत्रमा लोकप्रिय हुन थालेको हो । सन् १९९२ मा प्रकाशित मुल्कराज आनन्दएलेनोर जेलियटद्वारा सम्पादित एन एन्थोलोजी अफ दलित लिटरेचर (अङ्ग्रेजी: An Anthology of Dalit Literature, अनुवाद:दलित साहित्यको सङ्ग्रह) र अर्जुन डाङ्गलेद्वारा सम्पादित सुरुमा ३ खण्डमा प्रकाशित र पछि १ खण्डमा प्रकाशित पोइजन्ड ब्रेड: ट्रान्स्लेसन्स फ्रम मोडर्न मराठी दलित लिटरेचर (अङ्ग्रेजी: Poisoned Bread: Translations from Modern Marathi Dalit Literature, अनुवाद:विषाक्त रोटी: आधुनिक मराठी दलित साहित्यका अनुवाद) लाई दलित साहित्यलाई भारतीय उपमहाद्वीपमा लोकप्रिय बनाएका पुस्तकहरू मानिन्छन् ।

सन् १९९३ मा आम्बेडकरी साहित्य परिषद्ले महाराष्ट्रस्थित वर्धामा आयोजना गरेको प्रथम अखिल भारतीय आम्बेडकरी साहित्य सम्मेलनमा दलित साहित्यलाई प्रख्यात दलित अभियन्ता बाबासाहेब आम्बेडकरको नाममा आम्बेडकरी साहित्य पनि भन्ने प्रस्ताव राखिएको थियो । यस प्रस्ताव राखिएको बेला उपस्थित अधिकतम व्यक्तिहरूले सहमति जनाएपछि दलित साहित्यलाई आम्बेडकरी साहित्यको नामले पनि चिनिन्छ । आम्बेडकरी साहित्य परिषद्ले सन् १९९६ मा पनि सफलतापूर्वक तृतीय अखिल भारतीय आम्बेडकरी साहित्य सम्मेलनको आयोजना गरेपछि उक्त परिषद्लाई चेतनास्तरको अभिवृद्धि तथा सामाजिक परिवर्तन ल्याउन कार्यरत अग्रगामी संस्थाको दर्जा दिइएको थियो । तृतीय सम्मेलनको पूर्णता पछि हालसम्म भारतका विभिन्न क्षेत्रमा १० भन्दा बढी साहित्य सम्मेलनको आयोजना भइसकेको छ ।

सम्बन्धित लेख

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. जोशी, प्रकाश बाल (९ मार्च २०१९), "‘Dalit Literatures in India’ review: Voice of protest", द हिन्दु (भारतीय अङ्ग्रेजीमा), आइएसएसएन 0971-751X, अन्तिम पहुँच ८ अगस्ट २०१९ 
  2. Dalit literature वेब्याक मेसिन अभिलेखिकरण २०१०-०८-१४ मिति
  3. Brief Introduction to Dalit Literature वेब्याक मेसिन अभिलेखिकरण ७ जनवरी २००९ मिति
  4. "‘Dalit literature reflects oppression of Dalits’", द हिन्दु, १९ मार्च २००२।  वेब्याक मेसिन अभिलेखिकरण २००९-०९-१३ मिति
  5. "TAMIL: Dalit literature", द हिन्दु, २६ फेब्रुअरी २००८। 
  6. "Healing with languages", द हिन्दु, ६ अगस्ट २००६।  वेब्याक मेसिन अभिलेखिकरण २००६-०८-१३ मिति
  7. अक्षय कुमार (१४ मार्च २०१४), Poetry, Politics and Culture: Essays on Indian Texts and Contexts, रूटलेज, पृ: २७२–३१४, आइएसबिएन 978-1-317-80963-0 
  8. अक्षय कुमार (सन् २००१), एस्टन, एन. एम., सम्पादक, Dalit literature and African-American literature, प्रेस्टिज बुक्स, नयाँ दिल्ली, आइएसबिएन 81-7551-116-8 
  9. सच्चिदानन्द, के. (२५ जनवरी २०१३), "Mainstreaming the subaltern", फ्रन्टलाइन ३० (१)। 
  10. सत्यनारायण; थारु (सन् २०१३), The Exercise of Freedom: An Introduction to Dait Writing, नयाँ दिल्ली: नवयान, पृ: २१, आइएसबिएन 9788189059613 
  11. नाटराजन, नलिनी; इमानुअल सम्पथ नेलसन (सन् १९९६), "Chap 13: Dalit Literature in Marathi by Veena Deo", Handbook of twentieth-century literatures of India, ग्रीनवुड पब्लिसिङ ग्रुप, पृ: ३६३, आइएसबिएन 0-313-28778-3 
  12. नाटराजन, नलिनी; इमानुअल सम्पथ नेलसन (सन् १९९६), "Issues of Language and Representation:Babu Rao Bagul", Handbook of twentieth-century literatures of India, ग्रीनवुड पब्लिसिङ ग्रुप, पृ: ३६८, आइएसबिएन 0-313-28778-3 
  13. रामाकृष्णन, इ. भी.; आइ. भी. रामाकृष्णन (सन् १९९६), "Mother 1970", Indian short stories, 1900–2000, साहित्य अकादेमी, पृ: २१७, ४०९। 
  14. दत्त, अमरेश, सम्पादक (सन् १९८८), "Jevha Mi Jat Chorali Hoti (1963)", Encyclopaedia of Indian literature vol. 2, साहित्य अकादेमी, पृ: १८२३, आइएसबिएन 81-260-1194-7 
  15. "Of art, identity, and politics", द हिन्दु, २३ जनवरी २००३।  वेब्याक मेसिन अभिलेखिकरण २००३-०७-०२ मिति
  16. मोरखण्डीकर, आर. एस. (सन् १९९०), "Dilemmas of Dalit Movement in Maharashtra: Unity Moves and After", इकोनोमिक एन्ड पोलिटिकल वीक्ली (जेस्टोर) २५ (१२): ५८६–५९०, अन्तिम पहुँच २१ जुलाई २०२० 
  17. "Remembering Annabhau Sathe, The Dalit Writer Who Dealt A Blow To Class and Caste Slavery", हफपोस्ट इन्डिया (अङ्ग्रेजीमा), १ अगस्ट २०१९, अन्तिम पहुँच २ अगस्ट २०१९ 
  18. "Annabhau Sathe – Remembering The Founder of ‘Dalit Literature’", वेलिवाडा, अन्तिम पहुँच २ अगस्ट २०१९