दमन
दमन /dəˈm[invalid input: 'ah']n/ (पोर्चुगेली: दमाओ), भारतको केन्द्र प्रशासित प्रदेश दमन र दीवको दमनको एउटा सहर र नगर परिषद हो ।
दमन
Damão દમણ | |
---|---|
सहर | |
देश | भारत |
राज्य | दमन र दीव |
जिल्ला | दमन |
क्षेत्रफल | |
• जम्मा | ७२ किमी२ (२८ वर्ग माइल) |
उन्नतांश | ५ मिटर (१६ फिट) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | १९१,१७३ |
• घनत्व | २७००/किमी२ (६९००/वर्ग माइल) |
भाषाहरू | |
• आधिकारिक | गुजराती, अङ्ग्रेजी |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
लिङ्ग अनुपात | १.६९ ♂/♀ |
वेबसाइट | www |
दमन सहर
सम्पादन गर्नुहोस्दमन सहरलाई दमन गङ्गा नदीले दुई भागमा बाँडेको छ । पहिलो भागको नाम नानी-दमन (नानीको अर्थ छोटो) र दोस्रो भागको नाम मोती-दमन (मोतीको अर्थ ठुलो) हो । नानी दमनमा दुई वटा ठुला सहरहरू रहेका छन् । नानी दमनमा महत्त्वपूर्ण केन्द्रिक बजार, प्रमुख अस्पताल, वृहतबजार र मुख्य सरकारी र आवाशीय भवनहरू रहेको छ भने मोती-दमनमा मुख्यतया पुरानो सहरको छाप तथा पुरातात्विक स्थलहरू हेर्न सकिन्छ ।
इतिहास
सम्पादन गर्नुहोस्सन् १५२३ मा पोर्चुगेली समुद्रयात्री डियोगो डी मेलो यस स्थानलाई पार गर्दै जाँदा अचानक यहाँ आएका थिए, उनी ओर्मुज तिर जाँदै गर्दा एउटा भयङ्कर समुद्री आँधीमा फसे र उनको पानीजहाज दमनको दिशामा तेर्सियो र भाग्यले उनी यहाँ पुग्न सफल भए ।[१] त्यस लगतै यो स्थान पोर्चुगेलीहरूको कोलोनीको रूपमा परिवर्तित भयो र लगभग ४०० वर्षसम्म यो उनीहरूको वासस्थानको रूपमा रह्यो । यहाँको उपयुक्त भौगोलिक परिवेश अनुसार समुद्रसँगको नजिकीको कारणले यहाँबाट पोर्चुगेलीहरू युरोपसँग सिधा समुद्री मार्गको प्रयोग गर्दै व्यापार गर्ने गर्थे । १६औँ शताब्दीमा मोतीदमनमा मुगल साम्राज्यबाट बच्नको लागि एउटा बृहत किल्लाको निर्माण गरियो किनभने पोर्चुगेली यहाँ आउनुभन्दा पूर्व यस स्थानमा मुगलहरूले राज्य गरेका थिए । यो किल्ला आज पनि सुरक्षित रहेको छ । वर्तमान समयमा यस किल्लाभित्र नगरपालिकाको सरकारी कार्यालय रहेको छ ।
सन् १९६१ डिसेम्बर १९ को दिन भारत सरकारद्वारा शैन्य कार्यवाही गरेर यहाँ आफ्नो कब्जा जमायो र यस क्षेत्रलाई पोर्चुगेलीहरूको शासनबाट मुक्त गराउन सफल भयो । पोर्चुगेलीबाट यस क्षेत्रलाई कब्जामुक्त गराएर यसलाई भारतमा बिलय गरियो । यस सैन्य कार्यवाहीमा भारततर्फका चार जनाको मृत्यु भएको थियो भने १४ जना भारतीय घाइते भएका थिए ।[२] त्यस्तै १० जना पोर्चुगेलीको मृत्य भएको थियो भने दुईजना घाइते भएका थिए ।[३]
भाषाहरू
सम्पादन गर्नुहोस्जनसङ्ख्या
सम्पादन गर्नुहोस्सन् २०११ को भारतको जनगणना अनुसार दमन जिल्लाको जनसङ्ख्या १,९१,१७३ रहेको छ ।[४] यसको जनसङ्ख्या सामोआको बराबर रहेको छ ।[५] भारतमा रहेको कुल ६४० जिल्लाहरूमध्ये जनसङ्ख्याको आधारमा यो ५९२औँ स्थानमा रहेको छ ।[४] यहाँको जनघनत्व २,६५५ निवासी प्रति वर्ग किलोमिटर (६,८८० /वर्ग माइल) रहेको छ ।[४] यहाँको लैङ्गिक अनुपात १०० पुरुषमा ५३३ महिला रहेको छ भने साक्षरता दर ८८.०६% रहेको छ ।[४]
पर्यटन केन्द्र
सम्पादन गर्नुहोस्यातायात व्यवस्था
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Singh, Kumar Suresh (१९९५), Daman and Diu, People of India XIX, Popular Prakashan, पृ: ३, अन्तिम पहुँच २०१०-१२-१८।
- ↑ Anil Shorey (२१ फेब्रुअरी १९९९), "The Forgotten Battles of Daman and Diu", The Tribune, अन्तिम पहुँच १८ डिसेम्बर २०१०।
- ↑ Chakravorty, Dr. B.C. (2008). "Operation Vijay" वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-३१ मिति. Bharat Rakshak. Retrieved 12/18/2010.
- ↑ ४.० ४.१ ४.२ ४.३ "District Census 2011", Census2011.co.in, २०११, अन्तिम पहुँच २०११-०९-३०।
- ↑ US Directorate of Intelligence, "Country Comparison: Population", अन्तिम पहुँच २०११-१०-०१, "Samoa 193,161" वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२५ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- आधिकारिक वेबसाइट
- दमन पर्यटन वेब्याक मेसिन अभिलेखिकरण २०१४-०८-११ मिति