त्रिचन्द्र सैनिक अस्पताल

त्रिचन्द्र सैनिक अस्पताल काठमाडौँ महांकालमा रहेको चन्द्र शमशेर जङ्गबहादुर राणाद्वारा स्थापित एक अस्पताल हो।

त्रिचन्द्र सैनिक अस्पताल
त्रि–चन्द्र मिलिटरी अस्पताल.jpg
त्रि–चन्द्र मिलिटरी अस्पताल
भौगोलिक विबरण
स्थानकाठमाडौँ महांकाल, नेपाल
सेवाहरू
शैया क्षमताशैया
इतिहास
स्थापनावि.सं १९८२
कडीहरू
वेबसाइटत्रिचन्द्र सैनिक अस्पताल

इतिहाससम्पादन

प्रथम विश्वयुद्ध विजेता बेलायतले ‘पोष्ट वार रि–कन्स्ट्रक्सन फण्ड’ अन्तर्गत युद्धको भरपर्दो सहयोगी नेपाललाई उपहारस्वरुप १९८२ सालमा ‘त्रिचन्द्र मिलिटरी हस्पिटल’ बनाइदिएको थियो। विश्वयुद्धमा भाग लिएका र ज्यान गुमाएका नेपाली सैनिकको सम्झनामा निर्मित यही अस्पताल थियो, जसले मुलुकमा पहिलो पटक फाइबर अप्टिक इन्डोस्कोपी प्रविधि भित्र्यायो।

नेपाली सेनाको इतिहाससँग जोडिएको मिलिटरी हस्पिटल वास्तुकलाको दृष्टिले पनि उत्कृष्ट मानिन्थ्यो। त्यो समयमा यत्तिको उत्कृष्ट ‘नियो–क्लासिकल’ वास्तुकला एसियामै नरहेको र इष्ट–इण्डिया कम्पनीको राजधानी कलकत्ताको कारिगरीले पनि काठमाडौँको यो भवनको ईष्र्या गरेको कुरा पर्सिभल ल्याण्डनले आफ्नो पुस्तक नेपाल (सन् १९२८) मा लेखेका छन्[१]। यस अस्पतालमा रहेको सैनिकको सालिक मूर्तिकार रत्नबहादुर तुलाधरले बनाएका हुन्।

 
टुँडिखेल पारिबाट देखिएको त्रिचन्द्र सैनिक अस्पताल (बाया पट्टि वीर अस्पताल ट्रमा सेन्टर)

नयाँ अस्पतालसम्पादन

प्रधान सेनापति राजेन्द्र क्षत्रीले अस्पताल भवनको शुक्रबार उद्घाटन गर्दै अत्याधुनिक उक्त भवनबाट सैनिक र आश्रित परिवारका लागि स्वास्थ्य सेवा सञ्चालन सुरु भएको जनाएका हुन् । महाभूकम्पपछि उक्त भवनबाट प्रदान गरिंदै आएको स्वास्थ्य सेवा पूर्ण रूपमा बन्द भएको थियो ।

छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सेवा विस्तारका रूपमा नै यसलाई उपयोग गर्ने क्षत्रीले बताए । अस्पतालबाट हाल बहालवाला, भूपू सैनिक र तिनका आश्रित परिवारका लागि आकास्मिक सेवा र बहिरंग सेवा उपलब्ध हुने बताइएको छ । आरम्भमा दन्त चिकित्सा, बाल चिकित्सा, औषधि वितरण, प्रयोगशाला र फिजियोथेरापी सेवा उक्त भवनबाट उपलब्ध हुने जनाइएको छ ।

ऐतिहासिक सम्पदाका रूपमा रहेको उक्त अस्पतालको पुरानो स्वरूपमै अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण गरिएको बताउँदै क्षत्रीले भने, ‘छाउनी अस्पतालमा बिरामीको चापलाई यसले घटाउने छ ।’ उनले भविष्यमा सर्वसाधारण नागरिकलाई पनि स्वास्थ्यसेवा उपलब्ध गराउने योजना रहेको बताए । रुक्मांगद कटवाल प्रधान सेनापति हुँदैदेखि छलफलमा आएको भए पनि यसको निर्णय गौरवशमशेर राणाको पालमा भएको हो । भवन जमिनमाथि सात तला र अन्डरग्राउन्ड दुई तला पार्किङ गरी नौ तलामा समेटिएको छ [२]।’

सन्दर्भसम्पादन

  1. http://himalkhabar.com/news/7447
  2. https://www.kantipurdaily.com/news/2018/08/04/153334721071918506.html