नेपाली सेनाको प्रधान कार्यालयलाई परम्परागत शब्दमा जंगी अड्डा भन्ने गरिन्छ। पहिले यसलाई शाही नेपाली जंगी अड्डा भनिन्थ्यो। नेपाली सेनाको जंगी अड्डा नेपाली राजधानीको भद्रकालीमा रहेको छ।

जङ्गी अड्डा
सामान्य विवरण
वास्तुकलाको ढाँचायुरोपेली शैली
सहरकाठमाडौँ
राष्ट्रनेपाल
ग्राहकनेपाली सेना
धरहराबाट देखिएको सैनिक मुख्यालय जंगी अड्डा
धरहराबाट देखिएको सैनिक मुख्यालय जंगी अड्डा
सैनिक मुख्यालय जंगी अड्डा

जङ्गबहादुर कुँवर राणाको सक्रियतामा वि.सं.१९११ मा स्थापना भएको नेपालको राष्ट्रिय सेनाको मुख्यालय जङ्गी अड्डा स्थापना भएको हो ।

राणाकालीन प्रशासनमा प्रधानसेनापतिले मुलुकी अर्थात निजामतितर्फको जिम्मेवारी र तेस्रो वरियताका जङ्गी लाठ भनिने पश्चिम कमान्डर जनरल (प.क.ज)ले जङ्गी अड्डाको नेतृत्व गर्ने परिपाटी थियो । []

२००७-हालसम्म

सम्पादन गर्नुहोस्

वि.सं.२००७ फागुन ७ को परिवर्तनपछि नेपाली सेनाका प्रधानसेनापति, महारथी पदका सैनिक अधिकारीले जङ्गी अड्डामा बसेर नेपाली सेनाको नेतृत्व पछि मात्र नेपाली सेनामा जङ्गी अड्डा र प्रधानसेनापतिको भूमिका थप प्रभावकारी हुन थालेको "जङ्गी अड्डा: विगत र वर्तमान "पुस्तकमा विवेचना गरिएको छ ।[]

वि.सं.२०७२ वैशाख १२ को भुकम्पपछि नयाँ आधुनिक भवन छ । विसं २०७३ जेठ २४ गते निर्माण शुरु भएको उक्त भवन दुई वर्ष १० महिनामा तयार भएको हो । १० बैशाख २०७६ सैनिक मुख्यालयमा जङ्गी अड्डामा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अत्याधुनिक प्रविधियुक्त उक्त नयाँ भवनको उद्घाटन भयो।[]

  • मुख्यालय
  • गणेश दल गण
  • त्रिभुवन आर्मी रंगशाला
    जङ्गी अड्डाको उत्तर पश्चिम मा खेल मैदान छ । यो खेल मैदानको उत्तर पश्चिम कुनामा प्रधानमन्त्री जंगबहादुर राणाको शालिक छ ।
  • आर्मी अफिसर्स क्लब
  • रिपुमर्दिनी पेट्रोल स्टेशन

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ "जङ्गी अड्डा : ‘विगत र वर्तमान’मा के छ ? (पुस्तक समिक्षा)", Kathmandu Pati (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०१-२६ 
  2. "जङ्गी अड्डा भवनको उद्घाटन", Nepali Digital Newspaper (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०१-२६