राजेन्द्र क्षत्री

नेपालको प्रधानसेनापति

राजेन्द्र क्षत्री (जन्म:राजेन्द्र खत्री क्षत्री) नेपाली सेनाका अवकाशप्राप्त प्रधान सेनापति हुन् । गौरव शमशेर जङ्गबहादुर राणाको अवकाश पश्चात उनी प्रधान सेनापति बनेका थिए ।[१] उनलाई भारतीय सेनाको मानार्थ महारथीको उपाधि भारतीय राष्ट्रपतिले प्रदान गरेका थिए ।[२] उनी सन् १९७८ मा नेपाली सेनाको राजदल गणमा आयुक्त भएका थिए ।[३]

महारथी श्री
राजेन्द्र क्षत्री
नेपालको ४२औँ प्रधान सेनापति
कार्यकाल
२०७२ भाद्र २४ गते – २०७५ भाद्र २४ गते
राष्ट्रपतिविद्यादेवी भण्डारी
सहायकपूर्णचन्द्र थापा
पूर्वाधिकारीगौरव शमशेर जङ्गबहादुर राणा
उतराधिकारीपूर्णचन्द्र थापा
व्यक्तिगत विवरण
जन्मतनहुँ जिल्ला, नेपाल
राष्ट्रियतानेपाली
सैन्य सेवा
निष्ठा नेपाल
शाखा/सेवा नेपाली सेना
सेवाको वर्षहरूसन् १९७८- २०१८

जीवनी सम्पादन

तनहुँ जिल्लाको चिसापानी गाविसको दुधेकुनामा जन्मेका क्षत्री नेपालको सैनिक शिक्षालयबाट आयुक्त पद प्राप्त गरी प्रधान सेनापति वन्ने पहिलो व्यक्ति हुन । २०३५ सालमा सैनिक अधिकृतका रूपमा सेनामा प्रवेश गरेका क्षत्रीको पहिलो पोष्टिङ राजदल गणमा भएको थियो । क्षत्रीले प्रतिविद्रोह तथा जंगल युद्धकला,जुनियर स्टाफ,गुल्मपतिगणपति तालिममा उत्कृष्ट नतिजा हासिल गरेका थिए । सेनाको ४२ औ प्रधानसेनापती हुन सफल भएका क्षत्री पुस्तैनी सैनिक परिवारबाट आएका हुन् । राजा महेन्द्ररानी रत्नको शाही पाश्र्ववर्ती समेत रहेका महासेनानी गोपालबहादुर खत्रीका छोरा राजेन्द्रका हजुरबा सेनानी बलिन्द्रबहादुर नुवाकोट धादिङ र रसुवाको बडाहाकिम थिए । उनका जिजुहजुरबा जमदार नाहरसिंह खत्री पाल्पा र बुटवल क्षेत्रमा खटेर काम गरेका थिए ।

क्षत्रीका सहोदार दाई रमिन्द्र क्षत्री हाल सेनाको मानार्थ उपरथीका रूपमा कार्यरत छन् भने भाइ रतिन्द्र खत्रीले महासेनानिबाट अवकास पाइसकेका छन् । पूर्व सैनिक प्रवक्ता समेत रहेका उपरथी क्षत्री माओवादी आक्रमणमा परेर अपाङग भएपनि उनले त्यसको बावजुत पनि निरन्तर सेनामा सेवा गर्दै आएका छन् । उनी माओवादी आक्रमणमा नपरेको भए सेनापति हुने लाइनमा समेत थिए भने भाइ रतिन्द्रको पनि तत्कालीन प्रधान सेनापति छत्रमानसिंह गुरुङको गलत नियतका कारण महासेनानीबाट अवकास हुन पुगे । उनै खत्री पनि आफ्नो ब्याजमा प्रथम भएकाले उनलाई भावि सेनापतीका रूपमा सेनामा हेरिएको थियो । यसरी तिनै भाइ सेनामा सेनापतिका दावेदार रहेपनि अन्ततः प्रधान सेनापतिकोे फुली लगाउने ऐतिहासिक सौभाग्य भने राजेन्द्रलाई प्राप्त भएको छ । सेनामा कम बोल्ने, सबैका कुरा सुनेर मात्र निर्णय गर्ने क्षत्री स्वभावलाई धेरैले मन पराउने गरेका छन् ।

सेनाभित्र क्षमतावान र इमान्दार अधिकृतको रूपमा पनि उनलाई हेरिन्छ । क्षत्रीले अमेरिकाको फोर्ट लेवनवर्थ क्यानसस्बाट कमाण्ड एण्ड जनरल स्टाफ कलेज र अमेरीकी आर्मी वार कलेज काईलकल पेन्सलभानियाबाट आर्मी कलेज गरेका छन् । उनले भारत,पाकिस्तान र चीनवाट फिल्ड आर्टिलरी,एयर डिफेन्स आर्टिलरी तथा पाकिस्तानको स्कुल अफ आर्मी एयर डिफेन्सबाट युनिट कमाण्डर कोर्स र भारतको डिफेन्स इन्सिच्युट अफ साइकोलोजिकल रिसर्चबाट साइकोलोजिकल अधिकृत तालिम पनि हासिल गरेका छन् । क्षत्रीसंग राष्ट्रसंघको सुरक्षा परिषदमा विश्लेषकका रूपमा रणनीतिक तहको स्टाफ, ७ बाहिनीको बाहिनीपति, मध्य पृतना हेटौँडाको पृतनापती, पूर्व प्रधानसेनापती रूक्माङ्गद कटवालको सैनिक सहायक,प्रबन्धरथी,सैनिक विनय महानिर्देशक,बलाध्यक्ष र बलाधिकृतरथीको कुशलतापुर्वक जिम्मेवारी पुरा गरेको अनुभव समेत छ ।[४][५]

विवाद सम्पादन

  • ‘सेवा गर्ने उमेर छँदै अवकाशमा जानुपर्ने बाध्यतालाई सम्बोधन गर्ने’ वचनबद्धता जनाएका क्षत्रीले उल्टै सुबेदारभन्दा तलका दर्जाले सेवा गर्न पाउने उमेर हद ३ वर्ष कटौती गरिदिए । यसले सामान्य परिवार र तल्ला दर्जामा कार्यरत सिपाहीदेखि सुबेदारसम्मलाई ठूलो मार पारेको छ । सेनामा सुबेदारसम्मको सेवा अवधि ५५ वर्ष थियो । १४ फागुन ०७४बाट क्षत्रीले त्यो उमेर हद ५२ वर्षमा झारिदिए ।
  • क्षत्रीको कार्यकालमा सैन्य भर्ना र शान्ति सेनामा समेत अनियमितता भएको ठूलै आक्षेप छ । यसको उदाहरण हो, दुई महिनाअघि मात्र सेनाले मुख्यालयलगायत देशभरि भर्ना लिएको थियो । भर्नामा मोटो रकम उठाएको तथ्य आन्तरिक संयन्त्रमा खुल्यो ।
  • क्षत्री विदेश भ्रमण गर्ने प्रधान सेनापतिमध्ये सबैभन्दा अगाडि छन् । ३६ महिने कार्यकालमा उनले २० पटक विदेश भ्रमण गरेका छन् । भदौमा प्रधान सेनापति भएका क्षत्रीले पाँच महिनासम्म विदेश भ्रमण गरेनन् । उनले १९ माघ ०७२ मा पहिलो भारत भ्रमण गरेका थिए भने २४–२८ असार ०७५ मा चीन गए । यस हिसाबले अर्थात्, ३१ महिनामा उनका २० विदेश शयर गरेका थिए । औसतमा हेर्ने हो भने क्षत्री हरेक ४५ दिनमा विदेश गएको देखिन्छ । देशभित्र पनि हेलिकप्टरबाट भ्रमण गर्ने सबैभन्दा सोखिन सेनापति क्षत्री नै दरिएका छन् । प्रधान सेनापतिको भ्रमण खर्च नेपाल सरकार र सेनाको कल्याणकारी कोषले बेहोर्छ । क्षत्रीको भ्रमणको धनराशि मात्रै पनि निकै ठूलो थैली हुन्छ ।
  • सेनालाई व्यावसायिक, पारदर्शी बनाउनुको साटो क्षत्रीले विवादित बनाउने काममा इँटा थपे । यस हिसाबले उनको कार्यकाल सन्तोषप्रद रहेन ।[६]

सन्दर्भ सामग्रीहरू सम्पादन

बाह्य कडीहरू सम्पादन