वीर अस्पताल

वीर अस्पताल नेपालको सबैभन्दा पुरानो तथा ब्यस्त अस्पताल मध्येको एक हो। यो अस्पताल वि.सं. १९४७ (सन् १८८९) मा बीर शम्शेर द्वारा स्थापित गरिएको थियो त्यसैले यसलाई वीर अस्पताल भनिएको हो। यो काठमाडौँ शहरको केन्द्रमा खुलामञ्च अगाडि अवस्थित छ। यो अस्पताल सन् २००३ पश्चात एक सरकारी एजेंसी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मार्फत सञ्चालित छ।

वीर अस्पताल
Bir Hospital situated in Kathmandu.jpg
भौगोलिक विबरण
स्थानकाठमाडौँ महांकाल, प्रदेश ३, नेपाल
संगठन
आर्थिक श्रोतसरकारी
सम्बद्ध विश्वविद्यालयचिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
सेवाहरू
शैया क्षमता४५८ शैया
इतिहास
स्थापनावि.सं. १९४७ (सन् १८८९)
कडीहरू
वेबसाइटnams.org.np

अस्पतालले देशभरका सबै तह र तप्काका व्यक्तिहरूकालागि उच्च गुणस्तरको चिकित्सा तथा शल्य चिकित्सा उपचार प्रदान गर्दछ। ग्रामिण भेगका धेरै बिरामीहरू यस अस्पतालमा निशुल्क चिकित्सा सेवा लिनका लागि टाढा टाढाबाट आउने गरेका छन्। हाल अस्पतालमा ४५८ शैयाको क्षमता रहेको छ। देश कै प्रसिद्ध डाक्टरहरूमध्ये केही यसै अस्पतालमा कार्यरत छन्।

इतिहाससम्पादन

विशेषगरी विपन्न एवं असहाय वर्गका लागि लक्षित गरेर विसं. १९४६ साउनमा १५ वटा अन्तरङ्ग शैयासहित स्थापना भएको हो। यो अस्पतालको स्थापना बीर शमशेरको समयमा भएको हुनाले यसलाई वीर अस्पताल भनिएको हो। यो अस्पतालले लामो समय देखि बिरामीहरूलाई चिकित्सा सहयोग प्रदान गरिरहेको छ।

समय संगै यहाँ स्थान सिमित भएकाले यहाँका सुबिधाहरु इन्द्र राज्य लक्ष्मी देवी शाह प्रसुती गृह , थापाथली , पाटन मानसिक अस्पतालकान्ति बाल अस्पतालमा स्थानान्तरण गरिएको थियो ।

सुविधासम्पादन

नेफ्रोलोजीसम्पादन

नेपालमा नेफ्रोलोजी सेवाको सुरुवात बीर अस्पतालमा सुरु भएको हो। हरेक वर्ष ४० को हाराहारीमा मृगौला बायोप्सी हुने गरेको छ।

सर्जरीसम्पादन

जलन तथा प्लास्टिक सर्जरी यूनिटसम्पादन

दंत विभागसम्पादन

सम्बन्धित लेखहरूसम्पादन

नेपालका अस्पतालहरू

काठमाडौँका अस्पतालहरू

बाहिरी लिङ्कहरूसम्पादन

बिर अस्पताल वेब साइट