लालबाबु राउत

मधेस प्रदेशकाे मुख्यमन्त्री

लालबाबु राउत नेपालको मधेश प्रदेशको पहिलो मुख्यमन्त्री हुन्।[१] नेपालका सात सङ्घीय प्रदेशहरू मध्ये नेपालको मधेश प्रदेशबाट जनता समाजवादी पार्टी, नेपाल पार्टीबाट संसदीय दलका नेता समेत रहेका उनी नेपालको मुख्यमन्त्री बन्ने पहिलो र हालसम्मको एक मात्र मुस्लिम नेता हुन्।[२] गैरसरकारी संस्थाका रूपमा वि.सं. २०५७ सालमा फोरम स्थापना कालदेखि पार्टी अध्यक्ष उपेन्द्र यादवलाई सक्रिय रूपमा सघाएका थिए।[३]

लालबाबु राउत
राउत
मधेश प्रदेशको पहिलो मुख्यमन्त्री
कार्यकाल
वि.सं. २०७४ फागुन ३ – वि.सं. २०७९ असोज १
राज्य प्रमुख
सहायकराम सरोज यादव
पूर्वाधिकारीसरोज कुमार यादव
निर्वाचन क्षेत्रपर्सा १ (ख)
मधेश प्रदेश सभा
पूर्वाधिकारीपद सिर्जना
व्यक्तिगत विवरण
जन्म (1966-06-29) २९ जुन १९६६ (उमेर ५७)
पर्सा जिल्ला, जगरनाथपुर
राष्ट्रियतानेपाली
राजनीतिक दलजनता समाजवादी पार्टी, नेपाल
निवासपर्सा जिल्ला

पर्साका निवासी राउत पर्सा १ (ख)[४] बाट वि.सं. २०७४ मा प्रदेशसभा चुनावमा निर्वाचित भएका थिए। यसभन्दा पहिले, उनी संविधान सभा सदस्यका रूपमा समेत निर्वाचित भएका थिए। वि.सं. २०७४ फागुन ३ मा मधेश प्रदेशका तत्कालिन प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले प्रदेश प्रमुखको कार्यालय जनकपुरमा राउतलाई पद एवं गोपनीयताको शपथ दिलाएका थिए।

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

राउत नेपालको संविधान सभा निर्वाचन २०७० मा मधेशी जनअधिकार फोरमको सामानुपातिक सदस्यको रूपमा संविधान सभा सदस्यको रूपमा निर्वाचित हुनुभन्दा पहिले केही वर्षको लागि वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा अध्यापन गराइरहेका थिए।

निर्वाचन इतिहास सम्पादन गर्नुहोस्

मधेश प्रदेश सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
जनता समाजवादी पार्टी, नेपाल लालबाबु राउत ९,८०४
नेपाली कांग्रेस विजय कुमार सर्राफ ६,८२९
नेकपा (एमाले) शम्भु प्रसाद २,८७६
अन्य १,६२६
अवैध मतहरू ७६३
नतिजा जसपा विजयी
स्रोत: निर्वाचन आयोग

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Lalbabu Raut to be sworn in Province 2 CM today", The Himalayan Times (en-USमा), २०१८-०२-१४, अन्तिम पहुँच २०१८-०२-१६ 
  2. http://ratopati.com/story/33504
  3. "को हुन् मोहम्मद लालबाबु राउत गद्दी ?", अन्तिम पहुँच २०१९-०२-२७ 
  4. "Seven chief ministers set to take oath" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०२-१६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्