तामिम इकबाल खान (बाङ्ला:তামিম ইকবাল খান, जन्म: २० मार्च १९८९) एक बङ्गलादेशी अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन् जसले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्स क्रिकेट, टि ट्वेन्टी र एकदिवसीय अन्तर्राष्ट्रियमा प्रतियोगिताहरू खेल्ने गर्दछन्।[३] सन् २००७ मा इकबालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीको एक खेलाडीका रूपमा पर्दापण गरेका थिए भने त्यसको एक वर्ष पश्चात् उनले अन्तर्राष्ट्रिय टेस्ट खेलहरू खेल्न सुरु गरेका थिए। उनी सन् २०१० डिसेम्बरदेखि सन् २०११ सेप्टेम्बरसम्म बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानको रूपमा कार्यरत थिए।[४][५] उनले अन्तर्राष्ट्रिय क्रिकेटको तीन संस्करणहरूमा शतक बनाउन सफल भएका थिए भने उनले अन्तर्राष्ट्रिय क्रिकेटमा दश हजार रन बनाउने पहिलो बङ्गलादेश अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीको रूपमा नाम दर्ता गरेका थिए। सन् २०१९ जनवरीमा आयोजित त्रिदेशीय खेल संस्करणमा जिम्बाब्वेको विरुद्धमा इकबालले शेरे बाङ्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ५००० रन बनाउने पहिलो बङ्गलादेश खेलाडी बन्न सफल भएका थिए भने उनले आर प्रेमादास रङ्गशालाका सनाथ जयासुरियाद्वारा बनाइएको २५१४ रनको कीर्तिमानीलाई तोड्न सफल भएका थिए उनले उक्त रङ्गशालामा आयोजित खेलमा उनले सर्वाधिक रन बनाउन सफल भएका थिए।[६]

तामिम इकबाल
व्यक्तिगत जानकारी
नामतामिम इकबाल खान[१]
जन्म (1989-03-20) २० मार्च १९८९ (उमेर ३५)
चट्टोग्राम, बङ्गलादेश
उपनामतामिम
उचाई५ फिट ९ इन्च (१.७५ मी)
ब्याटिङबायाँ हाते
बलिङदायाँ हाते
भूमिकासुरुवाती खेलाडी
सम्बन्धअक्रम खान (काका),
नाफिस इकबाल (दाजु)
घरेलु टोली जानकारी
वर्षटिम
सन् २००७–वर्तमानचट्टोग्राम
सन् २०११नटिङ्ह्यामशायार
सन् २०१२चिटागाङ किङ्स
सन् २०१३दुरोन्तो राजोशाही
सन् २०१२वेम्बा इउनाइटेड
सन् २०१२-२०१३वेलिङ्टन
सन् २०१२/१३पुणे वरियार्स
सन् २०१३सेन्ट लुसिया जुक्स
सन् २०१५-२०१६चिटागाङ भाइकिङ्स
सन् २०१६-वर्तमानपिशावर जालमि
सन् २०१७[२]एसेक्स
सन् २०१७स्पिन गर टाइगार्स
सन् २०१७-२०१९कुमिल्ला भिक्टोरियान्स
सन् २०१८-वर्तमाननङ्गरहार परानगान
सन् २०१९-वर्तमानढाका प्लाटुन
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट एकदिवसीय टि ट्वेन्टी प्रथम श्रेणी क्रिकेट
म्याच ६० २०४ ७७ ९२
कुल रन ४,५२५ ७,०७४ १,७१७ ७,१२३
ब्याटिङ औसत ३८.६४ ३५.५२ २३.८४ ४४.००
१००/५० ९/२७ १२/४८ १/७ १७/४०
सर्वोच्च स्कोर २०६ १५८ १०३* ३३४*
कुल बल ३० २५२
विकेट
बलिङ औसत
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट
उत्कृष्ट बलिङ
क्याच/स्टम्प १५/– ५८/– १८/– २९/–
स्रोत: इएसपिएन क्रिकइन्फो, ६ मार्च २०२०
व्यक्तिगत विवरण
राष्ट्रियताबङ्गलादेशी
जीवन साथीआयेशा सिद्दिका
सन्तान(हरू)१ छोरा र १ छोरी
अभिभावकs
  • इकबाल खान (पिता)
  • नुसरात इकबाल (आमा)
निवास(हरू)ढाका, बङ्गलादेश
शिक्षासनसाइन विद्यालय तथा क्याम्पस
पेशाक्रिकेट खेलाडी

सन् २०११ मा तामिम इकबाललाई उइजेनमा वर्षको उत्कृष्ट टेस्ट क्रिकेट खेलाडीको रूपमा सम्मानित गरिएको थियो भने उनी उक्त वर्षको ४ सर्वोत्कृष्ट क्रिकेट खेलाडीहरू मध्ये एक थिए भने उइजेन क्रिकेट खेलाडी पञ्चाङ्गमा उनी दोस्रो बङ्गलादेश क्रिकेट खेलाडी थिए।[७] उनले चट्टोग्राम विभाग क्रिकेट टोलीको तर्फबाट प्रथम श्रेणीको क्रिकेट खेलेका थिए। तामिम इकबाल सीमित ओभर संस्करणमा सबैभन्दा अधिक रन बनाउन सफल एकमात्र बङ्गलादेश हुन् भने क्रिकेटको तीनै संस्करणहरूमा शतक बनाउन सफल खेलाडी उनी मात्र हुन्।[७] यसबाहेक तामिम इकबाल क्रिकेटको तीन संस्करणहरूमा २० शतक बनाउन सफल एकमात्र बङ्गलादेशी क्रिकेट खेलाडी हुन्।

उनी हाल बङ्गलादेशी क्रिकेट खेलाडीको रूपमा टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय तथा टि ट्वेन्टीमा सबैभन्दा अधिक रन बनाउने खेलाडी हुन्। उनले टेस्ट क्रिकेटमा ३ हजार रन, एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५ हजार रन बनाउन सफल दोस्रो बङ्गलादेशी खेलाडी हुन् भने टि ट्वेन्टीमा १ हजार रन बनाउन सफल बङ्गलादेश क्रिकेट खेलाडीको शीर्ष स्थानमा छन्।[८] उनले सन् २०१९ क्रिकेट विश्वकपमा बङ्गलादेशका लागि आफ्नो क्रिकेट कार्यकालको २००औँ एक दिवसीय क्रिकेट खेल खेलेका थिए। सन् २०२० जनवरीमा तामिक इकबाल सन् २०१९-१० बङ्गलादेश क्रिकेट लीग प्रतियोगितामा पूर्वी क्षेत्रीय टोलीका लागि प्रथम श्रेणी क्रिकेटमा अभिजित रहँदै ३३४ रन बनाउन सफल प्रथम बङ्गलादेशी क्रिकेट खेलाडी बन्न सफल भएका थिए।[९]

बाल्यकाल तथा पारिवारिक पृष्ठभूमि सम्पादन गर्नुहोस्

तामिम इकबाल खानको जन्म इकबाल खान र नुसरात इकबाल खानको सुपूत्रको रूपमा सन् १९८९ मार्च २० का दिन बङ्गलादेशको चट्टोग्राम विभाग अन्तर्गतको चट्टोग्राम सहरमा भएको थियो। उनका पैतृक खान परिवार सहरमा एक प्रतिष्ठित परिवार थियो जो बिहारबाट बसाइँसराइ गरी चट्टोग्राम आएका थिए।[१०][११] उनले चट्टोग्राम स्थित सनसाइन विद्यालय तथा क्याम्पसमा अध्ययन गरेका थिए। तामिम इकबाल नाफिस इकबालका भाइ र आकराम खानका भतिजा हुन् जसले बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीको तर्फबाट अन्तर्राष्ट्रिय टेस्ट क्रिकेट खेलहरूमा देशको प्रतिनिधित्व गरेका थिए।[१२] इकबालका बुबाले साना क्रिकेट प्रतियोगिताहरू आयोजना गर्ने गरेका थिए जसले उनका छोराहरूलाई प्रशिक्षण दिन र क्रिकेट खेल प्रतिको लगावलाई बढाउन मद्दत गरेको थियो। उनका दाजु नाफिस, एक पूर्व अन्तर्राष्ट्रिय राष्ट्रिय टोलीका खेलाडीले बङ्गलादेश राष्ट्रिय टोलीका पूर्व खेलाडी तथा उनका दाजु नाफिसले एक अन्तर्वार्तामा तामिमको प्रशंसा गरेका थिए।[१३] उनले सन् २०१३ जुन महिनामा एक भव्य समारोहका साथ आयेशा सिद्दिकासँग विवहा गरेका थिए भने उक्त विवहा समारोहमा बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालेदा जिया पनि उपस्थित भएकी थिइन्।[१४] उनीहरूको पहिलो सन्तानको रूपमा सन् २०१६ फेब्रुअरी २८ का दिन आहरामको जन्म भएको थियो भने दोस्रो सन्तानको रूपमा छोरी आलिश्बाको जन्म सन् २०१९ नोभेम्बर १९ का दिन भएको थियो।

घरेलु तथा टि ट्वेन्टी क्रिकेट कार्यकाल सम्पादन गर्नुहोस्

सन् २०११ मा इकबालले नोटिङ्हाम्स कन्ट्री क्लब नाकम एक अङ्ग्रेजी क्रिकेट क्लबसँगको अनुबन्ध पत्रमा हस्ताक्षर गरेका थिए भने उनी बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान साकिब आल हासमन पश्चात् उक्त क्लबसँगको आवद्ध पत्रमा हस्ताक्षर गर्ने दोस्रो बङ्गलादेशी क्रिकेट खेलाडी बनेका थिए।[१५] सन् २०१२ को अक्टोबरमा विलिङ्टन फ्रिबर्डस् नामक एक न्युजिल्यान्डेली क्रिकेट क्लबले उनलाई आफ्नो टोलीमा आवद्ध बनाएको थियो भने उनले उक्त क्लबका लागि एक टि ट्वेन्टी क्रिकेट प्रतियोगितामा उक्त टोलीको प्रतिनिधित्व गर्ने मौका प्राप्त गरेका थिए।[१६] उनी एक न्युजिल्यान्डेली क्रिकेट क्लबसँग आवद्ध हुने प्रथक बङ्गलादेशी क्रिकेट खेलाडी हुन्।[१७]

बङ्गलादेशको सन् २०११/१२ वेस्ट इन्डिज भ्रमण पश्चात् उनले पुनः न्युजिल्यान्डको विलिङ्टन फ्रिबर्डस् क्रिकेट क्लबमा थप प्रतियोगितामा भाग लिनका लागि फर्किएका थिए।[१८] उक्त क्लबसँगको केही महिने समयमा उनले कुल २३२ रन बनाउन सफल भएका थिए भने उनले ३८.६६ को औसतमा दुई अर्ध शतक रन पनि बनाउन सफल भएका थिए।[१९] सन् २०१२-१३ बङ्गलादेश प्रिमियर लीगको संस्करणको सुरुवात हुन लागेपछि उनी बङ्गलादेश फर्किएर राजोशाही रोयाल्सको प्रतिनिधित्व गरेका थिए जुन बङ्गलादेश क्रिकेट प्रिमियर लीगको दोस्रो संस्करण थियो। सन् २०१२ श्रीलङ्काली प्रिमियर लिग संस्करणमा उनलाई वायम्बा युनाइटेड क्रिकेट टोलीद्वारा छनोट गरिएको थियो।[२०] सन् २०१२ को भारतीय प्रिमियर लिगमा उनलाई पुणे वरियर्सका तर्फबाट छनोट गरिएको थियो तर उनले उक्त प्रतियोगितामा कुनै पनि उपस्थिति जनाएका थिएनन्। सन् २०१३ मा आयोजना हुन लागेको पहिलो क्यारेबियन प्रिमियर लिगमा उनलाई एक वशिष्ठ अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीको दर्जा दिइएको थियो।[२१]

सन् २०१८ सेप्टेम्बरमा आयोजना हुन लागेको अफगानिस्तान प्रिमियर लिगको प्रथम संस्करणमा उनलाई नङ्गरहार परानगान नामक एक क्रिकेट क्लबद्वारा छनोट गरिएको थियो।[२०] सन् २०१८ मा आयोजना हुन लागेको बङ्गलादेश क्रिकेट प्रीमियार लीग संस्करणमा उनलाई कुमिल्ला भिक्टोरियान्स क्लबद्वारा छनोट गरिएको थियो भने उक्त प्रतियोगिता कुमिल्ला भिक्टोरियान्सले जित्न सफल भएको थियो।[२२] उक्त प्रतियोगिताको अन्तिम खेलमा कुमिल्ला भिक्टोरियान्सले ढाका डाइनामाइटलाई १७ रनले पराजित गरेको थियो भने उक्त खेलमा अभिजित रहँदै १४१ रन बनाउन सफल भएका थिए तथा उक्त प्रतियोगिताको अन्तिम खेलमा उनले पहिलोपटक बङ्गलादेश प्रीमियार लीगमा शतक प्रहार गरेका थिए।[२३] उनले उक्त प्रतियोगितामा कुमिल्ला भिक्टोरियान्सको तर्फबाट कुल ४६७ रन बनाउन सफल भएका थिए। सन् २०१९-२० को बङ्गलादेश प्रीमियार लीगको संस्करणमा उनलाई ढाका प्लाटुनका तर्फबाट छनोट गरिएको थियो भने उक्त प्रतियोगितामा उनले ढाका प्लाटुनका तर्फबाट ३९६ रन बनाउन सफल भएका थिए।[२४]

अन्तर्राष्ट्रिय कार्यकाल सम्पादन गर्नुहोस्

तामिम इकबालले सन् २००६ श्रीलङ्कामा आयोजित १९ वर्ष मुनीको क्रिकेट विश्वकप मार्फत अन्तर्राष्ट्रिय क्रिकेट कार्यकालको सुरुवात गरेका थिए जहाँ उनले पहिलोपटक उक्त प्रतियोगितामा भाग लिएका थिए। बङ्गलादेशका एक युवा प्रतिभा तामिम इकबाललाई सन् २००७ मा वेस्ट इन्डिजद्वारा आयोजित क्रिकेट विश्वकपमा बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीको प्रतिनिधित्व गर्ने मौका प्राप्त भएको थियो भने उनले उक्त प्रतियोगितामा भारतको विरुद्ध समूह चरणको खेलमा प्रतिस्पर्धा गरेका थिए जहाँ उनले ५३ बलको सामना गर्दै कुल ५१ रन जोड्न सफल भएका थिए जसले गर्दा बङ्गलादेशले भारतलाई उक्त खेलमा पराजित गर्न सफल भएको थियो। सोही वर्षको डिसेम्बर महिनामा बङ्गलादेश राष्ट्रिय क्रिकेट परिषद्ले इकबाललाई तेस्रो दर्जाको सम्झौता पत्र उपलब्ध गराएको थियो जुन त्यस समयमा परिषदद्वारा आयोजित २२ केन्द्रीय अनुबन्धहरू मध्ये एक थियो। यद्यपि उनी त्यस समयम केन्द्रीय अनुबन्धनहरूको सबैभन्दा तल्लो स्तरमा जुन छ महिनासम्म कायम रहेको थियो।

सन् २००९ को बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीको वेस्ट इन्डिज भ्रमणका एक शृङ्खलामा उनले वेस्ट इन्डिज विरुद्ध एक शतक रन बनाउन सफल भएका थिए तर वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट खेलाडीहरू तथा क्रिकेट परिषद्को बीच विवादहरूका कारण केही कमजोरीहरू देखा परेका थिए। तामिमको उत्कृष्ट प्रदर्शनीका कारण बङ्गलादेशले वेस्ट इन्डिज विरुद्ध एक ऐतिहासिक जित हासिल गर्न सफल भएको थियो। भने बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीका लागि वेस्ट इन्डिज विरुद्धको यस टेस्ट शृङ्खला देश बाहिर तथा टेस्ट दुवै गरी पहिलो जित थियो। यस अन्तर्राष्ट्रिय खेलमा ७ जना खेलाडीहरूले टेस्ट क्रिकेटमा पर्दापण गरेका थिए।

तामिममले राष्ट्रिय टोलीका लागि १२८ रनहरूका साथ एक इनिङ समाप्त गरेका थिए भने आफ्नो उत्कृष्ट खेल प्रदर्शनीका कारण उनलाई उक्त प्रतियोगिताको उत्कृष्ट खेलाडीको रूपमा सम्मानित गरिएको थियो। यस भन्दा अघि तामिमले राष्ट्रिय टोलीका लागि ३३ रन जोड्न सफल भएका थिए। "यदि तपाई खेलमा पुरा ध्यान लगाउनु हुन्छ सीधा ब्याट गर्नुहुन्छ तब तपाईले भारी मात्रामा अङ्क जोड्न सफल हुनुहुनेछ। म हाल बीस वर्षको छु र मात्र ११ टेस्टहरू खेलेको छु। यस बाहेक राष्ट्रिय टोलीका लागि थुप्रै खेलहरू खेल्न समर्थ छु। भन्दै तामिमले एक अन्तर्वार्तामा आफ्नो बयान दिएका थिए।

উইকেট যথেষ্ট ফ্ল্যাট ছিল। আপনি যদি খেলায় ঠিকমত মনোনিবেশ করতে পারেন এবং সোজা ব্যাটে খেলেন, নিশ্চয়ই আপনি বড় স্কোর করতে পারবেন। আমার বয়স এখন বিশ এবং টেস্ট খেলেছি মাত্র ১১টি। আশা করছি, এরকম আরো অনেক ইনিংস আমি দলকে উপহার দিতে পারবো।

सन् २०१८ डिसेम्बरमा वेस्ट इन्डिज विरुद्धको दोस्रो अन्तर्राष्ट्रिय खेलको एक शृङ्खलामा तामिमले अन्तर्राष्ट्रिय क्रिकेटमा कुल १२ हजार रन बनाउने पहिलो बङ्गलादेश क्रिकेट खेलाडी बन्न सफल भएका थिए। भने उनले पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय शतक आयरल्यान्डको विरुद्धमा राष्ट्रिय टोलीका तर्फबाट बनाएका थिए। बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जेमी सिडन्सले ढाकामा भारत तथा श्रीलङ्काको विरुद्ध त्रिकोणीय राष्ट्र शृङ्खला भन्दा अगाडि, "तामिम इकबाल एक अन्तर्राष्ट्रिय स्तरको ब्याट्सम्यान बन्ने क्षमता राख्दछ"। भन्दै उनको प्रशंसा गरेका थिए।

२५ जनवरीका दिन तामिमले जुनायेद सिद्दीकीसँगको साझेदारीमा भारतको विरुद्ध १५१ रन बनाउन सफल भएका थिए। १३ मार्च २०२० का दिन इङ्ल्यान्डको विरुद्ध खेलहरूको शृङ्खलाको पहिलो टेस्ट खेलमा, तामिमले ८६ रनको एक इनिङका साथ आफ्नो टेस्ट कार्यकाल भरिमा कुल १ हजार रन बनाउन सफल भएका थिए भने उनी बाहेक मात्र सचिन तेन्दुल्कर र मोहाम्मद आशराफुलले उनी भन्दा कम उमेरमा कुल हजार रन बनाएका थिए। तामिमले यस टेस्ट शृङ्खलाको दोस्रो इनिङ तथा पछिको टेस्ट खेलको पहिलो इनिङमा राष्ट्रिय टोलीका तर्फबाट लगातार दुई शतक रन (१०३ र १०८) बनाउन सफल भएका थिए। सन् २०१२ को एसिया कपमा तामिमले सबै चार अन्तर्राष्ट्रिय खेलहरूमा अर्धशतक रन जोड्न सफल भएका थिए भने बङ्गलादेश दोस्रोपटक त्रिकोणीय राष्ट्र क्रिकेट शृङ्खलाको अन्तिममा पुगेको थियो।

राष्ट्रिय टोलीको उपकप्तानको रूपमा सम्पादन गर्नुहोस्

सन् २०१० मा तामिम इकबालले राष्ट्रिय टोलीका तत्कालीन उपकप्तान मुशफिकुर रहिमलाई प्रतिस्थापन गर्दै उपकप्तानको भूमिका ग्रहण गरेका थिए। सन् २०११ मा भारत, श्रीलङ्का तथा बङ्गलादेशले संयुक्त रूपमा आयोजना गरेको क्रिकेट विश्वकपको पहिलो खेलमा तामिमले भारतका विरुद्ध ७० रन बनाएका थिए तर उक्त खेल भारतले आफ्नो पक्षमा पारेको थियो। त्यसपछिको खेलमन तामिमले आयरल्यान्ड विरुद्धको खेलमा ४३ बलको सामना गरी कुल ४४ रन जोडेका थिए भने उक्त खेल बङ्गलादेशले २७ रनले जित्न सफल भएको थियो। त्यसपछिको खेल बङ्गलादेशको वेस्ट इन्डिजका विरुद्ध भएको थियो जहाँ राष्ट्रिय टोली १८.५ ओभरमा समेटिएका कारण टोलीले कुल ५८ रन मात्रै बनाएको थियो जुन राष्ट्रिय टोलीको इतिहासमै सबैभन्दा खराब खेल साबित हुन पुगेको थियो। त्यसपछिको खेल राष्ट्रिय टोलीको इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टोलीका विरुद्ध आयोजना गरिएको थियो जहाँ इकबालले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेका कारण बङ्गलादेशले उक्त खेल २ विकेटले जित्न सफल भएको थियो।

इकबाल साकिब आल हासान पश्चात् बङ्गलादेश बाहेक अन्य राष्ट्रियको क्रिकेट क्लबमा सामेल हुने दोस्रो बङ्गलादेशी क्रिकेट खेलाडी बनेका थिए जब उनले सन् २०११ मा इङ्ल्यान्डको नोटिङह्यासियर क्रिकेट टोलीमा आवद्ध भएका थिए। उक्त क्रिकेट टोलीका अस्ट्रेलियाली खेलाडी डेभिड होसेको अनुपस्थितमा उनले उक्त क्लबका लागि छोटो कार्यकाल तय गरेका थिए भने डेभिड होसे राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्नका लागि स्वदेश फिर्ता भएका थिए। उक्त क्लबसँगको बसाइमा तामिमले कुल ५ खेलहरूमा कुल १०४ रन बनाएका थिए भने उनले एक खेलमा सर्वाधिक ४७ रन जोड्न सफल भएका थिए।

जब बङ्गलादेशले सन् २०११ जुलाईमा एक टेस्ट र पाँच एकदिवसीय अन्तर्राष्ट्रिय खेलका लागि जिम्बाब्वेको भ्रमण गरेको तब उनीहरूले जितको आश राखेका थिए। जिम्बाब्वे टेस्टबाट छ वर्षको निर्वासनबाट फर्किएको थियो भने बङ्गलादेशले १४ महिना भन्दा अधिक समयदेखि उक्त प्रारूपमा खेल खेलेको थिएन। जिम्बाब्वे विरुद्धको टेस्ट खेलमा तामिमले ५८ रन बनाएका थिए तर त्यसले टोलीलाई जित दिलाउन असमर्थ रह्यो। बङ्गलादेश राष्ट्रिय टोलीले जिम्बाब्वे विरुद्धको अन्तर्राष्ट्रिय खेलमा ३-२ को हार बेहोर्नु परेको थियो। बङ्गलादेशी ब्याट्सम्यानले शृङ्खलाको सुरुवातमा सङ्घर्ष गर्नु परेको थियो जसमा तामिमले ३१.४० को औसतमा पाँच पारिहरू खेल्दै कुल १५७ रन बनाउन सफल भएका थिए। उक्त एकदिवसीय अन्तर्राष्ट्रिय तथा टेस्ट खेलहरूको शृङ्खला पश्चात् उक्त खेलहरूमा खराब नेतृत्व गरेका कारण तामिम इकबाल र साकिब आल हासानलाई उपकप्तान तथा कप्तानको रूपबाट बर्खास्त गरिएको थियो।

अन्तर्राष्ट्रिय शतकहरू सम्पादन गर्नुहोस्

टेस्ट शतक सम्पादन गर्नुहोस्

तामिम इकबालका टेस्ट शतकहरू
# रन खेला प्रतिपक्षी सहर/दश स्थान वर्ष नतिजा
१२८ ११   वेस्ट इन्डिज   किङ्सटाउन, सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन आर्नोस भेल रङ्गशाला सन् २००९ जित
१५१ १४   भारत   ढाका, बङ्गलादेश शेर-इ-बाङ्ला राष्ट्रिय क्रिकेट रङ्गशाला सन् २०१० हार
१०३ १८   इङ्ल्यान्ड   लन्डन, इङ्ल्यान्ड लर्डस् क्रिकेट मैदान सन् २०१० हार
१०८ १९   इङ्ल्यान्ड   म्यानचेस्टर, इङ्ल्यान्ड, संयुक्त अधिराज्य वर्ल्ड ट्राफोर्ड क्रिकेट मैदान सन् २०१० हार
१०९ ३६   जिम्बाब्वे   खुलना, बङ्गलादेश शेख आबु नासेर रङ्गशाला सन् २०१४ जित
१०९ ३७   जिम्बाब्वे   चट्टोग्राम, बङ्गलादेश जहुर आहमेद चौधुरी रङ्गशाला सन् २०१४ जित
२०६ ३८   पाकिस्तान   खुलना, बङ्गलादेश शेख आबु नासेर रङ्गशाला सन् २०१४ बराबरी
१०४ ४४   इङ्ल्यान्ड   ढाका, बङ्गलादेश शेर-इ-बाङ्ला राष्ट्रिय क्रिकेट रङ्गशाला सन् २०१६ जित

एकदिवसीय अन्तर्राष्ट्रिय शतक सम्पादन गर्नुहोस्

तामिम इकबालको एकदिवसीय अन्तर्राष्ट्रिय शतकहरू
# रन खेला प्रतिद्वन्द्वी सहर/देश स्थान वर्ष नतिजा
१२९ २७   आयरल्यान्ड   ढाका, बङ्गलादेश शेर-इ-बाङ्ला राष्ट्रिय क्रिकेट रङ्गशाला सन् २००८ जित
१५४ ६०   जिम्बाब्वे   बुलाओये, जिम्बाब्वे कुइन्स स्पोर्ट्स क्लब सन् २००९ जित
१२५ ७४   इङ्ल्यान्ड   ढाका, बङ्गलादेश शेर-इ-बाङ्ला राष्ट्रिय क्रिकेट रङ्गशाला सन् २०१० हार
११२ ११९   श्रीलङ्का   हास्बानतोता, श्रीलङ्का महिन्द राजपाक्ष अन्तर्राष्ट्रिय रङ्गशाला सन् २०१३ हार
१३२ १४२   पाकिस्तान   ढाका, बङ्गलादेश शेर-इ-बाङ्ला राष्ट्रिय क्रिकेट रङ्गशाला सन् २०१५ जित
११६* १४३   पाकिस्तान   ढाका, बङ्गलादेश शेर-इ-बाङ्ला राष्ट्रिय क्रिकेट रङ्गशाला सन् २०१५ जित
११८ १५६   अफगानिस्तान   ढाका, बङ्गलादेश शेर-इ-बाङ्ला राष्ट्रिय क्रिकेट रङ्गशाला सन् २०१६ जित

टि ट्वेन्टी शतक सम्पादन गर्नुहोस्

तामिम इकबालको टि२० शतकहरू
# रन खेला प्रतिद्वन्द्वी सहर/देश स्थान वर्ष नतिजा
१०३ * ४९   ओमान   धर्मशाला, भारत हिमाचल प्रदेश क्रिकेट संस्था रङ्गशाला सन् २०१६ जित

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Tamim Iqbal Profile, ESPN Cricinfo, अन्तिम पहुँच ३१ मार्च २००७ 
  2. "Tamim Iqbal: Bangladesh international leaves Essex for personal reasons"। www.bbc.co.uk। ११ जुलाई २०१७। 
  3. "Tamim ton leads Bangladesh to 90-run win", International Cricket Council, अन्तिम पहुँच २५ मार्च २०१७ 
  4. "Tamim becomes first Bangladesh player to reach 6k ODI runs", The Daily Star, अन्तिम पहुँच २३ जनवरी २०१८ 
  5. "Tamim's journey to 6000 ODI runs", अन्तिम पहुँच २३ जनवरी २०१८ 
  6. "Tamim Iqbal: Bangladesh opener hits 1st ton of 2016 World T20, becomes 11th player to hit tons in all 3 formats", Zee News, अन्तिम पहुँच १३ मार्च २०१६ 
  7. ७.० ७.१ "Batting records – Combined Test, ODI and T20I records – Cricinfo Statsguru – ESPNcricinfo" 
  8. "Tamim Iqbal hits 334 not out, Bangladesh's best in first-class cricket", ESPNcricinfo, अन्तिम पहुँच २ फेब्रुअरी २०२० 
  9. "Tamim Iqbal to take over as Bangladesh ODI captain", ESPNcricinfo, अन्तिम पहुँच ८ मार्च २०२० 
  10. Koshie, Nihal (२२ मार्च २०१२), "A people's opener: Tamim gifts iPhones, bikes", The Indian Express, अन्तिम पहुँच १६ डिसेम्बर २०१२ 
  11. Kumar, K. C. Vijaya (२१ मार्च २०१२), "Bangladesh on the threshold of a historic triumph", The Hindu, आइएसएसएन 0971-751X, अन्तिम पहुँच २० नोभेम्बर २०१७ 
  12. Isam, Mohammad, "The Khans of Chittagong", ESPNcricinfo, अन्तिम पहुँच १६ डिसेम्बर २०१२ 
  13. Chowdhury, Tanzin (२३ जुन २०१३), "Tamim now married", The Daily Star, अन्तिम पहुँच १३ फेब्रुअरी २०२० 
  14. Das, Ankush (१९ नोभेम्बर २०१९), "Tamim Iqbal and his wife blessed with a baby girl", CricketAddictor, अन्तिम पहुँच १३ फेब्रुअरी २०२० 
  15. "Tamim signs for Nottinghamshire", ESPNcricinfo। 
  16. "Tamim signs up for Wellington", ESPNcricinfo, २० अक्टोबर २०१२, अन्तिम पहुँच १६ डिसेम्बर २०१२ 
  17. "Tamim returns fresh, modified", The Daily Star, १५ जनवरी २०१३, अन्तिम पहुँच १७ जनवरी २०१३ 
  18. "Tamim,Kamran overpowers Uthura", ESPNcricinfo। 
  19. "Tamim signs for Pune", ESPNcricinfo। 
  20. २०.० २०.१ "MCC v Rest of the World – 5 July", Lord's, ५ जुलाई २०१४, मूलबाट ७ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जुलाई २०१४ 
  21. "Afghanistan Premier League 2018 – All you need to know from the player draft", CricTracker, अन्तिम पहुँच १० सेप्टेम्बर २०१८ 
  22. "Afghanistan Premier League 2018 – All you need to know from the player draft", CricTracker, अन्तिम पहुँच १० सेप्टेम्बर २०१८ 
  23. "Comilla clinch BPL title after Tamim's heroic knock", The Daily Star, अन्तिम पहुँच ८ फेब्रुअरी २०१९ 
  24. "BPL draft: Tamim Iqbal to team up with coach Mohammad Salahuddin for Dhaka", ESPNcricinfo, अन्तिम पहुँच १८ नोभेम्बर २०१९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

खेल्ने स्थानहरू
पूर्वाधिकारी टेस्ट क्रिकेटमा बङ्गलादेशी क्रिकेट खेलाडीहरूद्वारा बनाइएको सर्वाधिक रन
२०६
पछिल्लो
तालिकाबद्ध गरिएको छैन