शेरे-बाङ्ला राष्ट्रिय क्रिकेट रङ्गशाला

शेरे-बाङ्ला राष्ट्रिय क्रिकेट रङ्गशाला (बङ्गाली: শের-ই-বাংলা জাতীয় ক্রিকেট স্টেডিয়াম, मिरपुर रङ्गशालाको नामबाट पनि परिचित) बङ्गलादेशको राजधानी ढाका स्थित एक क्रिकेट रङ्गशाला हो। यो रङ्गशाला मिरपुर सहरको केन्द्रबाट दश किलोमिटरको दुरीमा अवस्थित छ। यस रङ्गशालाको क्षमता २५,००० मानिसहरू रहेको छ। यस रङ्गशालाको नाम बङ्गलादेशका राजनेता एके फजलुल हकको उपनामबाट राखिएको हो जो शेरे-बाङ्ला (बाङ्लाको बाघ) उपनामले परिचित छन्। १९८० को दशकमा यस खेल मैदान विषेशगरी फुटबल खेलका लागि निर्माण गरिएको थियो भने यस रङ्गशालामा सन् १९८७ को एसियाली क्लब च्याम्पियनसिप खेल आयोजना गरिएको थियो। यस रङ्गशालालाई सन् २००४ मा बङ्गलादेश क्रिकेट सङ्घको अधिनमा लिएको थियो भने फुटबल प्रतियोगिता चाहिँ बङ्गबन्धु राष्ट्रिय रङ्गशालामा सारिएको थियो। यस रङ्गशालाको कुल लम्बाई तथा चौडाई क्रमशः १८६ र १३६ मिटर रहेको छ।

शेरे-बाङ्ला राष्ट्रिय क्रिकेट रङ्गशाला
मैदानको जानकारी
स्थानमिरपुर, ढाका, बङ्गलादेश
स्थापनासन् २००६
क्षमता२५,४१६[१]
स्वामिवढाका विभाग
सञ्चालकबङ्गलादेश क्रिकेट बोर्ड
ठेकेदारराष्ट्रिय टोली
महिला राष्ट्रिय क्रिकेट टोली
ढाका नगरपालिका क्रिकेट टोली
सेन्ट्रल जोन क्रिकेट टोली
ढाका डाइनामाइट्स

अन्तर्राष्ट्रिय खेलबारे जानकारी
प्रथम टेस्ट२५–२७ मे २००७: बङ्गलादेश v भारत
अन्तिम टेस्ट३० नोभेम्बर–२ डिसेम्बर २०१८: बङ्गलादेश v वेस्ट इन्डिज
प्रथम एक दिवसीय८ मार्च २००६: बङ्गलादेश v जिम्बाब्वे
अन्तिम एक दिवसीय११ डिसेम्बर २०१८: बङ्गलादेश v वेस्ट इन्डिज
प्रथम टि-ट्वान्टीआई११ अक्टोबर २०११: बङ्गलादेश v वेस्ट इन्डिज
अन्तिम टि-ट्वान्टीआई१५ सेप्टेम्बर २०१९: बङ्गलादेश v अफगानिस्तान

यस रङ्गशालाको पुनर्निर्माण पछि डिसेम्बर २००६ मा पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल आयोजना गरिएको थियो भने त्यसपछि यस रङ्गशालामा सन् २०११ क्रिकेट विश्वकप, सन् २०१२, सन् २०१४ र सन् २०१६ एसिया कप पनि आयोजना गरिएको थियो। यस रङ्गशाला हाल बङ्गलादेश क्रिकेटको उच्च लिग बङ्गलादेश प्रिमियर लिगका खेलहरूका लागि प्रयोग गरिँदै आएको छ। सन् २०१४ को आइसिसि विश्व ट्वेण्टी २० को अन्तिम खेल यसै रङ्गशालामा आयोजना गरिएको थियो भने सन् २०१४ महिला क्रिकेट विश्वकप पनि यही आयोजना गरिएको थियो। सन् २०११ अक्टोबर ११ कन दिन बङ्गलादेश विरुद्ध वेस्ट इण्डिज बीचको खेल यसै रङ्गशालामा आयोजना गरिएको थियो जुन यस रङ्गशालामा आयोजना गरिएको पहिलो टि ट्वेण्टी अन्तर्राष्ट्रिय खेल थियो। १७ जनवरी २०१८ का दिन यस रङ्गशालामा १०० अौँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल आयोजना गरिएको थियो।[२][३][४]

सुविधाहरू सम्पादन गर्नुहोस्

यस खेल मैदान शुरूवात चरणमा फुटबल खेलका लागि मात्र निमार्ण गरिएको थियो जसका कारण यस रङ्गशालामा आकार आयतकार छ। यस रङ्गशाला पछि बङ्गलादेश राष्ट्रिय क्रिकेट महासङ्घको अधिनमा आएपछि यस रङ्गशालालाई नवीकरण गरिएको थियो जसमा थुप्रै रकम खर्च भएको थियो भने यस रङ्गशालामा व्यायाम सम्बन्धि खेलहरूको आयोजना गर्ने कारणले यस रङ्गशालालाई केही मात्रामा सुधार गरिएको थियो। यस रङ्गशालालाई तीन फुट खनेर रातो माटो हटाइएको थियो र त्यहाँ नयाँ माटोले पुर्नु भन्दा अगाडि विभिन्न प्राबिधिक यन्त्र तथा पाइपहरू जडान गरिएको थियो। खेल हेर्ने दर्शकहरू बस्ने ठाउँ भन्दा २९ इञ्च अगाडि क्रिकेट खेलको सिमाना तोकिएको छ। सन् २००९ मा यस रङ्गशालामा विभिन्न स्थानहरूमा ठूला बत्तीहरू जडान गरिएको थियो जसका कारण हाल यस रङ्गशालाले दिउँसो र रातीको समयमा पनि क्रिकेट खेल आयोजना गर्ने गर्दछ।

सन् २०११ क्रिकेट विश्वकप सम्पादन गर्नुहोस्

 

सन् २०११ को विश्वकप क्रिकेट बङ्गलादेश, भारत र श्रीलङ्काले आयोजना गरेको थियो भने यस रङ्गशालामा उक्त विशेवकपको ४ समूह चरणको खेल र २ क्वाटरफाइनल खेल आयोजना गरिएको थियो जुन १९ फेब्रुअरी देखि २ अप्रिल सम्म खेलाइएको थियो। यस विश्वकप क्रिकेट चिट्टग्राको रङ्गशालामा पनि आयोजना गरिएको थियो। यस प्रतिस्पर्धा भन्दा अगाडि यस रङ्गशालालाई केही नवीकरण गरिएको थियो। यस रङ्गशालामा एक ठूलो विद्युतीय स्क्रिन र एक ठूला विद्युतीय अङ्क तालीका देखाउने उपकरण पनि जडान गरिएको थियो जसका कारण परम्परागत अङ्क तालिका देखाउने उपकरण हटाइएको थियो। यस रङ्गशालाका विद्युतीय बत्तीहरू पनि सुधार तथा जडान गरिएको थियो। खेल जारी भैरहेका बेला उद्धोषण गर्ने नयाँ केन्द्र बनाइएको थियो जहाँ लगभग २०० पत्रकारहरू कार्यरत छन्। यस रङ्गशालामा खेल खेली रहेका बेला खेलाडीलाई चोट लागेमा एक आकस्मिक कक्ष तथा प्राथमिक उपचार केन्द्रको पनि निर्माण गरिएको थियो। यस क्रिकेट रङ्गशालासँगै नजिकमा एक क्रिकेट प्रशिक्षण केन्द्रको पनि निर्माण गरिएको थियो।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. SHER-E-BANGLA NATIONAL CRICKET STADIUM, MIRPUR वेब्याक मेसिन अभिलेखिकरण २४ सेप्टेम्बर २०१५ मिति – ICC World Twenty20 Bangladesh 2014. Retrieved 21 March 2014.
  2. "Mirpur stadium wins the race to 100", ESPN Cricinfo, अन्तिम पहुँच १७ जनवरी २०१८ 
  3. "Historic Mirpur venue braces for 100th ODI", Dhaka Tribune, अन्तिम पहुँच १७ जनवरी २०१८ 
  4. "Sri Lanka face Zimbabwe in Mirpur's 100th", Daily Star, अन्तिम पहुँच १७ जनवरी २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्