ताप्ले गोर्खा जिल्लामा पर्ने एउटा गाउँ विकास समिति हो। नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी अन्चल गोरखा जिल्लाको निर्वाचन क्षेत्र नं १ मा यस ताप्ले गाविस पर्दछ । यस जिल्ला सदरमुकाम देखि पूर्वोत्तर दिशा तर्फ १२ किमिको दुरीमा अवस्थित यस गाविस जिल्लाको पूर्वोत्तर क्षेत्र तर्फ आवागमन गर्ने प्रमुख द्वारको रूपमा रहेको छ । गोरखा सदरमुकामबाट पुर्वोत्तर भेगका उत्तरी गाविसहरु लगाएत प्रमुख व्यापारिक केन्द्रहरु आरुघाट, घ्याम्पेसाल, देउराली, बोर्लाङ जाने कच्ची सडक ताप्ले गाविस हुदै अघि बढ्ने हुनाले सदरमुकामबाट यस गाविससम्म जानको लागि बस, ट्रक आदिको सुविधा उपलब्ध छ । यस गाविसको पूर्वमा बगुवा र अश्राङ्ग गाविस पर्दछन् भने पश्चिममा नारेश्वर र गाँखु गाविस पर्दछन्। यसै गरी उत्तर तर्फ मसेल गाविस र दक्षिण तर्फ फिनाम र बुङ्कोट गाविस पर्दछन् । ताप्ले गाविसको प्रशासनिक कार्यको लागि गाविस भवन र प्रहरी चौकी वडा नं. ४ स्थित आहाले भन्ज्याङमा रहेको छ । यसैगरी स्वास्थ सेवाको लागि स्वास्थ चौकी वडा नं. ६ स्थित मानपुरमा रहेको छ ।

ताप्ले
ताप्ले
city
जनसङ्ख्या
 (2001)
 • जम्मा४३९८

भौगोलिक अवस्था सम्पादन गर्नुहोस्

गोरखा जिल्लाको मध्य पहाडी भागमा पर्ने यस गाविस समुन्द्र सतह देखि ४८० मी। निम्न उचाई भाग देखि १२७१ मी। उच्च उचाइ भाग सम्म रहेको छ। सबै भन्दा होचो भाग निबेल शिखर पर्दछ भने सबै भन्दा उच्च भाग ताप्लेकोट भन्ने स्थान पर्दछ। यस गाविस ८४०३८ु५४ पूर्व देखि ८४०४३ु२२ू पूर्वी देशान्तर सम्म र २७०५९ु२२ू उत्तर देखि २८००३ु१३ू उत्तरी अक्षांश भित्र पर्दछ। यस गाविसको शीरको रूपमा रहेको ताप्लेकोट भन्ने उच्च भागबाट उत्तर र पूर्व जमीनको भाग भन्दा दक्षिण र पश्चिम तर्फको जमीनको भाग मानिस वसोवास गर्न योग्य हुने गरी केही भिरालो र केही समथर हुँदै फैलिएको छ। कूल क्षेत्रफल १४७२।१८३ हेक्टर रहेको यस गाविसमा लगभग २५% कालो माटो र ७५% रातो माटोले ढाकिएको छ। प्राकृतिक मानचित्रमा हेर्दा त्रिभुज आकारमा देखिने यस गाविसमा समशितोष्ण हावापानी पाइन्छ।

जनसङ्ख्या सम्पादन गर्नुहोस्

यस गाविसको मूख्य गाउँ कोखे र ताप्ले होतापनि स-साना वस्तीका टोलहरू ४६ वटा छन्। यस गाविसको कूल घर धुरी संख्या १०२७मा महिला ३००३ र पुरुष ३०४७ गरी कूल जनसङ्ख्या ६०५० रहेको छ पूरा गाविसको तथ्याङ्क र जनगणना २०५८बाट देखिन्छ सो संख्या मध्ये हिन्दु सम्प्रदायका ८१% र इस्लाम धर्म मान्ने मुस्लिम सम्प्रदायका १९५ छन्। पेशागत रूपमा नोकरीमा ९% उद्योग व्यारमा १।५% र बाँकी ८९।५% कृषिमा संलग्न भएको पाइन्छ।

शैक्षिक अवस्था यस गाविसमा शिक्षाको ज्योति प्रश्वलन गर्ने कार्य वि.स. २०१२ सालमा भएको पाइन्छ। गाविसको केन्द्र विन्दु वडा नं. ४ मा स्थापीत श्री महालक्ष्मी प्रावि वि.स.२०४२ सालमा माविको रूपमा साचालन भई २०५०बाट प्रवेशिका परीक्षा दिन शुरु गरेको पाइन्छ भने हाल सो विद्यालयमा उच्च माविको रूपमा प्लस टु तहसम्म पढाइ हुन्छ । त्यसपछि स्थापित अन्य विद्यालयहरूमा: श्री जनज्योति निमावि वडा नं.७, श्री कालिका देवी प्रावि वडा नं. ८, श्री वाघ भैरव प्रावि वडा नं. २, श्री दया ज्योति प्रावि वडा नं. १, श्री नवज्योती प्रावि वडा नं. ९ र श्री रजविया हनफिया प्रावि वडा नं. ५ रहेका छन् । भाषागत विकासका लागि मुस्लिम वस्तीहरू अन्तर्गत वडा नं. २, ४ र ५ मा मदरसा विद्यालय स्थापीत छन्। जहाँ मुस्लीम परिवारका बाल-वालिकाहरू आफ्ना जातिगत भाष उर्दु शिक्षा लिनेदिने कार्यहरू गर्दछन्। गाविसको रेकर्ड शैक्षिक सत्र २०५८ अनुसार कूल विद्यार्थी संख्या १६४० मध्य छात्र ८६३ र छात्राको संख्या ७७७ भएको देखिन्छ। यस गाविसमा गरीबी र अशिक्षाको कारणबाट शैक्षिक विकास मन्द गतिमा रहेको पाइन्छ। शिक्षाको अभावबाट पीडित यस गाविसमा क दरवन्दीमा मात्र सरकारी अनुदान प्राप्त भएको हुँदा बाँकी १७ दरवन्दि मध्ये ६ वटा निजी स्रोतबाट राख्न जनताहरू वाध्य छन् भने नपुग शिक्षकबाट वाल वालिकाहरू शिक्षा लिन वन्चित रहेको पाइन्छ।


स्रोत सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्