ताकम
नेपालको धवलागिरि अञ्चलमा अवस्थित गाउँ विकास समिति
ताकम नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, म्याग्दी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३७५४ रहेको थियो जसमध्ये १६४० पुरुष र २११४ महिला रहेका थिए भने यहाँ ८७८ घरधुरी रहेको थियो।[१] यो हाल धवलागिरी गाउँपालिकामा पर्दछ।
ताकम | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २८°२६′N ८३°१९′E / २८.४३°N ८३.३२°Eनिर्देशाङ्कहरू: २८°२६′N ८३°१९′E / २८.४३°N ८३.३२°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | म्याग्दी जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ३,७५४ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
ऐतिहासिक बगाले राज्य
सम्पादन गर्नुहोस्बगाले कुलका आत्रेय गोत्रका खस क्षत्रिय राजा कालु थापा ताकमका राजा थिए । माहिँला छोरा तारापति थापा पनि यहींका राजा थिए ।[२] त्यस्तै जेठा छोरा पूर्णखर (पुन्याकर) थापा पुलाचौर, रुकुमकोटमा साहिँला विरु थापा र ज्यामरुककोटमा कान्छा जशोधर (धर्मराज) थापाले राज्य गरेका थिए ।[२] चार हजार पर्वत भनि मानिएको यो राज्यमा थापाहरूले ३०० वर्ष सम्म शासन गरेका थिए ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ २.० २.१ नरहरिनाथ १९५५.