पुलाचौर

बेनी नगरपालीका को वडा नं. ५

पुलाचौर नेपालको गन्डकी प्रदेशको धवलागिरी अञ्चलको म्याग्दी जिल्लाको बेनी नगरपालिकामा अबस्थित एक वडा हो।

पुलाचौर
देश नेपाल
प्रदेशगण्डकी
जिल्लाम्याग्दी
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

पछै सम्पादन गर्नुहोस्

पौराणिक कथा का अनुसार पुल्स्त्य र पुलह ऋषी को तपोभुमी हालको पछै हो, जुन बेनपा ५ को पुलाडाँडामा रहेको छ । पहाडको शीरमा रहेको पछैमा पुल्स्त्य ऋषीको मन्दिर रहेको छ जहाँ नियमित रुपमा पुजाआजा संचालन हुन्छ । पछै दृश्यावलोकन का लागी पनी उपयुक्त रहेको छ ।

अवेचौर सम्पादन गर्नुहोस्

अवेचौर बेनी नगरपालीका ५ मा पर्ने एक सानो गाँउँ हो, जहाँ जम्मा ११ वटा घर रहेका छन् । जसको उत्तरमा पुरुण्डी पूर्वमा नेपाने दक्षीणमा पिपलबोट र पस्चिम मा भिरमूनी रहेका छन् ।अपुष्ट कथनका अनुसार ढोलठानबाट राजपरिवार सवारी हुँदा डोली अड्याएर बास बस्ने गरेको हुँदा अडेचौर भनीयो, जुन कालान्तरमा अपभ्रंस भएर अवेचौर भन्न थालीयो !

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्