पाकिस्तानी मानक समय
पाकिस्तानी मानक समय (उर्दू: اکستان کا معیاری وقت), अन्तर्राष्ट्रिय प्रमाणिक समय भन्दा युटिसी+०५:०० घन्टा अगाडि रहेको छ। समय क्षेत्र एसियामा मानक समयमा प्रयोगमा रहेको छ।
पाकिस्तान मानक समय | |
---|---|
समय क्षेत्र | |
![]() पाकिस्तान मानक समय | |
समय | |
PKT | युटिसी+०५:०० |
हालको समय | |
०२:४८, २८ मे २०२३ PKT [refresh] | |
दिवाप्रकाश बचत समय लागू | |
यस समय क्षेत्रमा दिवाप्रकाश बचत समय प्रयोगमा छैन। |
इतिहाससम्पादन
पाकिस्तानले सन् १९०७ देखि (बेलायती शासनको समयमा) युटिसी+०५:३० लाई पछ्याइरहेको थियो र सन् १९४७ मा स्वतन्त्र भएपछि पनि यसको प्रयोग जारी राखेको थियो। १५ सेप्टेम्बर १९५१ मा, गणितज्ञ महमूद अनवरको निष्कर्ष पछि दुई समय क्षेत्रहरूलाई परिचय गराइएको थियो। कराची समय पश्चिम पाकिस्तानमा युटिसी+०५:३० देखि युटिसी+०५:०० सम्म ३० मिनेट को समायोजन गरी ल्याइएको थियो भने पूर्व पाकिस्तानको ढाका समयलाई युटिसी+०६:३० देखि युटिसी+०६:०० मा ३० मिनेट घटाएर पूर्व पाकिस्तानमा पेश गरिएको थियो।[१] यो परिवर्तन ३० सेप्टेम्बर १९५१ मा प्रभावकारी भएको थियो। पाकिस्तानी मानक समय ७५.०० डिग्री देशान्तरमा शकरगढमा नापिन्छ। सन् १९७१ मा कराची समयलाई पाकिस्तान मानक समयमा पुन: नामाकरण गरिएको थियो।