टिन

आणविक संख्या ५० भएको रासायनिक तत्व

टिन एक रासायनिक तत्व हो। ल्याटिनमा यसको नाम स्ट्यानम (Stannum) हो, जसबाट यसको रासायनिक प्रतीक Sn लिइएको हो। यो आवधिक तालिकाको चौथो मुख्य समूहको धातु हो। कार्बनका दश स्थिर आइसोटोपहरू (द्रव्यमान संख्या ११२, ११४, ११५, ११६, ११७, ११८, ११९, १२०, १२२ तथा १२४ ) फेला परेका छन्। यी बाहेक अन्य चारवटा रेडियोएक्टिभ आइसोटोप ( <द्रव्यमान संख्या ११३, १२१, १२३ र १२५) पनि उत्पादन भएका छन्।

इतिहास सम्पादन गर्नुहोस्

टिन को मिश्र धातु ५,००० वर्ष पहिले पनि प्रयोग गरिएको थियो। टिनबाट बनेको सबैभन्दा पुरानो बोतल इजिप्टको एउटा चिहानमा फेला परेको थियो, जुन ईसापूर्व करिब १,५०० वर्षअघिको हो। टिनको अयस्क इजिप्टमा पाइँदैन। त्यसैले यो धातु बाहिरबाट आएको हुनुपर्छ। टिनको धातु विज्ञानका नमूनाहरू ईसापूर्व करिब ३०० अघि इङ्गल्याण्डमा पाइन्छ। यहाँ टिनको खानीहरू थिए। त्यतिबेला यो धातु रोम जाने गर्दथ्यो । दक्षिण अमेरिकाका आदिवासीहरूलाई टिनको मिश्र धातुको ज्ञान थियो।

दक्षिण एसियामा सिन्धु उपत्यका सभ्यताको समयको प्राप्त गरिएका धातुका वस्तुहरूमा टिन भेटिएको छ। त्यतिबेला टिन इरानबाट आएको अनुमान गरिएको छ । ईसा पूर्व पाँच शताब्दीअघि आयुर्वेदिक कालमा सुश्रुतमा त्रपु (टिन) वर्णन गरिएको छ र वाग्भटको अष्टाङ्गहृदयमा पनि टिनको यौगिकको वर्णन गरिएको छ। रसरत्नसमुचायमा टिन धातु र टिन भस्म दुवैका गुणहरूको चर्चा गरिएको छ।

उपस्थिति सम्पादन गर्नुहोस्

टिन मुक्त अवस्थामा प्राप्त हुँदैन। पृथ्वीको सतहमा यसको मात्रा लगभग ४० ग्राम प्रति टन छ। यसको मुख्य अयस्कहरू हुन् : क्यासिटेराइट, (SnO 2 ) र सल्फाइड। वाङका मुख्य खानीहरू मलेसिया, थाइल्याण्ड, इन्डोनेसिया, कङ्गो, नाइजेरियाबोलिभियामा छन्।

प्रयोग सम्पादन गर्नुहोस्

 
A coil of lead-free solder wire

२०१८ मा, लगभग आधाजसो टिन सोल्डर मा प्रयोग भएको थियो। बाँकी टिनको जलप, टिनको यौगिक, पित्तलकाँस मिश्रधातु को लागि प्रयोग गरिन्छ । [१]

टिन गिल्डिङ र मिश्र धातुको निर्माणमा प्रयोग गरिन्छ। फलाममा टिनको जलप लगाउँदा यसामा खिया लाग्दैन र अम्ल को असर चाडै देखिदैन। कांस्य यसको महत्त्वपूर्ण मिश्र धातु हो। टिनका धेरै यौगिकहरू कपडा उद्योग, रंगाई, गिलास र पोर्सिलेन उद्योगहरूमा प्रयोग गरिन्छ। टिन र सिसा बाट फ्युज पनि बनाइन्छ।

 
Tin plated metal from a can.

टिन फलाम सजिलै सँग जोडिन्छ र सिसा, जस्ता, र स्टिललाई जलप गर्न प्रयोग हुन्छ। Tin-plated (or tinning) steel containers is widely used for food preservation, and this forms a large part of the market for metallic tin. A tinplate canister for preserving food was first manufactured in London in 1812.[२] Speakers of British English call such containers "tins", while speakers of U.S. English call them "cans" or "tin cans". One derivation of such use is the slang term "tinnie" or "tinny", meaning "can of beer" in Australia. The tin whistle is so called because it was mass-produced first in tin-plated steel.[३][४]

Copper cooking vessels such as saucepans and frying pans are frequently lined with a thin plating of tin, by electroplating or by traditional chemical methods, since use of copper cookware with acidic foods can be toxic.

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Tin demand to decline – International Tin Association", Mining.com, १८ अक्टोबर २०१९, अन्तिम पहुँच ३ जुलाई २०२१ 
  2. Childs, Peter (जुलाई १९९५), "The tin-man's tale", Education in Chemistry (Royal Society of Chemistry) 32 (4): ९२, अन्तिम पहुँच १९ जुन २०१८ 
  3. Control, Tin Under (१९४५), Tin Under Control, पृ: 10–15, आइएसबिएन 978-0-8047-2136-3, मूलबाट २०१६-०५-३१-मा सङ्ग्रहित। 
  4. Panel On Tin, National Research Council (U.S.). Committee on Technical Aspects of Critical and Strategic Materials (१९७०), Trends in the use of tin, पृ: 10–22, मूलबाट २०१६-०५-२२-मा सङ्ग्रहित। 
"https://ne.wikipedia.org/w/index.php?title=टिन&oldid=1204286" बाट अनुप्रेषित