झापा स्पोर्ट्स अवार्ड २०७४

झापा स्पोर्ट्स अवार्ड २०७४ झापा स्पोर्ट्स अवार्ड अन्तर्गतको दोस्रो पुरस्कार वितरण कार्यक्रम संस्करण हो। यस झापा स्पोर्ट्स अवार्डको वितरण २०७५ माघ २७ गते विर्तामोडमा भएको थियो। जस अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ र जुडोकी देविका खड्का झापा स्पोर्टस् अवार्ड २०७४ वर्षका उत्कृष्ट पुरुष तथा महिला खेलाडी घोषित भएका थिए।

झापा स्पोर्ट्स अवार्ड
मिति२०७५ माघ २७
स्थानविर्तामोड,झापा
देश नेपाल
आयोजकराष्ट्रिय खेलकुद पत्रकार मञ्च,झापा

उत्कृष्ट युवा, प्रशिक्षक र पिपुल्स च्वाइज प्लेयर सबैले विजेताले समान २५ हजार प्राप्त गरेका थिए। पुरस्कार राशी अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष पंकजविक्रम नेम्बाङले प्रदान गरेका थिए । उत्कृष्ट पुरुष र महिला खेलाडीलाई मोटरसाइकल र स्कुटी झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले प्रायोजन गरेका थिए।

गत वर्ष झापाका खेलाडीलाई मात्र केन्द्रित गरेर प्रदान गरिएको झापा स्पोर्ट्स अवार्ड यस वर्षबाट मेची अञ्चल भरिका खेलाडी तथा प्रशिक्षकलाई समेटेर खेलकुद पत्रकार मञ्च झापाले वितरण गरेको थियो।

विधागत पुरस्कार विजेताहरू सम्पादन गर्नुहोस्

उत्कृष्ट पुरूष खेलाडी सम्पादन गर्नुहोस्

यस विधा अन्तर्गत उत्कृष्ट खेलाडी बनेका नवयुग श्रेष्ठले यामाह कम्पनीको मोटरसाइकल प्राप्त गरेका थिए।

खेलाडी सम्बन्धित खेल जिल्ला
नवयुग श्रेष्ठ फुटबल इलाम
विशाल राई फुटबल झापा
अनन्त तामाङ फुटबल झापा

उत्कृष्ट महिला खेलाडी सम्पादन गर्नुहोस्

उत्कृष्ट महिला खेलाडी बनेकी देविका खड्काले यामाहा कम्पनीको इस्कुटी प्राप्त गरेकि थिइनन्।

खेलाडी सम्बन्धित खेल जिल्ला
देविका खड्का जुडो झापा
एस्तर राई कराँते झापा
अन्जिला तुम्बाफो सुब्बा फुटबल इलाम

उत्कृष्ट युवा खेलाडी सम्पादन गर्नुहोस्

खेलाडी सम्बन्धित खेल जिल्ला
प्रकाश दुनावार एथलेटिक्स झापा
सविता कार्की एथलेटिक्स ताप्लेजुङ
सम्झना लावती फुटबल झापा

उत्कृष्ट प्रशिक्षक सम्पादन गर्नुहोस्

खेलाडी सम्बन्धित खेल जिल्ला
विरु श्रेष्ठ क्रिकेट झापा
गंगा खड्का जुडो झापा
डम्बर लिम्बू बक्सिङ झापा

अन्य पुरस्कारहरू सम्पादन गर्नुहोस्

विधा व्यक्ति स्तर सम्बन्धित खेल जिल्ला
पिपुल च्वाइस अवार्ड देवेन्द्र तामाङ खेलाडी फुटबल झापा
लाइफ टाइम अचिभ मेन्ट तेजप्रताप पतङ्वा सुब्बा प्रशिक्षक भलिबल ताप्लेजुङ

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडी सम्पादन गर्नुहोस्