नवयुग श्रेष्ठ

नेपाली फूटबल खेलाडी

नवयुग श्रेष्ठ (जन्म: २६ जनवरी १९९०) इलाम जिल्लामा जन्मिएका हुन। उनी नेपाल फुटबल टिमनेपाल आर्मी क्लबका खेलाडी हुन् ।[१] नेपालको इतिहासमा सर्वाधिक तीन ह्याट्रिक प्रहार गर्ने उनी प्रथम खेलाडी हुन्। उनले २०१६ बंगबन्धु गोल्ड कपमा ४ गोल तथा दक्षिण एसियाली खेलकुद फुटबल २०१६मा ७ गोल प्रहार गरी दुवै प्रतियोगिता विजय गर्न अग्र भूमिका खेलेका छन्। प्रथम र तृतिय ह्याट्रिक उनले माल्दिभ्स विरूद्ध र द्वितिय ह्याट्रिक उनले भूटान विरूद्ध लगाएका थिए।

नवयुग श्रेष्ठ
Nawayug Shrestha SubasTheOne2017.jpg
व्यक्तिगत विवरण
पुरा नाम नवयुग श्रेष्ठ
जन्म मिति (१९९०-०१-२६) २६ जनवरी १९९० (उमेर ३१)
जन्म स्थान इलाम, नेपाल
उचाई ५ फिट ७ इन्च (१.७० मी)
खेल्ने स्थान फरवार्ड
क्लबको विवरण
हालको क्लब नेपाल आर्मी फुटबल क्लब
सङ्ख्या १८
युवा क्लब
वर्ष टोली
२०१४-२०१५ नेपाल आर्मी फुटबल क्लब
राष्ट्रिय टोली
बर्ष टोली खेल (गोल)
२०१६ नेपाल राष्ट्रिय फुटबल टिम


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी १ नोभेम्बर २०१८

क्लब जीवनसम्पादन

२०७२-७३ सीजनसम्पादन

अन्तर्राष्ट्रिय करियरसम्पादन

 
एक टेलिभिजन कार्यक्रममा नवयुग

नवयुग श्रेष्ठले भारतमा सञ्चालन भएको २०१५ साफ च्याम्पियनसिपबाट आफ्नो अन्तर्राष्ट्रिय फुटबल करियरको आरम्भ गरे । सन् २०१६ मा बङ्गलादेशमा सञ्चान भएको २०१६ बंगबन्धु गोल्ड कपबाट उनले अन्तर्राष्ट्रिय फुटबल जगतमा चर्चा पाएका हुन् ।[२] नवयुगले बङ्गवन्धु गोल्डकपको सेमीफाइनल खेलमा माल्दिभ्स राष्ट्रिय फुटबल टिम विरुद्ध ह्याट्रिक गर्न सफल भएका थिए भने फाइनलम खेलमा समेत उनले बहराइन राष्ट्रिय फुटबल टिम विरुद्ध एक गोल गरेका थिए ।[३] सो प्रतियोगितामा ४ गोल गरेर नवयुग सबैभन्दा बढी गोल गर्ने खेलाडी र मोस्ट भ्यालुएबल खेलाडीको उपाधि प्राप्त गरे ।[४]

अन्तर्राष्ट्रिय गोलसम्पादन

नेपाल राष्ट्रिय टिम वर्षहरू गोल
  भुटान २०१६   ५'
  माल्दिभ्स २०१६   ५'
  भारत २०१६   १'
  ब्रुनाई २०१६   १'
  जापान(मैत्रीपूर्ण टिम) २०१६   १'
 गाम्बा ओसका-२३(मैत्रीपूर्ण खेल) २०१७   १'
  यमन(एसिया कप छनोट) २०१८   १'
जम्मा   १५'

उपाधिहरूसम्पादन

राष्ट्रिय टिमसम्पादन

नेपाल यु-२३सम्पादन

क्लबसम्पादन

नवयुग हाल नेपाल आर्मी फुटबल टिमका महत्त्वपूर्ण खेलाडी समेत हुन् उनले नेपाली आर्मी फुटबल टिमबाट विभिन्न घरेलु फुटबल प्रतियोगिताहरू जिति सकेका छन् ।जस मध्ये केही महत्त्वपूर्ण उपाधिहरू निम्नानुसार रहेका छन्।

पुरस्कार तथा सम्मानसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. http://thehimalayantimes.com/sports/shrestha-strikes-treble-as-armymen-outplay-npc/
  2. "ह्याट्रिक गर्ने नवयुग श्रेष्ठ को हुन्?", नागरिक न्युज, अन्तिम पहुँच १९ जनवरी २०१६ 
  3. "नवयुग श्रेष्ठ बङ्गवन्धु कपमा उत्कृष्ट खेलाडी घोषित", अनलाइनखबर, अन्तिम पहुँच ८ माघ २०७२ 
  4. "नवयुग श्रेष्ठ 'मोस्ट भ्यालुएबल' खेलाडी", अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच ८ माघ २०७२ 

यो पनि हेर्नुहोलासम्पादन

बाह्य कडीहरूसम्पादन