नेपालमा सर्वाधिक लोकप्रिय तथा चर्चित खेलका रूपमा भलिबललाई लिन सकिन्छ । नेपालले भलिबलबाट अन्तर्राष्ट्रिय स्तरमा फुटबल तथा क्रिकेट र अन्य खेलकुदहरूमा जस्तो प्रगति तथा उच्चस्तरीय स्थान हात पार्न नसकेपनि नेपाली घरेलु जगतमा भने यसको स्थान ब्यग्लै किसिमको रहेको छ । नेपालको भौगोलिक अवस्था अनुसार जुनसुकै स्थान पनि सहजै खेल्न सकिने भएकाले तथा नेपाल सरकारबाटै नेपालको राष्ट्रिय खेलको दर्जा प्राप्त गरे पछि यो भलिबल खेलको लोकप्रियता नेपालमा दिन प्रतिदिन झन् बढ्दोक्रममा रहेको छ ।

नेपालको पहाडी भेगमा नेपालको अत्यन्तै चर्चित तथा लोकप्रिय खेल भलिबल खेल्दै केही युवाहरू

भलिबल हाल नेपालको राष्ट्रिय खेल हो । नेपालको प्रत्येक जिल्लाहरूमा यो खेल खेलिने र यो खेलसँग सम्बन्धित प्रतियोगिताहरू आयोजना हुने भएकाले पनि नेपालको राष्ट्रिय खेलका रूपमा यो भलिबल खेलले सार्थकता प्राप्त गरेको छ ।[१] अझ नेपालको तराई भागमा क्रिकेट जति लोकप्रिय रहेको छ पहाडी तथा उच्च पहाडी भेगमा भलिबल खेल उत्तिकै लोकप्रिय रहेको छ ।

इतिहास सम्पादन गर्नुहोस्

नेपालमा भलिबल खेल वि.स. १९९० सालमा भित्रीएको पाइन्छ । विदेशबाट आएका नेपाली सैनिकहरूले यस खेललाई नेपालमा भित्र्याएको अनुमान गरिन्छ, भने यसको कुनै आधिकारिक तथ्य भने भेटिदैन तर अहिलेसम्म भेटिएका प्रमाणहरू मध्ये वि.स. १९९९ तिर त्रि-चन्द्र कलेजमा विद्यार्थीहरूले कक्षाको समूह बनाएर भलिबल खेल खेलेको अभिलेख भने भेट्टिएको छ । तर सैनिकहरूले भित्र्याएको खेल कलेजका छात्र भन्दा पहिला सैनिकहरूले नै खेलेको भन्ने मत पनि रहेको छ ।

भलिबल सङ्घ सम्पादन गर्नुहोस्

वि.स. २००० तिर प्रवेश गरेपछि भलिबल खेल काठमाडौ उपत्यका बाहिर पनि खेलिन थालिय । त्यसै क्रममा वि.स. २००२ सालमा नेपाल भलिबल संघको गठन गरिएको थियो, तर संघको स्थापना भने निकै धेरै वर्ष पछि वि.स. २०३३ सालमा मात्र भएको थियो ।

सन् १९४८ सालमा अन्तर्राष्ट्रिय भलिबल महासङ्घको गठन भएको थियो । तर नेपालले भने सन् १९८० मा मात्र अन्तर्राष्ट्रिय भलिबल महासंघबाट सदस्यता वा मान्यता प्राप्त गरेको थियो ।

अन्तर्राष्ट्रिय सहभागीता सम्पादन गर्नुहोस्

वि.स. २०३३ सालमा नेपाल भलिबल सङ्घको स्थापना भएको पहिलो वर्षमै पहिलोपटक नेपालले अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागीता जनाएको थियो । पाकिस्तानमा आयोजना भएको काइदो अजम मोहम्मद अलि अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागीतामा नेपालको प्रदर्शन सन्तोष जनक भएता पनि उल्लेखनिय भने हुन सकेको थियो । नेपालले एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद तथा अन्य विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाए पनि त्यति उपलब्धि हासिल गर्न भने सकेको छैन ।

एसियाली खेलकुद सम्पादन गर्नुहोस्

नेपाली राष्ट्रिय भलिबल टिमले एसियाली खेलकुदमा सहभागीता जनाउदै आए पनि सहभागीता सहभागीतामा मात्र सिमित भएको छ, तर कुनै पनि उल्लेखनीय प्रदर्शनी भने गर्न सकेको छैन ।

२०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा लामो समयपछि सहभागीता जनाएको नेपाली पुरूष टिमले विदेशी प्रशिक्षकको साथमा प्रशिकक्षण गरेको थियो । त्यसैले नेपालले उक्त संस्करणमा आफ्नो खेल सुधारेर प्रस्तुत गर्ने अवसर प्राय गरेको थियो ।

दक्षिण एसियाली खेलकुद सम्पादन गर्नुहोस्

दक्षिण एसियाली खेलकुदको भलिबल विधामा नेपाली टोलिलाई हेर्ने हो भने पुरूष भन्दा महिला टिमनै ज्यादा सफल तथा उत्कृष्ट रहेको छ । किनभने नेपाली राष्ट्रिय पुरूष भलिबल टिमले दक्षिण एसियाली खेलकुदको भलिबल प्रतियोगितामा अहिलेसम्म दोस्रो चरणमा आफ्नो स्थान बनाउन सफल भएको छैन । तर नेपाली महिला टिमले भने दक्षिण एसियाली खेलकुदमा पदक जिति सकेको छ । पहिलोपटक आठौँ दक्षिण एसियाली खेलकुदमा नेपाली महिला टिमले काश्य पदक प्राप्त गर्न सफल भएको थियो ।

सेन्ट्रोन जोन अन्तर्राष्ट्रिय प्रतियोगिता सम्पादन गर्नुहोस्

सेन्ट्रोन जोन अन्तर्राष्ट्रिय प्रतियोगिता नेपाली राष्ट्रिय पुरूष भलिबल टिमले अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा ऐतिहासिक सफलता हात पारेको प्रतियोगिता हो । २०१६ मा माल्दिभ्समा आयोजना भएको यस प्रतियोगितामा नेपालले पहिलोपटक ऐतिहासिक काश्यपदक प्राप्त गर्न सफल भएको थियो । भने त्यसपछिको २०१८ संस्करणको पनि नेपालले आयोजना गरेको थियो ।

घरेलु प्रतियोगिताहरू सम्पादन गर्नुहोस्

स्वदेश भित्र भने वि.स. २०३० साल देखिनै पुरूषहरूको राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना भएको थियो । उक्त पहिलो संस्करणको प्रतियोगितामा वाग्मती अञ्चल प्रथम र गण्डकी अञ्चल द्वितीय हुन सफल भएको थियो । यस्तै महिलाहरूको राष्ट्रिय प्रतियोगिता भने वि.स. २०३७ सालमा आयोजना गरिएको थियो । जसमा वाग्मती अञ्चल प्रथम र गण्डकी अञ्चल दोस्रो भएको थियो ।

हाल नेपालमा विगतका तुलनामा स्तरीय प्रतियोगिताहरू आयोजना हुँदै जाने क्रम रहेको छ । प्राय नेपालको सम्पुर्ण जिल्लाहरूमा भलिबलका प्रतियोगिताहरू आयोजना सञ्चालन भइरहेको छ । भने राष्ट्रिय स्तरमा पनि अनेक महिला तथा पुरूष भलिबल प्रतियोगिताहरू आयोजना हुने गर्दछन् । नेपालको पहिलो राष्ट्रिय खेलकुद देखिनै भलिबल खेल उक्त प्रतियोगितामा समावेश गरिएको थियो । हाल सम्म आउदा नेपालमा पनि भलिबल खेल प्रतियोगिता लिग तथा दोहोरो लिग प्रणालीका प्रतियोगितामा समेत आयोजना हुन थालिसकेको छ ।

नेपालमा आयोजना हुने केही ठूला भलिबल प्रतियोगिताहरू

चर्चित क्लबहरू सम्पादन गर्नुहोस्

नेपालमा हालसम्म खासै पुर्ण व्यवसायीक रूपमा भलिबल क्लबहरू स्थापना नभए पनि विभागीय तीन क्लब वा टिमहरूको घरेलु भलिबल क्षेत्रमा दबदबा रहेको छ ।

नेपालमा रहेका केही चर्चित भलिबल टिम वा क्लबहरू

  • ढोरपाटन भलिबल क्लब
  • न्यु डाइमण्ड भलिबल क्लब
  • पश्चिमाञ्चल भलिबल टिम

चर्चित खेलाडीहरू सम्पादन गर्नुहोस्

पुरूष खेलाडीहरू सम्पादन गर्नुहोस्

  • मान बहादुर श्रेष्ठ-नेपाली पुरूष टिमले पहिलोपटक स्ट्रोनजोन अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा काश्य पदक जित्दाका एक उत्कृष्ट खेलाडी,

महिला खेलाडीहरू सम्पादन गर्नुहोस्

  • मञ्जु गुरूङ-पश्चिमाञ्चल भलिबल टिमका कप्तान तथा एक उत्कृष्ट खेलाडी,

चित्र दीर्घा सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्