विशाल राई

नेपाली फूटबल खेलाडी

विशाल राई (जन्म ६ जुन १९९३,झापा) एक नेपाली राष्ट्रिय फुटबल खेलाडी हुन् । उनी हाल नेपालको मनाङ मर्स्याङ्दि फुटबल क्लबबाट क्लब फुटबल खेल्ने गर्दछन् ।

विशाल राई
व्यक्तिगत जानकारी
पुरा नाम विशाल राई
जन्म मिति (1993-06-06) ६ जुन १९९३ (उमेर ३०)
जन्म स्थान झापा, Nepal[१]
उचाइ ५ फिट ७ इन्च (१.७० मी)
खेल्ने स्थान(हरू) मीडफिल्डर
क्लब जानकारी
वर्तमान टोली
मनाङ-मर्स्याङ्दि क्लब
युवा करियर
एन्फा एकेडेमी
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००८-२०१४ मछिन्द्र फुटबल क्लब
२०१०सरस्वती युथ क्लब (लोन)
२०१४– मनाङ-मर्स्याङ्दि क्लब
अन्तर्राष्ट्रिय करियर
नेपाल यु-१६
नेपाल यु-१९
२०१४– नेपाल (३)
*क्लब घरेलु लिग उपस्थिति र गोल
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ४ अप्रिल २०१७

खेल जीवन सम्पादन गर्नुहोस्

विशाल राई एन्फा एकेडेमीको उत्पादन हुन्, पछि उनी मछ्न्द्र क्लमा आबद्ध भएका थिए । उनी सन् २००८ मा उक्त क्लब गएका थिए । उनी मछिन्द्र क्लबबाट लगभग चार वर्ष सम्म खेलिसकेपछि सरस्वती क्लमा आबद्ध भएका थिए,सरस्वती क्लबमा पनि उनले दुई सिजन खेलेका थिए ।[१]२०१४ पछि भने विशाल राई मनाङ मर्स्याङ्दि क्लबबाट खेल्ने गर्दछन् ।

अन्तर्राष्ट्रिय जीवन सम्पादन गर्नुहोस्

विशाल राई नेपाली यु-१४,१६,१९ टिमका समेत महत्त्वपूर्ण सदस्य थिए।[१]यस्तै राई २०१४ मानै नेपाली राष्ट्रिय टिममा परेता पनि उनले नेपालका निम्ति पहिलो खेल ३१ अगस्ट २०१४ का दिन भारत विरूद्व खेलेका थिए[२] । विशाल राईले माल्दिभ्स विरूद्व १९ जनवरी २०१६,२०१६ बंगबन्धु गोल्डकपमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । जुन खेलमा नेपाल ४-१ गोल अन्तरले विजयी भएको थियो ।[३]

अन्तर्राष्ट्रिय गोल सम्पादन गर्नुहोस्

नेपालका लागि गरेका अन्तर्राष्ट्रिय गोलहरूको सुची[४]
गोल अंक मिति स्थान विपक्ष स्थिति नतिजा प्रतियोगिता
१. १९ जनवरी २०१६ बंगबन्धु राष्ट्रिय रंगशाला, ढाका, बङ्गलादेश   माल्दिभ्स –० ४-१ २०१६ बंगबन्धु गोल्डकप
२. २९ मार्च २०१६ न्यु लाओस रंगशाला, भीयतनीया, लाओस   लाओस १'–0 १-१ मैत्रीपूर्ण खेल
३. २८ मार्च २०१७ टाइप रंगशाला, टाइपाई, चाइनिज टाइपाई   फिलिपिन्स –३ १-४ २०१९ एएफसी एसिया कप छनोट तेस्रो चरण

उपाधिहरू सम्पादन गर्नुहोस्

  नेपाल

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ "Bishal Rai B - Player Profile - Football", GoalNepal.com, अन्तिम पहुँच ३१ अगस्ट २०१५  वेब्याक मेसिन अभिलेखिकरण २४ सेप्टेम्बर २०१५ मिति
  2. "GoalNepal.com - Anjan Bista & Bimal Gharti Magar To Start From Front, Ananta Tamang In the Defense Line; Anil Gurung, Jumanu Rai Dropped", GoalNepal.com, अन्तिम पहुँच ३१ अगस्ट २०१५ 
  3. "Nepal Promising Midfielder Bishal Rai: I Feel Proud To Open An Account For My Country", GoalNepal.com, १९ जनवरी २०१६, अन्तिम पहुँच १९ जनवरी २०१६  वेब्याक मेसिन अभिलेखिकरण २० डिसेम्बर २०१६ मिति
  4. "Rai B, Bishal", National Football Teams, अन्तिम पहुँच २९ मार्च २०१७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्