मोहम्मद जिया उल हक

(जिया उल हकबाट अनुप्रेषित)

मोहम्मद जिया उल हक [क] (१२ अगस्ट १९२४ - १७ अगस्ट १९८८) एक पाकिस्तानी सैन्य अधिकारी थिए जसले सन् १९७८ देखि आफ्नो मृत्यु सम्म पाकिस्तानको छैटौँ राष्ट्रपतिको रूपमा सेवा गरेका थिए। उनले १ मार्च १९७६ देखि आफ्नो मृत्यु सम्म पाकिस्तानी सेनाको दोस्रो सेना प्रमुखको रूपमा पनि काम गरेका थिए।

प्रधानसेनापति
मोहम्मद जिया उल हक
محمد ضیاء الحق
आधिकारिक सैन्य तस्वीर
पाकिस्तानको छैटौँ राष्ट्रपति
कार्यकाल
१६ सेप्टेम्बर १९७८ – १७ अगस्ट १९८८
प्रधानमन्त्रीमोहम्मद खान जुनेजो
पूर्वाधिकारीफजल इलाही चौधरी
उतराधिकारीगुलाम इशक खान
पाकिस्तानको दोस्रो प्रधानसेनापति
कार्यकाल
१ मार्च १९७६ – १७ अगस्ट १९८८
राष्ट्रपति
प्रधानमन्त्री
पूर्वाधिकारीटिक्का खान
उतराधिकारीमिर्जा अस्लाम बेग
सैन्य कानुन प्रमुख
कार्यकाल
५ जुलाई १९७७ – १७ अगस्ट १९८८
पूर्वाधिकारीजुल्फिकार अली भुट्टो (प्रधानमन्त्रीको रूपमा)
उतराधिकारीमोहम्मद खान जुनेजो (प्रधानमन्त्रीको रूपमा)
व्यक्तिगत विवरण
जन्म(१९२४-०८-१२)१२ अगस्ट १९२४
जलन्धर, पञ्जाब, बेलायती भारत
मृत्यु१७ अगस्ट १९८८(1988-08-17) (उमेर ६४)
बहावलपुर, पञ्जाब, पाकिस्तान
मृत्युुको  कारणविमान दुर्घटना
चिहानफैसल मस्जिद, इस्लामाबाद
जीवन साथी
(
वि १९५०)
सन्तान(हरू)इजाज समावेश
सैन्य सेवा
निष्ठा
शाखा/सेवा
सेवाको वर्षहरूसन् १९४३–१९८८
श्रेणीप्रधानसेनापति
एकाइबख्तरबन्द बल
आदेशहरू
लडाई/युद्धहरू

जियाको जन्म जलन्धरमा भएको थियो र उनले देहरादुनस्थित भारतीय सैन्य अकादमी प्रशिक्षण लिएका थिए। सन् १९४३ मा उनी ब्रिटिस भारतीय सेनामा भर्ती भएका थिए र दोस्रो विश्वयुद्धको प्रशान्त युद्धमा सहभागी भएका थिए। सन् १९४७ मा भारतको विभाजनपछि जिया पाकिस्तानी सेनामा भर्ती भएका थिए र फ्रन्टियर फोर्स रेजिमेन्टमा तैनाथ भएका थिए। कालो सेप्टेम्बरको समयमा, उनले प्यालेस्टिनी मुक्ति सङगठनविरुद्ध जोर्डनको सशस्त्र सेनाको रक्षा गर्न प्रमुख भूमिका खेलेका थिए। सन् १९७६ मा प्रधानमन्त्री जुल्फिकार अली भुट्टोले टिक्का खानको स्थानमा जियालाई सेना प्रमुखको रूपमा नियुक्त गरेका थिए।

जुलाई १९७७ मा जियाले अपरेसन फेयर प्लेको आयोजना गरेका थिए, जसमा उनले भुट्टोलाई अपदस्थ गर्दै सैन्य कानुनको घोषणा गरेका थिए। सन् १९७८ को सेप्टेम्बरमा राष्ट्रपतिको कार्यभार सम्हाल्दै जिया एक वर्षभन्दा बढी समयसम्म शीर्ष नेताका रूपमा रहेका थिए।[१] उनले पाकिस्तानमा इस्लामीकरणलाई निर्देशित गर्दै, देशको आणविक बम परियोजनालाई बढावा दिएका थिए। उनले औद्योगीकरण र विनियमनको स्थापना गरेका थिए जसले पाकिस्तानको अर्थव्यवस्थामा उल्लेखनीय सुधार गरेको थियो। सन् १९७९ मा अफगानिस्तानमा सोभियत आक्रमणपछि जियाले सोभियत विरोधी अडान लिएका थिए र अफगान मुजाहिदीनलाई सहयोग गरेका थिए। उनले चीनसंयुक्त राज्य अमेरिकासँग सम्बन्ध बलियो बनाएका थिए र इस्लामी विश्वमा पाकिस्तानको भूमिकामा जोड दिएका थिए। जियाले सन् १९८५ मा गैरदलीय निर्वाचन गराएर मोहम्मद खान जुनेजोलाई प्रधानमन्त्री नियुक्त गरेका थिए, यद्यपि उनले पाकिस्तानको संविधानको आठौँ संशोधनमार्फत राष्ट्रपतिको अधिक शक्तिहरू जुटाएका थिए। उनले जुनेजोको सरकारलाई आर्थिक अस्थिरताको आरोपमा बर्खास्त गर्दै नोभेम्बर १९८८ मा आम निर्वाचनको घोषणा गरेका थिए। सन् १९८८ को अगस्टमा बहावलपुरबाट इस्लामाबादजाँदै गर्दा सतलज नदी नजिकै भएको विमान दुर्घटनामा जियाको मृत्यु भएको थियो। उनलाई इस्लामाबादको फैजल मस्जिदमा अन्त्येष्टि गरिएको थियो।

जियाले एक दशकभन्दा बढी समयदेखि पाकिस्तानको राजनीतिमा प्रभुत्व जमाएकी थिए र सोभियत सङ्घ विरुद्ध उनको छद्म युद्धलाई पाकिस्तानमा अपेक्षित सोभियत आक्रमणलाई रोक्ने श्रेय दिइन्छ। इस्लामवादीहरूले उनको धर्मनिरपेक्ष विरोधी प्रयास र पश्चिमी संस्कृतिको विरोधको लागि उनको प्रशंसा गरेका छन्। जियाका आलोचकहरूले उनको अधिनायकवाद, उनको प्रेस सेन्सरसिप, उनको कथित धार्मिक असहिष्णुता र पाकिस्तानमा लोकतन्त्रको कमजोरताको आलोचना गरेका छन्। यो समग्र नीतिले जियावादको दर्शनको नेतृत्व गरेको छ। जियालाई नवाज शरिफको राजनीतिक जीवनलाई बढावा दिएको पनि उल्लेख गरिएको छ, जो तीन पटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।

टिप्पणीहरू सम्पादन गर्नुहोस्

  1. उर्दु: محمد ضیاء الحق

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

सैन्य कार्यालय
पूर्वाधिकारी पाकिस्तानी सेना बख्तरबन्द बलको कर्णेल
सन् १९७४–१९७८
पछिल्लो
अली जान महसूद
पूर्वाधिकारी प्रधानसेनापति
सन् १९७६–१९९८
पछिल्लो
मिर्जा अस्लाम बेग
राजनीतिक कार्यकाल
पूर्वाधिकारी रक्षामन्त्री
सन् १९७८
पछिल्लो
अली अहमद खान तालपुर
पूर्वाधिकारी रक्षामन्त्री
सन् १९८५
पछिल्लो
मोहम्मद खान जुनेजो
पूर्वाधिकारी पाकिस्तानको राष्ट्रपति
सन् १९७८–१९८८
पछिल्लो
गुलाम इशक खान