नवाज सरिफ
मियाँ मोहम्मद नवाज सरिफ (उर्दु: میاں محمد نواز شریف) (जन्म लाहौर, २५ डिसेम्बर १९४९) पाकिस्तानको पूर्व प्रधानमन्त्री तथा पाकिस्तान मुस्लिम लिग (पीएमएल) का वरिष्ठ नेता हुन्। उनी मात्र पाकिस्तानका यस्ता नेता हुन् जो पाकिस्तानमा ३ पटक प्रधानमन्त्री बेनका छन्।[१] पनामा पेपर्स को कारणले गर्दा शरीफको परिवार न्यायिक जाँचमा आए।[२] २०१८ मा पाकिस्तानी सुप्रीम कोर्टले सरिफलाई २०१७ को पनामा पेपर्सको मुद्दामा संलग्न भएकोले जीवनकालको लागि सार्वजनिक कार्यालयबाट हटाउने आदेश दियो।[३][४]
नवाज सरिफ میاں محمد نواز شریف | |
---|---|
पाकिस्तानका प्रधानमन्त्री | |
पद बहाली ५ जुन २०१३ | |
राष्ट्रपति | आशिफ अली जरदारी ममनुन हुसैन |
पूर्वाधिकारी | मिर हजर खान खोसो (कार्यकारी) |
कार्यकाल १७ फेब्रुअरी १९९७ – १२ अक्टोबर १९९९ | |
राष्ट्रपति | वसीम सज्जाद फारुख लेगारी मुहम्मद रफिक |
पूर्वाधिकारी | मालिक मेराज खालिद (कार्यकारी) |
उतराधिकारी | परवेज मुशर्रफ (मुख्य कार्यकारी) |
कार्यकाल ६ नोभेम्बर १९९ – १८ जुलाई १९९३ | |
राष्ट्रपति | गुलाम इशाक खान |
पूर्वाधिकारी | गुलाम मुस्तुफा जटोई (कार्यकारी) |
उतराधिकारी | मोइनुद्दीन अहमद कुरेशी (कार्यकारी) |
रक्षा मन्त्रालय | |
कार्यकाल ७ जुन २०१३ – २७ नोभेम्बर २०१३ | |
पूर्वाधिकारी | मिर हजार खान खोसो (कार्यकारी) |
उतराधिकारी | ख्वाजा आशिफ |
कार्यकाल १७ फेब्रुअरी १९९७ – १२ अक्टोबर १९९९ | |
पूर्वाधिकारी | शाहिद हमिद (कार्यकारी) |
उतराधिकारी | परवेज मुशर्रफ |
अर्थ मन्त्रालय कार्यकारी | |
कार्यकाल ६ अगस्त १९९३ – ७ नोभेम्बर १९९८ | |
पूर्वाधिकारी | सरताज अजिज |
उतराधिकारी | इशाक दार |
विपक्षका नेता | |
कार्यकाल १९ अक्टोबर १९९३ – ५ नोभेम्बर १९९६ | |
पूर्वाधिकारी | बेनजिर भुट्टो |
उतराधिकारी | बेनजिर भुट्टो |
पन्जाबका मुख्यमन्त्री | |
कार्यकाल ९ अप्रिल १९८५ – १३ अगस्त १९९० | |
राज्य प्रमुख | गुलाम जिलानी खान सज्जाद हुसैन कुरेशी टिक्का खान |
पूर्वाधिकारी | सदिक हुसैन कुरेशी |
उतराधिकारी | गुलाम हैदर वाइन |
पाकिस्तान मुस्लिम लिग (एन)का वरिष्ठ नेता | |
पद बहाली २७ जुलाई २०११ | |
पूर्वाधिकारी | शाहबाज सरिफ |
कार्यकाल ६ अक्टोबर १९९३ – १२ अक्टोबर १९९९ | |
पूर्वाधिकारी | फिफा मोहम्मद खान |
उतराधिकारी | कल्सुम नवाज सरिफ |
व्यक्तिगत विवरण | |
जन्म | मियाँ मोहम्मद नवाज सरिफ सन् १९४९ डिसेम्बर २५ लाहोर, पाकिस्तान |
राजनीतिक दल | पाकिस्तान मुस्लिम लिग (१९८५ पहिले) पाकिस्तान मुस्लिम लिग- कार्यात्मक (१९८५-१९८८) इस्लामिक गणतान्त्रिक गठबन्धन- नवाज (१९८८–१९९३) पाकिस्तान मुस्लिम लिग- नवाज (१९९३–हालसम्म) |
जीवन साथी | बेगम कलसुम नवाज |
सन्तान(हरू) | मरयम आसमा हस्सन हुसैन |
निवास | प्रधानमन्त्रीको सचिवालय (आधिकारिक) |
मातृ शिक्षाप्रतिष्ठान | सरकारी बिश्वबिद्यालय,लाहोर पन्जाब बिश्वबिद्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
प्रारम्भिक जीवन र शिक्षा
सम्पादन गर्नुहोस्नवाजको जन्म २५ डिसेम्बर १९४९ मा पन्जाबको लाहोरमा भएको थियो। [[१]] [[२]]शरीफ परिवार पन्जाबका बट कश्मीरी हुन्। उनका बुबा, मुहम्मद शरीफ, एक उच्च-मध्यम-वर्ग व्यापारी र उद्योगपति थिए जसको परिवार व्यापारको लागि कश्मीरको अनन्तनागबाट बसाई सरेको थियो। बीसौं शताब्दीको सुरुमा पन्जाबको अमृतसर जिल्लाको जाति उमरा गाउँमा बसोबास गरेका थिए। उनकी आमाको परिवार पुलवामाबाट आएको थियो। [[३]] सन् १९४७ मा पाकिस्तान बनेपछि नवाजका अभिभावक अमृतसरबाट लाहोर बसाइँ सरेका थिए। उनका बुबाले अहल-ए-हदीसको शिक्षालाई पछ्याए। उनका दुई साना भाइहरू छन्: शेहबाज शरीफ र स्वर्गीय अब्बास शरीफ, दुवै राजनीतिज्ञ थिए। [[४]]
नवाज सेन्ट एन्थोनी हाई स्कूल गए। उनले गभर्नमेन्ट कलेज युनिभर्सिटी (जीसीयू) बाट कला र व्यापार डिग्रीको साथ स्नातक गरे र त्यसपछि लाहोरको पन्जाब विश्वविद्यालयको कानून कलेजबाट कानूनको डिग्री प्राप्त गरे। [[५]]
नवाज सरिफकी श्रीमती कुलसुमका दुई बहिनी र एक भाइ थिए। उनको मातृ पक्षबाट, उनी पहलवान द ग्रेट गामाकी नातिनी थिइन्। उनले अप्रिल १९७० मा नवाज सरिफसँग विवाह गरेकी थिइन्। दम्पतीका चार सन्तान छन्: मरियम, अस्मा, हसन र हुसेन।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "नवाज सरिफ पाकिस्तानको नयां प्रधानमन्त्रीमा निर्वाचित", हिमालय टेलिभिजन, ५ जून २०१३, अन्तिम पहुँच ५ जुन २०१३।[स्थायी मृत कडी]
- ↑ "पाकिस्तान: सुप्रीम कोर्ट पानामा लीक को मामला", अल जेज़ररा, १ नोभेम्बर २०१६, अन्तिम पहुँच २५ डिसेम्बर २०१८।
- ↑ Editorial, Reuters, "पाकिस्तानले पूर्व पीएम शरीफलाई जीवनका लागि कार्यालयबाट रोक गरिरहेको छ", U.S., अन्तिम पहुँच २५ डिसेम्बर २०१८।
- ↑ "शरीफ विरुद्ध पाकिस्तान अदालत जीवनकाल राजनीतिक रोक", Bloomberg.com, १३ अप्रिल २०१८, अन्तिम पहुँच २५ डिसेम्बर २०१८।