उत्तर-पश्चिम प्रदेश ब्रिटिस भारतको एक प्रदेश थियो। उत्तर-पश्चिम प्रदेशको स्थापना पहिलाका हस्तान्तरित र अधिनस्थ प्रदेशका क्षेत्रहरूलाई एक-आपसमा गाभेर १८३६ ई० मा भयेको थियो। १८५८ ई० मा नवाब द्वारा शासित अवध अधिराज्यलाई अङ्ग्रेजहरूले अधीनमा लिई उत्तर-पश्चिम प्रदेशमा गाभेर नयाँ नाम उत्तर-पश्चिम तथा अवध प्रदेश राखेको थिए। १९०२ ई० मा यस प्रदेशलाई पुनः संगठित गरेर संयुक्त प्रदेश आगरा र अवध राखियो।[] १८५८ देखी इलाहाबादलाई यस प्रदेशको राजधानी बनाईयो, त्यो बेला इलाहाबादलाई भारतको एक दिनको राजधानी पनि तोकिएको थियो।[]

उत्तर-पश्चिम प्रदेश

यस प्रदेशमा वर्तमान भारतको उत्तर प्रदेशको सबै डिभिजन हरू थिए मात्र अवधको लखनऊ डिभिजन र फैजाबाद डिभिजन लाई छोडेर।[] अन्य क्षेत्रहरू जुन बेला बेलामा यस प्रदेशमा गाभिएका थिए: दिल्ली क्षेत्र, १८३६ देखि १८५८, पछि दिल्लीलाई अङ्ग्रेजी भारतको पंजाब प्रदेशमा राखियो; अजमेर र मेवाड १८३२ अनि १८४६ देखि १८७१ सम्म, १८७१ मा अजमेर-मेवाडलाई ब्रिटिस भारतको एउटा छुट्टै सानो प्रदेशको दर्जा दिइयो; र सौगोर र नेरबुडा क्षेत्र १८५३ देखि १८६१, १८६१ मा सौगोर र नेरबुडा क्षेत्रलाई केन्द्रिय प्रदेशमा सम्मिलित गरियो।[][]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ १.२ Imperial Gazetteer of India vol. XXIV 1908, p. 158
  2. Ashutosh Joshi (१ Jan २००८), Town Planning Regeneration of Cities, New India Publishing, पृ: २३७, आइएसबिएन 8189422820 
  3. Encyclopædia Britannica

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्