नातावाद व्यवसाय, राजनीति, मनोरन्जन क्षेत्र, खेलकुद, धर्म र अन्य गतिविधिहरु लगायतका विभिन्न क्षेत्रहरूमा कुनै काममा योग्यता, न्याय-अन्यायको ख्याल नगरी आफ्नो आफन्तहरुको पक्ष लिने प्रवृति हो। यो क्याथोलिक पोप तथा पादरीहरूले आफ्ना भाइ-भतिजा तथा नातेदारहरूलाई जिम्मेवारी सुम्पने प्रवृतिवाट यो शब्दको उत्पत्ति भएको हो।

नातावाद अरस्तू, तिरुवल्लुवरकन्फ्युसियस सहित धेरै दार्शनिकहरूले पुरातन समय देखि नै आलोचना गर्दै आइरहेका छन् । उदाहरणको लागि, प्राचीन भारतीय दार्शनिक तिरुवल्लुवरले नातावाद/ भतीजावादलाई खराब र मूर्ख भनेर निन्दा गरेका थिए।

प्रकारहरूसम्पादन

राजनीतिकसम्पादन

सङ्गठनात्मकसम्पादन

देश उदाहरणहरूसम्पादन

नेपालसम्पादन

उदारवादी अर्थतन्त्र र समाजवाद उन्मुख भनिएको नेपाली समाजमा नातावाद, परिवारवाद र आफन्तवाद हराउनुको साटो झन् भयावह बन्दै गरेको उदाहरणहरू धेरै छन् ।

नेपालमा गणतन्त्र आएपछि नातावाद झन् मौलाएको देख्न सकिन्छ। शेरबहादुर देउवाले आफ्नी सासूलाई जापानको राजदूतमा, रामचन्द्र पौडेलले सम्धीलाई प्रधानन्यायाधीशमा, माधवकुमार नेपालले भाइलाई हङकङको दूतमा, प्रचण्डले आफ्ना छोरी रेणु दाहाल, बुहारी बिना मगर, ज्वाइँ, भाइ आदिलाई विभिन्न पदमा गरेका नियुक्ति नातावादका केही उदाहरण हुन्। मधेसकेन्द्रित राजनीतिक पार्टीका नेताहरूले आफ्ना श्रीमती र प्रेमीलाई समेत सभासद् बनाएका घटनाले नातावाद नेपाली समाजको अभिन्न अंग रहेको कुरालाई स्पष्ट पारेको छ। तत्कालीन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धीलाई राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा गरेको नियुक्तिले नातेदारीको प्रभुत्वलाई घीनलाग्दो उदाहरणका रूपमा चरितार्थ गरेको छ ।

पक्षपातका प्रकारहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भसम्पादन