कप्तान(क्याप्टेन) जय बहादुर चन्द[१]

  • कप्तान(क्याप्टेन) जय बहादुर चन्द परिचय गौतम गोत्रीय, चन्द्रवंशी, शिवलिङ्ग, केदार र उदयवेद महाराजलाई कुल र मुल देवता मान्ने वैतडी जिल्ला स्वराड गर्खा अन्तगत भूमेश्वर गाउँ विकास समिति वार्ड नम्बर १ वर्तमान पाटन नगरपालीका वार्ड नम्बर ७ मा पर्ने वगाडी क्षेत्रका क्याप्टन जय बहादुर चन्द एक चर्चित व्यक्तित्व होई बक्सीन्छ । बाजे नारायण चन्द, बाबु : विरा चन्दका ६ छोराहरु मध्ये जिवित रहेका चार छोराहरु क्रमस जेठा गगन चन्द, माईला जय बहादुर चन्द, साईला जित बहादुर चन्द र कान्छा विरभान चन्द हुँन् । जिवित रहेका यी चार भाईमा क्यापटन जय बहादुर चन्द माईला थिए । सन १९११ तिर जन्मेका जय बहादुर चन्दले भारतमा अंग्रेजको शासन हुँदा व्रिटिससेनामा गोर्खा फौजको रूपमा जागिर पाएका थिए । सन १९४५को दोस्रो विश्व युद्धमा अदम्य शाहसका साथ भाग लिएका योद्धा जय बहादुर चन्द वीर व्यक्तित्व तथा साहासका धनी व्यक्तित्व हुनु हुन्थ्यो । वहाँले व्रिटिस शासनकालमा जापान, इटली, जर्मन, फ्रान्स र वेलायतको भूमिमा गई विश्व युद्ध लडेका थिए । यस युद्धमा उनको शरिरको कान, घाँटी र कम्मरका विभिन्न स्तानहरूमा ६ वटा गोलि लागेका थिए । गोली लागेका यी चिन्दहरु वहाँको अवकास प्राप्त पछि सम्मका दिनमापनि देखिन्थे । बाबु जय बहादुर चन्दको सिफारिसमा भारितय सेनामा जागरि प्राप्त जय बहादुर चन्दका पुत्र गम्भीर चन्दले वहाँबाट धेरै कुरा सुनेका र देखेका थिए । जय बहादुर चन्दका ३ छोराका सन्तानहरु वर्तमानमा पनि रहेकाछन् । जेठा शेर बहादुर चन्द, माईला कृत बहादुर चन्द र कान्छा गम्भीर चन्द हुँन् । गम्भीर चन्द गोर्खा सेनाका अवकास प्राप्त तथा पेन्सन पाउने हवल्दार हुँन् । गम्भीर चन्दका कान्छा पुत्र रविन्द्र चन्द र उनका दुई वटा छोरी ज्वाईहरु नेपाली सेनामा वर्तमानमा जागरिदार छन् ।
    श्री भूमेश्वर उच्च मा वि ठाड वैतडी

सामाजिक क्षेत्रमा योगदान सम्पादन गर्नुहोस्

कप्तान जय बहादुर चन्द वीर योद्धामात्र थिएनन की उनी सामाजिक भावनाले ओत प्रोत भएका सामाज सेवी पनि थिए । वहाँले २००८ सालमा वैतडी भूमेश्वर गाउँ विकास समिति अन्तरगत ठाँड वगाडीमा स्थापना गरेको विद्यालय वर्तामानमा श्री भूमेश्वर उच्च माविको रूपमा रहेको छ । यस विद्यालयको सञ्चालन गराउन वहाँले आफ्नो ३ वर्षको तलव भत्ता सुम्पेका थिए । नेपालमा राणा शासनकालमा दौडाहा टोली वैतडीको गाउँ क्षेत्रमा आउँदा वहाँको सल्लाह र सुझावलाई पनि मान्ने गर्दथ्यो । गाउँ घरमा रहेका मुख्याहरूको विरुद्धमा परेका उजिरीको छिनोफानो गर्नमा क्याप्टन जय बहादुर चन्दको सल्लाह सुझावको पनि कदर हुँने गर्दथ्यो । विभिन्न आरोपमा पकडाउमा परेकाहरु क्यापटन कप्तान जय बहादुर चन्दको निर्देशन र सल्लाहमा पनि रिहा हुन्थे । भारतिय सेनामा भर्नाको लागि जय बहादुर चन्दलाई सुदूरपश्चिम क्षेत्रको जिम्मेवारी सुम्पीएको थियो । यस कारण गल्ला भनिने यस भर्नाको काम को जिम्मा पाएका कारण वैतडी क्षेत्रबाट भारतिय सेनामा भर्ना हुँनेको संख्यामा वृद्धि भएको हो । वैतडी वगाडी क्षेत्र कुनै समय भारतिय सेनामा जागरिदारहुँन चाहनेहको भर्ना केन्द्र थियो । यसै कारणले गर्दा यस क्षेत्रको वगाडी गाउँ पनि भारतिय सेनामा जागिरदार हुँनेहरूको वाुहल्यता भएको गाउँ मानिन्थ्यो । यहाँका ५५ प्रतिशत घरकाहरु भरतिय सेनामा जागरिदार थिए । यस प्रकार गल्लाको जिम्मापाउनेहरूबाट सेनाहरूको वेयरिङ र सामान्य मेडिकल जाँच गर्ने अधिकार थियो । कप्तान जय बहादुर चन्दको पालादेखि उनकै पहलमा जिल्ला सैनिक वोर्ड पनि वैतडी क्षेत्रमा स्थापित हँदा नेपालका भारतीय सैनिकमा रहेकाहरूलाई पेन्सन प्राप्तका लागि सहज भएको छ ।यिनै कप्तान सापलाई त्यो समयमा कस्तो मान्छे रहेछ भनेर हेर्न आउनेहरूको भिड लाग्दथ्यो |बैतडी क्षेत्रका मान्छेहरु लाई यिनकै कारण भारतीय सेनामा जागिरदार बन्न सहज भएको थियो | ==जय बहादुर चन्दको त्याग==कप्तान जय बहादुर चन्दलाई अंग्रेज सरकारले देहरादुनमा वंगला दिएको थियो तर आफ्नै देव भूमिमा बस्छु भारतमा बस्दैन भनेर वहाँले त्यो वंगला लिनु भएन । यो वहाँके देश प्रेम र व्यक्तिगत स्वार्थको त्याग हो ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. वर्तमानमा पेन्सन पाउँदै गरेका कप्तान जय बहादुर चन्दका सुपुत्र हवल्दार गम्भीर चन्दबाट प्राप्त जानकारीमा आधारित लेख