रोहित चन्द

नेपाली फूटबल खेलाडी

रोहित चन्द (जन्म १ मार्च १९९२) नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी हुन् । उनी मुख्य गरी आक्रमक मध्यपङ्क्तिबाट मैदानमा उत्रने गर्दछन् । यिनी हाल इन्डोनेसियन क्लब पर्सिजा जाकर्ताबाट व्यवसायिक रूपमा फुटबल खेल्ने गर्छन्, भने नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित खेलाडी हुन ।

रोहित चन्द
नेपाली राष्ट्रिय टिमको प्रशिक्षणमा रोहित चन्द
व्यक्तिगत जानकारी
पुरा नाम रोहित चन्द ठकुरी
जन्म मिति (1992-03-14) १४ मार्च १९९२ (उमेर ३२)
जन्म स्थान सुर्खेत, नेपाल
उचाइ १.७८ मी (५ फिट १० इन्च)
खेल्ने स्थान(हरू) मीडफिल्ड
क्लब जानकारी
वर्तमान टोली
पार्जामा जाकार्ता
सङ्ख्या ३२
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००९-२०१० मछिन्द्र क्लब ३६ (६)
२०१०-२०१२ हिन्दुस्तान एससी] ३८ (४)
२०१२-२०१३ एफसी पेकन्बरू १८ (१)
२०१३ एफसी भेस्ट्स्जेल्याण्ड (०)
२०१३-२०१५ पेर्सिजा जाकार्ता ५३ (६)
२०१६ टि-टिम १२ (२)
२०१७ मनाङ मर्स्याङ्दी क्लब (०)
२०१७– पेर्सिजा जाकार्ता ५३ (३)
अन्तर्राष्ट्रिय करियर
२००९-२०१० नेपाल अन्डर-१९ ३४ (२)
२०१४– नेपाल अन्डर-२३ (०)
२००९– नेपाल ५५ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल

नेपाली राष्ट्रिय टोलिका लागि उनले ४० भन्दा बढी खेल खेलि सक्का छन् तैपनि राष्ट्रिय टिमका लागि उनले कुनै गोल भने गर्न सकेका छैनन् । इङ्लिस प्रिमियर लिगका दुई महारथी आर्सेनल र टोटेनह्यामले रोहित भित्र्याउने इच्छा देखाएपछि केही युरोपेली सञ्चारमाध्यमले बहुचर्चित सरुवा बजारमा उनीलाई पनि स्थान दिएपछि उनी निकै चर्चित भएका थिए ।[१]

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

चन्द सुर्खेतमा भारतीय लाहुरे बाबुका छोराको रूपमा जन्मेका थिए। उनले आठ् वर्षको उमेरदेखि आफ्ना दाजु रविन्द्र ठकुरी (ब्यबसायिक फुटबल खेलाडी) सँग खेल्न थाले। १२ वर्षको उमेरमा एन्फा अक्याडमीमा छनिएर तालीमरत रहे।

क्लब जीवन सम्पादन गर्नुहोस्

मछिन्द्र क्लब सम्पादन गर्नुहोस्

 
मछिन्द्र क्लबमा प्रशिक्षण गर्दै रोहित चन्द

चन्दको पहिलो ब्यबसायिक सहभगिता मच्छिन्द्र फुटबल क्लबसित रह्यो । त्यहाँ उनको प्रदर्शन् निकै राम्रो रह्यो र ए-डिभिजनमा उनको निकै प्रशंसा हुन थाल्यो। सन् २०१०-११ लिग सिजनमै उनी उत्कृष्ट रक्षात्मक खेलाडी घोषित भए। मच्छिन्द्र फुटबल क्लब त्यो सिजनमा ब्रिटिश गोर्खा कपको सेमिफाइनल सम्म पनि पुगेको थियो।

पुनः एनएमबी बैङ्क मछिन्द्रमा मासिक १ लाख ५० हजार रुपैयाँमा आबद्ध रोहित चन्द सर्वाधिक पारिश्रमिक पाउने नेपाली फुटबलर का रूपमा स्थापित भएका थिए। चार महिनाको मछिन्द्र बसाइ पछि उनी विदेशी क्लब टिर लागेका थिए।

हिन्दुस्तान एएल एससी सम्पादन गर्नुहोस्

त्यसपछि उनी हिन्दुस्तान एरोनोटिक्स् लिमिटेड एससी मा अनुबन्धित भए । त्यतिबेला एचएएलले रोहितलाई मासिक १ लाख २८ हजार रूपैयाँमा अनुबन्ध गरेको थियो

एफसी भेस्ट्स्जेल्याण्ड सम्पादन गर्नुहोस्

यस क्लबमा रोहित आधा वर्ष बसेका थिए । २५ डिसेम्बर २०१३ मा उनले यो क्लब छाडेका थिए ।

टि-टिम एफसी सम्पादन गर्नुहोस्

रोहित चन्दले मलेसियन क्लब टि-टिम एफसी सँग २०१६ जनवरीमा सम्झौता गरेका थिए । तर घाइते भएका कारण उनी पुरै सिजन उक्त क्लबमा रहन पाएनन् ।[२]

पुनःपेर्सिजा जाकार्ता सम्पादन गर्नुहोस्

नेपाली घरेलु टोली मनाङ मर्स्याङ्दीबाट पुन उनी इन्दोनेसियाली क्लब पेर्सिजा जाकार्तामा फर्किएका थिए । उनी पर्सिजा जाकार्तामा मासिक ३ हजार ५ सय अमेरिकी डलरमा अनुबन्धित भएका थिए । त्यससँगै सबैभन्दा धेरै कमाउने नेपाली फुटबल खेलाडी हुन सफल भएका थिए ।[३]जाकार्तामा २०१७ सालमा लिग १ क१ १२,१४ र १५ हप्ताको उत्कृष्ट ११ खेलाडीहरूको सुचिमा समेत रोहित पर्न सफल भएका थिए । उनले २०१८ मा जार्कार्ताबाट पहिलोपटक उपाधि जित्न सफल भएका थिए । उनले क्लब जिबनको महत्त्वपूर्ण उपलब्धि २०१८ सालमा जार्कार्ताबाट प्राप्त गरेका थिए ।

पहिले इन्डोनेसिया लिगको सुपर कप जितेको जार्काताले २०१८ को इन्डोनेसिया लिग १ जित्दा रोहित चन्दको भुमिका कदर योग्य उत्कृष्ट रहेको थियो । त्यसै कारण उनले २०१८ लिग-१ को सर्वोत्कृष्ट खेलाडीको उपाधि समेत जितेका थिए ।[४] उक्त उपाधि जित्दा उनले ब्राजिलीयन खेलडीहरू समेतलाई पछाडि पारेका थिए । सन् २०१९/२० सिजनमा २ गोल गरेका उनी अनुबन्ध सकीयपछी पुन सन् २०२० जनवरीमा २ वर्षको लागि पर्सिजामै अनुबन्धित भएका हुन् [५]

इपिएल अनुबन्धित हल्ला सम्पादन गर्नुहोस्

जुलाई २०११ ताका इङ्लिस प्रिमियर लिगका दुई महारथी आर्सेनल र टोटेनह्यामले रोहित भित्र्याउने इच्छा देखाएपछि केही युरोपेली सञ्चारमाध्यमले बहुचर्चित सरुवा बजारमा उनीलाई पनि स्थान दिएको थियो । क्लबका प्रतिनिधि जोर्डनमा रोहितबाट प्रभावित भए थिए । यदि रोहित इपिएल टिममा अनुबन्ध भएकोमा भए नेपाली फुटबल इङ्लिस प्रिमियर लिगलाई व्यावसायिक खेलाडी दिने दक्षिण एसियामै पहिलो टोली हुने थियो ।

राष्ट्रिय टिम सम्पादन गर्नुहोस्

चन्द कलिलो उमेरमै राष्ट्रिय टिमका निम्ति पुरै समय खेल्ने नेपाली दुर्लभ खेलाडी मध्ये एक हुन् । उनले २३ मार्च २००९ मा प्यालेस्टाइन विरूद्व खेल्दै अन्तर्राष्ट्रिय खेल जीवन सुरूवाट गरेका थिए । त्यतिबेला उनी मात्र १६ वर्ष १२ दिनका मात्र थिए।साथै उनले नेपाली राष्ट्रिय फुटबल टिमका सम्पुर्ण उमेर समुहका टिमहरूमा सहभागी जनाएका थिए ।

नेपाली राष्ट्रिय टिमबाट उनलाई २०१३ साफ च्याम्पियनसिप एक तितो क्षण हुन पुगेको थियो । नेपाली घरेलु मैदननमा भएको उक्त प्रतियोगितामा नेपालले फाइनल पुग्ने अवसर गुमाउदा सबैभन्दा ठूलो दोषी रोहित साबित भएका थिए । किनभने अफ्गानिस्तान विरूद्वको सेमिफाइनल खेलमा नेपाल ०-१ ले पछाडि परेको अवस्थामा खेलको अन्तिम समयमा नेपालले पेनाल्टीको अवसर पाएको थियो । तर उक्त पेनाल्टी चन्दले गोल प्रहार गर्न सकेका थिएनन् । अनि लगत्तै प्राप्त गरेको पेनाल्टी पनि रोहितले गोल गर्न सकेनन् । यसरी लगातार दुई पेनाल्टी पाउँदा पनि गोल गर्न नसक्दा नेपाल प्रतियोगिताको सेमिफाइनलबाटनै बाहिरीन पुग्दा नेपाली फुटबल समर्थक माझ उनी दोषी साबित भएका थिए । पछि उक्त घटनालाई लिएर उनले सम्पुर्ण नेपाली तथा नेपाली फुटबल समर्थकहरूसँग सामाजिक सञ्जाल तथा विभिन्न अन्तरवार्ता मार्फत माफि मागेका थिए ।

२०१५ साफ च्याम्पियनसिपमा रोहितले नेपाली राष्ट्रिय फुटबलको उप-कप्तान समेत सम्हालेका थिए । नेपाल उक्त साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरीएता पजि उनको प्रदर्शनी भनृ अब्बल रहेको थियो । माल्दिभ्स विरूद्वको पहिलो खेलमा उनले निकै उत्कृष्ट खेल प्रदर्शनी गर्दै पुन एक पटक नेपाली फुटबल समर्थकहरूको मन जित्न सफल भएका थिए । चन्द लगाए सम्पूर्ण नेपाली टिमको उत्कृष्ट प्रदर्शनी हुदाहुदै पनि नेपाल उक्त खेलमा माल्दिभससँग अन्तिम मिनेटमा ०-१ ले पराजित हुन पुगोको थियो ।

रोहित चन्द २०१८ एसियाली खेलकुदका लागि नेपाली टिमका उपकप्तानको भएका थिए । इन्डोनेसियामा भएको उक्त प्रतियोगितामा उनले घरेलु दर्शकहरूको समेत खुब समर्थन पाएका थिए ।

व्यक्ति जीवन सम्पादन गर्नुहोस्

चन्द वीरेन्द्र नगर,सुर्खेतका बासिन्दा हुन् । हाल चन्दको स्थायी घर वा निवास सुर्खेत जिल्लामा नै रहेको छ ।[६] फुटबल बाहेक रोहित उपन्यास पढ्न निकै रूचाउने गर्दछन् ।

उपाधिहरू सम्पादन गर्नुहोस्

टि-सी स्पोर्ट्स क्लब सम्पादन गर्नुहोस्

पुरस्कार तथा सम्मानहरू सम्पादन गर्नुहोस्

  • उत्कृष्ट लिग-१ इन्डोनेसिया वर्ष खेलाडी:२०१८

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य लिङ्क सम्पादन गर्नुहोस्