कार्यविनायक नगरपालिका
कार्यविनायक नगरपालिका नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने ललितपुर जिल्लामा अवस्थित एक नगरपालिका थियो।[२][३] स्थानीय विकास मन्त्रालयले १६ मङ्सिर २०७१ मा, ६१ वटा नयाँ नगरपालिका थप्दा ललितपुर जिल्लामा सैंबु, बुङमती, छम्पी, डुकुछाप र खोकना ५ गाउँ विकास समितिहरू लाई समेटेर कार्यविनायक नगरपालिका घोषणा गरेको थियो।[३] कार्यविनायक नगरपालिकाको केन्द्र छ्यासीकोटमा रहेको थियो।[२] कार्याविनायक नगरपालिकाको १-१३ नम्बर वडा ललितपुर महानगरपालिकामा गाभिएको थियो भने १४-१८ नम्बर वडा गोदावरी नगरपालिकामा गाभिएको थियो।
कार्यविनायक नगरपालिका | |
---|---|
पूर्व नगरपालिका | |
देश | नेपाल |
विकास क्षेत्र | मध्यमाञ्चल |
अञ्चल | बागमती अञ्चल |
जिल्ला | ललितपुर जिल्ला |
स्थापना | मंसिर २०७१ |
क्षेत्रफल | |
• जम्मा | २१.५ किमी२ (८.३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३८,०३६ |
• घनत्व | १८००/किमी२ (४६००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-१ |
वेबसाइट | www.karyabinayakmun.gov.np |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्कार्यविनायक नगरपालिका साविकका सैंबु, बुङमती, छम्पी, डुकुछाप र खोकना गाविसहरू मिलेर बनेको थियो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ५ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा कार्यविनायक नगरपालिकाको कूल जनसङ्ख्या ३८,०३६ हुन्छ।[१]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
- ↑ २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१।
- ↑ ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर।