काङ्गेल
काङ्गेल नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, सोलुखुम्बु जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २०५२ रहेको थियो जसमध्ये ९३९ पुरुष र १११३ महिला रहेका थिए भने यहाँ ४३९ घरधुरी रहेको थियो।[१][२] यो हाल थुलुङ दुधकोशी गाउँपालिकामा पर्दछ।
काङ्गेल | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २७°३०′N ८६°३९′E / २७.५०°N ८६.६५°Eनिर्देशाङ्कहरू: २७°३०′N ८६°३९′E / २७.५०°N ८६.६५°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | सोलुखुम्बु जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | २,०५२ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
इतिहास
सम्पादन गर्नुहोस्मुक्ली गा.वि.स.का मानिसहरु दसैँ तथा तिहारको अवसरमा घर सिंगार्नका लागि चाहिने रातो माटो लिनका लागि पञ्चन गा.वि.स.मा जाने गर्दथे र त्यो हालसम्म पनि यथावत् नै छ । त्यसबखत माटो बोकेर ल्याउने क्रममा हाल कांगेलमा रहेको एउटा चौतारामा भारी बिसाउने गर्दथे । किंरात “थुलुङ्ग” राई भाषा अनुसार “क्वा” भन्नाले माटो र “ङेलुङ्ग” भन्नाले बिसाउने चौतारी हो । यही “क्वा ङेलुङ्ग” वाक्य नै पछि अपभ्रंश भई “कांगेल” हुन गएको हो । जुन चौतारा हालसम्म पनि यथावत् नै रहेको छ र यहां एउटा शिलालेख समेत राखिएको छ ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति