आन्ध्र महासागर

पृथ्वीमा रहेको सागर
(एटलान्टिक महासागर बाट पठाईएको)

आन्ध्र महासागर वा एटलान्टिक महासागर विशाल जलराशिको नाम हो जो यूरोप तथा अफ्रिका महादेशहरूको नयाँ संसारका महादेशहरूदेखि पृथक गर्छ । क्षेत्रफल र विस्तारमा संसारको दोस्रो ठुलो महासागर हो जसले पृथ्वी को १/५ क्षेत्र ओगटेको छ । यस महासागरको नाम ग्रीक संस्कृतिबाट लिइएको छ जसमा यसलाई नक्शाको समुद्र पनि भनिन्छ । यस महासागरको आकार लगभग अङ्ग्रेजी अक्षर को जस्तो छ । लम्बाईको अपेक्षा यसको चौडाई धेरै कम रहेको छ । आर्कटिक सागर, जो बेरिङ्ग जलडमरूमध्यबाट उत्तरी ध्रुव हुँदै स्पिट्सबर्जेन र ग्रिनल्यान्डसम्म फैलिएको छ, मुख्यतः आन्ध्रमहासागरको नैं अङ्ग हो । यस प्रकार उत्तरमा बेरिङ्ग जल-डमरूमध्यबाट लिएर दक्षिणमा कोट्सलैंडसम्म यसको लंबाई १२,८१० माईल छ । यस्तै प्रकार दक्षिणमा दक्षिणी जर्जियाको दक्षिण स्थित वैडल सागर पनि यसै महासागरको अङ्ग हो । यसको क्षेत्रफल यस अन्तर्गतका समुद्रहरुसहित ४,१०,८१,०४० वर्ग माईल छ [१][२]

ग्लोबमा आन्ध्र महासागरको स्थिति

यस अन्तर्गत समुद्रहरूलाई छोडेर यसको क्षेत्रफल ३,१८,१४,६४० वर्ग माईल छ । यो एउटा विशाल महासागर नै हो जसको अधीन विश्वको सबभन्दा ठूलो जलप्रवाह क्षेत्र रहेको छ । उत्तरी आन्द्रामहासागरको पृष्ठतलको लवणता अन्य समुद्रहरूको तुलनामा पर्याप्त रहेको छ । यसको अधिकतम मात्रा ३.७ प्रतिशत छ जो २०°- ३०° उत्तर अक्षांशहरूको बिचमा विद्यमान छ । यस महासागरको अन्य भागहरूमा लवणता अपेक्षाकृत कम रहेको छ ।

आन्ध्र महासागर
Map of the Atlantic Ocean
निर्देशाङ्क०°उ॰ २५°प॰ / ०°N २५°W / 0; -25निर्देशाङ्कहरू: ०°उ॰ २५°प॰ / ०°N २५°W / 0; -25[३]
प्रवाहित राष्ट्रहरूराष्ट्रहरूको सुची
सतहको क्षेत्रफल१०,६४,६०,००० किमी (४,११,००,००० वर्ग माइल)[१][२]
North Atlantic: ४,१४,९०,००० किमी (१,६०,२०,००० वर्ग माइल),
South Atlantic ४,०२,७०,००० किमी (१,५५,५०,००० वर्ग माइल)[४]
औसत गहिराइ३,६४६ मी (११,९६२ फिट)[४]
अधिकतम गहिराइ८,४८६ मी (२७,८४१ फिट)[४]
पानीको आयतन३१,०४,१०,९०० किमी3 (७,४४,७१,५०० घन माइल)[४]
किनारा लम्बाइ1१,११,८६६ किमी (६९,५१० माइल) including marginal seas[३]
Islandsटापुहरूको सुची
1 किनाराको लम्बाइ उपयुक्त तरिकाले परिभाषित छैन।
This video was taken by the crew of Expedition 29 on board the ISS. The pass starts from just northeast of the island of Newfoundland over the North Atlantic Ocean to central Africa, over South Sudan.

महासगारको गहिराईसम्पादन

 
पोर्चुगलबाट महासागरको दृश्य

एटलान्टिक महासागरको गहिराईको प्रारम्भिक अध्ययनमा पनडुब्बी चालक (१८७३-७६) को अन्वेषण अभियानको समान अन्य वैज्ञानिकले महासागरको अन्वेषणहरूमा योगदान दिएका थिए । एटलान्टिक महासागरीय विद्युत केबुलहरूको स्थापनाका गर्नका लागि आवश्यक जानकारी प्राप्ति गर्नका लागि यस प्रकारका अध्ययनहरूले विशेष प्रोत्साहन दियो । यसको गहिराइ को सन्दर्भमा एउटा अन्वेषण टोलि सन् (१९२१) को अध्ययन अनुसार यस महासागरको औसत गहिराई, समुद्रहरूलाई छोडेर, ३,९२६ मीटर, अर्थात् १२,८३९ फिट छ । यसको ज्ञात अधिकतम गहिराई, ८,६०५ मिटर अर्थात् २८,२३२ फिट छ र यस महासागरको सबैभन्दा गहिरो भाग पोर्टोरिको ट्रेन्च हो जसको गहिराई लगभग ८,६०५ मिटर (२८,२३२ फिट) रहेको छ ।[५]

सहायक धाराहरुसम्पादन

आन्ध्र महासागरको सहायकधाराहरु नियमितरूपमा हावाको दिशा अनुरूप बहन्छन् । तर स्थल खण्डको आकृतिको प्रभावबाट धाराहरुका यस क्रममा केही अन्तर अवश्य आउन जान्छ । उत्तरी एटलान्टिक महासागरको धाराहरूमा उत्तरी विषुवतीय धारा, गल्फ स्ट्रीम, उत्तरी एटलान्टिक प्रवाह, कैनेरी धारा र लैब्रोडोर धाराहरु मुख्य रहेका छन् । दक्षिणी एटलान्टिक महासागरको धाराहरूमा दक्षिणी विषुवतीय धारा, ब्राजील धारा, फाकल्याण्ड धारा, पछौं प्रवाह र बैङ्गुला धाराहरु मुख्य रहेका छन् ।

सन्दर्भसम्पादन

  1. १.० १.१ NOAA: How big is the Atlantic Ocean?
  2. २.० २.१ "Atlantic Ocean", Encyclopædia Britannica, १५ फेब्रुअरी २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २०, २०१६  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. ३.० ३.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named CIA-World
  4. ४.० ४.१ ४.२ ४.३ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named ETOPO1
  5. Milwaukee Deep. sea-seek.com
 
पृथ्वीका महासागरहरू