एकलव्य हिन्दु काव्य ग्रन्थ महाभारतका एक पात्र हुन् । उनी प्राचीन भारतमा बसोबास रहेको निषध नामक आदिवासी जमातका राजकुमार थिए ।

एकलव्य
महाभारत पात्र
एकलव्य
द्रोणाचार्यले गुरु दक्षिणाको रूपमा एकलव्यको बुढी औँठो मागेका थिए ।
प्राप्त जानकारी
परिवारहिरण्यधनु (पिता), केतुमान (पुत्र) र अन्य एक पुत्र

एकलव्यलाई राजसूय यज्ञका प्रमुख राजाहरूमध्ये एक मानिन्छन् जहाँ उनले सम्मानस्वरूप युधिष्ठिरलाई आफ्ना पादुका सौपेका थिए ।[][] दाहिने हातको बुढी औँला नभएपनि उनलाई अत्यन्तै कुशल धनुर्धर र योद्धा मानिन्थ्यो ।[] द्वारकायादव वंशमा आक्रमण गरेको बेला उनलाई भगवान् श्री कृष्णले मरेका थिए ।

जीवन तथा किम्बदन्ती

सम्पादन गर्नुहोस्

महाभारतमा भने अनुसार एकलव्य वनमा बसोबास गर्ने भील जमातका मुखिया हिरण्यधनुका छोरा थिए । उनी राजा जरासन्धको सेनामा जनरल पनि थिए । ब्राह्मण गुरुले शूद्र र आदिवासी जस्ता तल्लो जातका व्यक्तिलाई प्रशिक्षित गर्न नमिल्ने चलन चल्तीमा भएको हुनाले द्रोणाचार्यले उनलाई धनुर्विद्या सिकाउन नमानेपछि उनी आफैँ नै आफूलाई सिकाउनमा दृढ रहे । द्रोणाचार्यले कौरवपाण्डव दाजुभाइलाई सिकाइरहेको बेला उनी लुकेर सबै सिकिरहन्थे । शिक्षण सकेपछि उनी आश्रममा गई द्रोणाचार्यले टेकेको माटो ल्याई द्रोणाचार्यको माटो जम्मा गर्थे । यसरी माटो लिनुको उद्देश्य द्रोणाचार्यको बाटोमा नै हिँड्ने इच्छा प्रकट गर्नु हो । यसरी सङ्कलन गरेको माटोबाट उनले एक वृक्षमुनि द्रोणाचार्यको मूर्ति बनाई सो मूर्तिलाई नै उनी आफ्नो गुरु मान्थे । सो मूर्तिलाई साक्षी बनाई उनी आफ्नो प्रशिक्षणमा कार्यरत रहन्थे ।

गुरु दक्षिणा

सम्पादन गर्नुहोस्

एक दिन द्रोणाचार्य र उनका शिष्यहरू वनमा भ्रमण गर्न जाँदा अर्जुनले एक भुक्न नसक्ने कुकुर फेला परे । उक्त कुकुरको मुख वरिपरि तीरको घेरा थियो । उक्त घेरा यस्तो प्रकारले बनाइएको थियो कि त्यो कुकुरलाई कुनै पनि प्रकारको हानि भएको थिएन तर त्यसले भुक्न भने सक्दैनथ्यो । द्रोणाचार्य अचम्मित त परेका थिए यस्तो धनुर्विद्या देखेर तरा अर्जुनलाई विश्वको सर्वश्रेष्ठ धनुर्धर बनाउने वाचा अपूर्ण रहने उनमा चिन्ता जाग्यो । कुकरको मुख वरिपरि यस्तो बाणको घेरा बनाउने को रहेछन् भन्दै खोज गर्दा द्रोणाचार्य र उनका शिष्यहरूले एकलव्यलाई भेटे । द्रोणाचार्यलाई देखेपछि एकलव्य पनि उनीहरूसमक्ष आए र द्रोणाचार्यको अभिनन्दन गरे ।

द्रोणाचार्यले एकलव्यलाई कहाँबाट त्यस्तो कुशल धनुर्विद्या सिकेको भनेर प्रश्न गर्दा एकलव्यले द्रोणाचार्यको नै नाम लिँदै उनले माटोले बनाएका द्रोणाचार्यको मूर्ति देखाए । द्रोणाचार्यले एकलव्यलाई साँच्ची नै उनको शिष्य कहलाउनु छ भने उनलाई गुरु दक्षिणा दिनुपर्छ भनी सम्झाए । आज्ञाकारी एकलव्यले एक पटकमा नै दक्षिणामा जे मागेपनि दिने वाचा गरे । एकलव्य भविष्यमा गएर हस्तिनापुरको शत्रु महाजनपद मगधको सेनामा लागी पर्छन् भनेर द्रोणाचार्यलाई थाहा थियो । त्यसैले द्रोणाचार्यले गुरु दक्षिणाको रूपमा एकलव्यलाई उनको दाहिने हातको बुढी औँला मागे जुन एकलव्यले बिना कुनै हिचकिच द्रोणाचार्यलाई दिए ।[]

पछिल्लो जीवन

सम्पादन गर्नुहोस्

एकलव्यले आफ्नो देब्रे हात र खुट्टाले धनुर्विद्याको अभ्यास गर्थे । पछि महाभारतको युद्धमा उनले द्रोणाचार्यलाई आफ्नो सेवा प्रदान गरेका थिए । त्यसबेला उनी निषधका राजा भइसकेका थिए । द्वारकामा आक्रमण गर्दा उनलाई भगवान् श्री कृष्णले मारेका थिए । पछि कुरुक्षेत्र युद्धमा कौरवको पक्षमा युद्ध लडेका उनका उत्तराधिकारी, उनका पुत्र केतुमानलाई भीमसेनद्वारा मारेका थिए ।[] एकलव्यका अर्का छोराको नेतृत्वमा रहेका निषधलाई युधिष्ठिरको अश्वमेध यज्ञ भइरहेको बेला अर्जुनमाथि आक्रमण गर्न पठाइएको थियो । यद्यपि, अर्जुनले उनीहरूलाई पराजित गरी उनीहरूबाट सलामी पाएका थिए ।

एकलव्यको सम्मानमा भारतको हरियाणा प्रान्तमा अवस्थित गुरुग्रामको खाण्डसा गाउँमा एकलव्य मन्दिरको निर्माण गरिएको छ । एकलव्यलाई पूजा गरिने यो एक मात्र मन्दिर हो र लोककथा अनुसार वर्तमानमा यस मन्दिर रहेको ठाउँमा नै एकलव्यले द्रोणाचार्यलाई आफ्नो बुढी औँला काटेर दक्षीणा दिएका थिए ।[]

एकलव्यको सम्मानमा भारत सरकारले भारतीय अनुसूचित जमातका लागि एकलव्य मोडल रेजिडेन्सियल स्कुलको सञ्चालन गरेको छ । खेलकुदमा उत्कृष्ट प्रदर्शनका लागि कर्नाटक सरकारद्वारा एकलव्य पुरस्कार दिइन्छ ।

इन्डोनेसियाली किम्बदन्ती

सम्पादन गर्नुहोस्

प्रचलित इन्डोनेसियाली किम्बदन्ती अनुसार एकलव्य पूर्व जन्ममा द्रोणाचार्यद्वारा मारिएका राजा फाल्गुनदी थिए जसले आफ्नो मृत्युको प्रतिशोध लिन धृष्टद्युम्नको रूपमा पुनर्जन्म लिन्छन् ।[]

वर्तमान संस्कृतिमा एकलव्य

सम्पादन गर्नुहोस्

एकलव्यको नाममा सन् २००७ मा एकलव्य: द रोयल गार्ड नामक चलचित्र सार्वजनिक गरिएको थियो जसमा अमिताभ बच्चन, सैफ अली खान, शर्मिला टेगोर, सञ्जय दत्त, विद्या बालन, राइमा सेन, ज्याकी श्रोफ, जिमी शेरगिलबोमन इरानीले अभिनय गरेका थिए ।

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. "एकलव्यद्वारा युधिष्ठिर सम्मानित", अन्तिम पहुँच १९ नोभेम्बर २०१३ 
  2. "एकलव्य - राजसूय यज्ञका प्रथम राजा", अन्तिम पहुँच १९ नोभेम्बर २०१३ 
  3. "एकलव्य - एक शक्तिशाली धनुर्धर र सारथी", अन्तिम पहुँच १९ नोभेम्बर २०१३ 
  4. "गुरु द्रोणाचार्य र एकलव्य", टाइम्स अफ इन्डिया ब्लग (अङ्ग्रेजीमा), २१ फेब्रुअरी २०१९, अन्तिम पहुँच १५ सेप्टेम्बर २०२० 
  5. "गणपति बप्पा के इस धाम का है इतना मान कि नंगे पैर चलकर आते हैं बड़े-बड़े सितारे", दैनिक भास्कर, सन् २०१८। 
  6. "गुरुका लागि पर्यटक चक्र बनाउने स्थानीय वासिन्दाहरूको माग", हिन्दुस्तान टाइम्स, अप्रिल २०१६। 
  7. "धृष्टद्युम्न", ग्लोरियस हिन्दुइजम (अमेरिकी अङ्ग्रेजीमा), ११ नोभेम्बर २०१६, अन्तिम पहुँच १५ सेप्टेम्बर २०२०