इस्ट इन्डिया कम्पनी

(इस्ट इण्डिया कम्पनीबाट अनुप्रेषित)

इस्ट इन्डिया कम्पनी (East India Company (EIC)[] १६०० मा स्थापना भएको र १८७४ मा बिघटन भएको एक इंलिस , र पछी ब्रिटिस कम्पनी थियो ।[] यसको स्थापना हिन्द महासागर क्षेत्र, पहिले इस्ट इन्डिज (भारतीय उपमहाद्वीपदक्षिणपूर्वी एसिया), र पछी पूर्वी एसियामा व्यापार गर्न भएको थियो । यो कम्पनीले भारतीय उपमहाद्वीपको ठूलो हिस्सा नियन्त्रणमा लिएको थियो र दक्षिण पूर्वी एसियाको हिस्सा र हंगकंगलाई उपनिवेश बनाएको थियो। यसको उच्चतम अवस्थामा, कम्पनी विश्वको सबै भन्दा ठूलो व्यवसायिक प्रतिष्ठान थियो। इस्ट इन्डिया कम्पनीको आफ्नै सेना थियो, जसमा २,६०,००० सैनिक थिए, जुन तत्कालीन ब्रिटिस सेनाको भन्दा दोब्बर आकार थियो। [] The operations of the company had a profound effect on the global balance of trade, almost single-handedly[] reversing the trend of eastward drain of Western bullion, seen since Roman times.[]

इष्ट ईन्डिया कम्पनी
East India Company (EIC)
पूर्व प्रकार
पब्लिक लिमिटेड कम्पनी
उद्योगअन्तराष्ट्रिय व्यापार, लागू औषध तस्करी[]
भवितव्यताGovernment of India Act 1858
स्थापित३१ डिसेम्बर १६०० (1600-12-31)
स्थापनाकर्ताहरूJohn Watts, George White
बन्द१ जुन १८७४ (1874-06-01)
केन्द्रीय कार्यालय,
उत्पादनहरूकपास, रेसम, indigo dye, नुन, मसला, saltpetre, चिया, र अफिम
इस्ट इण्डिया कम्पनीको झण्डा

मूल रूपमा "गभर्नर र कम्पनी अफ मर्चेन्ट्स अफ लन्डन ट्रेडिङ इन द ईस्ट-इन्डिज" ("Governor and Company of Merchants of London Trading into the East-Indies") को रूपमा चार्टर्ड गरिएको थियो। Originally chartered as the ,[][] कम्पनीले १८अयं शताब्दी को को मध्य र १९ औं शताब्दीको शुरुवातमा विश्वको व्यापारको आधा हिस्सा ओगटेको थियो,[१०] विशेष गरी कपास, रेशम, इन्डिगो डाई, चिनी, नुन, मसला, नुन, चियाअफिम लगायतका आधारभूत वस्तुहरूमा । कम्पनीले भारतमा ब्रिटिश साम्राज्यको शुरुवात पनि स्थापना गर्‍यो .[१०][११]

इङ्ल्यान्डको इस्ट इन्डिया कम्पनीको स्थापना, स्पेनी आर्मादाको पराजय पछि, महारानी एलिजाबेथको आज्ञापत्र द्वारा (३१ डिसेम्बर, १६००) "द गवर्नर ऐंड मर्चेट्स अफ लन्डन ट्रेडिंग टु दि ईस्ट इंडीज'को नामले भयो। यसै आज्ञापत्रद्वारा उक्त कंपनीलाई व्यावसायिक एकाधिकार पनि प्राप्त भयो। ब्रिटिश इस्ट इण्डिया कम्पनीको स्थापना ३१ डिसेम्बर १६०० ईस्वीमा भएको थियो। यसलाई यदाकदा जोहन कम्पनीको नामले पनि जानिन्थ्यो। यसलाई ब्रिटेनकी महारानीले भारतसित व्यापार गर्नका लागि २१ वर्षसम्म छुट दिएकी थिइन्। पछि गएर कम्पनीले भारतका प्रायः सबै क्षेत्रहरूमा आफ्नो सैनिक तथा प्रशासनिक आधिपत्य जमाए। १८५७ को प्रथम स्वतन्त्रता संग्राम अथवा सिपाही विद्रोहपछि सन १८५८ मा यसको विलय भयो।

जब १४९८ ई. मा भास्को द गामाले उत्तमाशा द्वीप अथवा केप अफ गुड होप द्वारा भारतयात्राको निम्ति नयाँ समुद्री मार्ग खोजे, तब संसारको इतिहासमा एउटा क्रान्तिकारी बाटो खुल्यो। यूरोपीय देशहरूको भारत तथा पूर्वी द्वीपहरूसित प्रत्यक्ष संपर्क भयो। स्वभावत: सुदृढ नाभिक शक्तिको कारण यस मार्गमा सर्वप्रथम पोर्चुगलको एकाधिकार स्थापित भयो; परन्तु, चाँडै हलैंड र त्यसपछि इङ्ल्यान्डले पोर्चुगलको मार्गमा गतिरोध ल्याएँ। कम्पनीको विकासको साथ साथ इङ्ल्यान्डमा उसको व्यावसायिक एकाधिकारको विरुद्ध असंगठित र सुसंगठित प्रयासहरू भए। अन्तत: रानी ऐन तथा लार्ड गोडोल्फिनको मध्यस्थताद्वारा आन्तरिक विरोधहरूको समाधान भएपछि "द युनाइटेड कम्पनी अफ मर्चेट्स अफ इङ्ल्यान्ड ट्रेडिंग टु दि ईस्ट इंडीज'को रूपमा नयाँ विधानको साथ ईस्ट इन्डिया कम्पनीको पुनर्निर्माण भयो। एक प्रकारले यसैलाई कम्पनीको यथोचित श्रीगणेश भन्दा उपयुक्त हुनेछ। इस्ट इण्डिया कम्पनी (इस्ट इण्डिया ट्रेडिंग कम्पनीइङ्गलिश इस्ट इण्डिया कम्पनी पनि) संघको सन्धि (Treaty of Union) पछि ब्रिटिश इस्ट इण्डिया कम्पनी एक संयुक्त स्टक कम्पनी थियो। यस कम्पनीको स्थापना शुरुमा पूर्वी इन्डिजहरू (East Indies) सँग ब्यापार गर्न खोज्ने उद्देश्यले भयेको थियो, तर त्यो ब्यापार मुख्य रूपमा भारत र चीनसँग तोडियो। पुरानो युरोपियन इस्ट इण्डिया कम्पनीहरूको नाममा धेरै समानता थियो।
ब्रिटिश इस्ट इण्डिया कम्पनीको स्थापना डिसेम्बर १६०० इ॰ मा भएको थियो। यस कम्पनीलाई यदा कदा जौन कम्पनीको नामबाट पनि जानिन्थ्यो। यस कम्पनीलाई ब्रिटेनको महारानी एलिजाबेथ प्रथमबाट पूर्वी इन्डिजहरूसँग ब्यापार गर्ने अनुमति प्राप्त थियो।

१८५७ को भारतीय विद्रोह पछि र भारत सरकार अधिनियम 1858 को प्रावधान अन्तर्गत, ब्रिटिश सरकारले कम्पनीलाई राष्ट्रियकरण गर्यो। ब्रिटिश सरकारले आफ्नो भारतीय सम्पत्ति, यसको प्रशासनिक शक्ति र मेसिनरी, र यसको सशस्त्र बल कब्जा गर्यो।[१२]

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "The Opium War", National Army Museum, अन्तिम पहुँच २९ डिसेम्बर २०१८ 
  2. Carey, W. H. (१८८२), 1882 – The Good Old Days of Honourable John Company, Simla: Argus Press, मूलबाट २३ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जुलाई २०१५ 
  3. "Company Bahadur", Encyclopaedia Britannica, मूलबाट ९ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ डिसेम्बर २०१८ 
  4. "Not many days ago the House of Commons passed", Times (London), ८ अप्रिल १८७३, पृ: ९। 
  5. Roos, Dave (२०२०-१०-२३), "How the East India Company Became the World's Most Powerful Monopoly", History, अन्तिम पहुँच २०२२-०४-२९ 
  6. Dalrymple, William (२०२०), The Anarchy - The Relentless Rise of the East India Company, London: Bloomsbury Publishing, पृ: xxxv (Introduction), आइएसबिएन 9781526634016, अन्तिम पहुँच २९ मे २०२२ 
  7. Dalrymple, William (३० अगस्ट २०१९), "Lessons for capitalism from the East India Company", Financial Times, मूलबाट १० डिसेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मे २०२२ 
  8. Scott, William, "East India Company, 1817–1827", archiveshub.jisc.ac.uk (अङ्ग्रेजीमा), Senate House Library Archives, University of London, मूलबाट २१ सेप्टेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २० सेप्टेम्बर २०१९ 
  9. ढाँचा:Cite wikisource
  10. १०.० १०.१ Farrington, Anthony (२००२), Trading Places: The East India Company and Asia 1600–1834 (अङ्ग्रेजीमा), British Library, आइएसबिएन 9780712347563, मूलबाट २७ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ सेप्टेम्बर २०१९ 
  11. "Books associated with Trading Places – the East India Company and Asia 1600–1834, an Exhibition", मूलबाट ३० मार्च २०१४-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण ३० मार्च २०१४ मिति
  12. "East India Company and Raj 1785-1858", UK Parliament 
  1. also known as the अनरेबल इस्ट इन्डिया कम्पनी (Honourable East India Company (HEIC), इस्ट इन्डिया ट्रेडिङ कम्पनी East India Trading Company (EITC), द इंलिस इस्ट इन्डिया कम्पनी English East India Company, वा (१७०७ पछि) द ब्रिटिस इस्ट इन्डिया कम्पनी भनेर पनि चिनिन्छ, र अनौपचारिक रूपमा जोन कम्पनी,[] कम्पनी बहादुर,[] or simply The Company

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्