इन्दिरा प्रसाईँ

(इन्दिरा प्रसाईबाट अनुप्रेषित)

पिता गणेशप्रसाद शर्मा र माता दुर्गादेवी नेपालको कोखबाट विक्रमसम्वत् २०१४ साल फागुन ३ [१] गते भारतको दार्जिलिङमा जन्मनु भएकी साहित्यकार इन्दिरा प्रसाईं मुख्यरूपमा कथा, उपन्यास र कविता विधामा कलम चलाउँछिन्। गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष[२] भइसकेकी उनी हाल नइ प्रकाशनमा अध्यक्षको [३] रूपमा कार्यरत् छिन्। महेन्द्र मोरङ् आदर्श बहुमुखी क्याम्पस र पशुपति बहुमुखी क्याम्पसमा प्रध्यापन गरिसकेकी उनको मन सायद उघ्रदैन, वयान कथा सङ्ग्रह, विश्वमित्र, रनमाया उपन्यास, बाइपङ्खी घोडा, माल्दाइलाई चिठी चर्चित कवितासङ्ग्रह हुन्। उनको उपन्यास 'उसको लोग्ने र विरालो' अङ्ग्रेजी भाषामा 'The Husband and Cat' अनुवाद भएको छ र सोही पुस्तक ईजिप्ट सरकारले अरबी भाषामा पनि अनुवाद भएको छ। उनको अर्को उपन्यास 'रनमाया' नेपाल प्रज्ञा प्रतिष्ठानबाट अङ्ग्रेजी भाषामा अनुवाद भएको छ। यसका अतिरिक्त ५३ वटा विभिन्न विधाका पुस्तकहरू प्रकाशित भएका छन् भने थुप्रै कृतिहरू तथा पत्रपत्रिकाहरू सम्पादन गरिसकेकी छिन्।

इन्दिरा प्रसाईं
इन्दिरा
जन्मवि.सं. २०१४ फागुन ३ गते
दार्जिलिङ, भारत
राष्ट्रियतानेपाल नेपाली
शिक्षाएम्.बी.ए.
पेशालेखन, सम्पादन, पत्रकारिता
चिनारीको कारणकथा, उपन्यास, कविता
उल्लेखनीय कार्य
मन सायद उघ्रदैन, वयान, विश्वमित्र, रनमाया, बाइपङ्खी घोडा
गृहनगरकाठमाडौँ
मातापितास्व.गणेशप्रसाद शर्मा, दुर्गादेवी नेपाल

यिनको योगदानको कदरस्वरूप युवावर्ष मोती पुरस्कार [४], राष्ट्रिय प्रतिभा पुरस्कार [५], मैनाली कथा पुरस्कार [६] लगायत दर्जनौँ पुरस्कार तथा गद्दीआरोहरण रजतमहोत्सव पदक, प्रवल गोरखा दक्षिण बाहु आदि विभूषणद्वारा सम्मानित भइसकेकी छिन्।

प्रारम्भिक जीवन तथा शिक्षा सम्पादन गर्नुहोस्

इन्दिरा प्रसाईंको जन्म भारतको दार्जिलिङ्मा भएको हो। त्यतिबेला उनको बुबा दार्जिलिङको सेन्ट जोसेफ कलेजमा पढ्दै थिए। उनको बुबा आमाको पाँच सन्तानमध्ये उनी प्रथम हुन्। उनी तीनमहिना भएपश्चात् उनी धनकुटाको चुङ्बाङ् आइन् र तीन वर्ष बिताइन्। त्यसपछि उनी बुबासँगै कोलकाता गइन्। उनी पाँचवर्षको उमेर भएपछि विराटनगर आइन्। उनको शिक्षाराम्भ सरस्वती मा.वि. विराटनगरबाट भयो भने बाँकी शिक्षा भने महेन्द्र मोरङ् क्याम्पसमा भयो। यसै क्याम्पसबाट उनले एमबिए सम्मको अध्ययन पूरा गरिन्। [७]

वैवाहिक जीवन सम्पादन गर्नुहोस्

कार्यजीवन सम्पादन गर्नुहोस्

इन्दिरा प्रसाईं हाल नइ प्रकाशनको अध्यक्षको रूपमा कार्यरत् छिन् भने त्रिमूर्ति निकेतनमा पनि संलग्न छिन्।

प्रकाशित कथासङ्ग्रह सम्पादन गर्नुहोस्

  • मन सायद उघ्रदैन (२०५१)
  • बयान (२०५५) [८]
  • दोस्रोसत्ता (२०६२) [९]
  • मेरो कथा नलेखिदिनू (२०७४) [१०]

प्रकाशित उपन्यास सम्पादन गर्नुहोस्

  • विश्वामित्र (२०५५)
  • रनमाया (२०५८)
  • शिखा (२०५९)
  • उसको लोग्ने र बिरालो (२०६०)
  • The Husband & the Cat (2005 AD)
  • उसको लोग्ने र बिरालो (अरेबिक भाषा : 2010 AD) (इजिप्ट सरकारको संस्कृति मन्त्रालयबाट प्रकाशित पहिलो नेपाली साहित्य)
  • Ranamaya (2017 AD)

प्रकाशित कवितासङ्ग्रह सम्पादन गर्नुहोस्

  • बाईपङ्खी घोडा (२०५७)
  • तिमी हुनुको (लामोकविता : २०५७)
  • नेपाल न्यूज डट कम (२०५९)
  • माल्दाइलाई चिठी (२०६१)
  • ए समुद्र! (लामोकविता : २०६३)
  • शारदा (लामोकविता : २०६९)
  • Being of You (2017 AD)

प्रकाशित खण्डकाव्य सम्पादन गर्नुहोस्

  • हरिमाया (२०७४)

प्रकाशित समिक्षात्मक पत्रनिबन्ध सम्पादन गर्नुहोस्

  • प्रिय नरेन्द्र (२०६१)

जीवनीमूलक निबन्ध सम्पादन गर्नुहोस्

  • मेरी सासू (२०६५)
  • भागीरथा प्रसाईको निर्वाण (२०६९)

समीक्षा सम्पादन गर्नुहोस्

  • उषा शेरचनको सङ्खघोष (२०७२)

कोश सम्पादन गर्नुहोस्

  • विश्व नारी नेपाली स्रष्टाकोश (२०७१)

अनुवाद सम्पादन गर्नुहोस्

  • मेरा जीवन : मेरी कहानी (२०५४) नेपालीभाषाबाट हिन्दीभाषामा

सम्पादन सम्पादन गर्नुहोस्

  • भारती खरेल : सृजना र समीक्षा (२०५२)
  • पौरखी पुरुष (२०५२)
  • एउटा अमर प्राज्ञ : बालकृष्ण सम (२०५४)
  • रुद्रराज पाण्डे : सृष्टि र दृष्टि (२०५४)
  • गणेश गुरु : साधनादेखि समाधिसम्म (२०५४)
  • भूपाल अर्चना (२०५५)
  • उकाली ओरालीहरूमा तारादेवी (२०५६)
  • ईश्वर बराल : कृति र कीर्ति (२०५७)
  • श्री ५ वीरेन्द्रको बहुआयामिक व्यक्तित्व (२०५७)
  • सङ्गीतशिरोभूषण : नातिकाजी (२०५८)
  • ईश्वरवल्लभ : आयाम र आकृति (२०५९)
  • कमल दीक्षित : कालो अक्षरदेखि सग्लो अक्षरसम्म (२०६०)
  • मिश्रका कृति : कविका दृष्टि (२०६०)
  • त्रिमूर्ति निकेतन (२०६०)
  • शरदचन्द्र भट्टराईको इतिवृत्त (२०६२)
  • देवकोटा शताब्दी कविता (२०६६)
  • देवकोटा राष्ट्रिय चिन्तन (२०६६)
  • नेपाली साहित्यको अन्तर्राष्ट्रिय विस्तार (२०६७)
  • विश्व नारी नेपाली साहित्यको रेखाङ्कन (२०७१)
  • चौध अञ्चलमा नारी साहित्य (२०७१)
  • वानीरा गिरीको कृतिस्तम्भ (२०७१)
  • कवितामा वानीरा (२०७१)
  • विश्वनारी साहित्य समीक्षा (२०७२)
  • भानुभक्त दुई सय वर्ष (२०७२)
  • बगेको खोला (२०७२)
  • नरेन्द्रराज प्रसाईकृत भानुजीवनी : मूल्य र मान्यता (२०७३)
  • अविश्रान्त साधक : घटराज भट्टराई (२०७४)
  • कवितामा घटराज भट्टराई (२०७४)

पत्रिका सम्पादन सम्पादन गर्नुहोस्

  • कथाक्रम त्रैमासिक (२०४१-२०४३)
  • प्रज्ञापत्र मासिक (२०५३-२०५५)
  • भानुमोती वार्षिक (२०५६-२०६३)

पुरस्कारहरू सम्पादन गर्नुहोस्

  • युवावर्ष मोती पुरस्कार (२०५१)
  • मैनाली कथा पुरस्कार (२०५२)
  • राष्ट्रिय प्रतिभा पुरस्कार (२०५२)
  • राष्ट्रिय गौरव युवासम्मान (२०५३)
  • भानुभक्त सम्मान (२०६२)
  • भद्रकुमारी घले पुरस्कार (२०६४)
  • दीपज्योति पुरस्कार (२०६७)
  • देरुनीख पुरस्कार (२०६७)
  • भानुभक्त स्वर्ण पदक (२०७१)
  • भानुभक्त प्रज्ञा पुरस्कार (२०७१)
  • भारती खरेल पुरस्कार २०७३)

विभूषण सम्पादन गर्नुहोस्

  • गद्दीआरोहणको रजतमहोत्सव पदक (२०५३)
  • प्रबल गोरखादक्षिणबाहु (२०५७)
  • वीरेन्द्रऐर्श्वर्य सेवापदक (२०५८)

संस्थापक सम्पादन गर्नुहोस्

  • नइ प्रकाशन - २०५२
  • त्रिमूर्ति निकेतन - २०६१

नियुक्ति र मनोनीत सम्पादन गर्नुहोस्

  • कार्यकारी अध्यक्ष, गोरखापत्र संस्थान (२०६२)
  • सल्लाहकार, श्री ५ को सरकार (२०६२-२०६३)
  • उपाध्यक्ष, भानुभक्त व्दिशतवार्षिकी कार्यकारी समिति (नेपाल सरकार, २०७१)

प्रध्यापन सम्पादन गर्नुहोस्

  • महेन्द्र मोरड आदर्श बहुमुखी क्याम्पस, विराटनगर (२०४७-२०५१)
  • पशुपति बहुमुखी क्याम्पस, काठमाडौँ (२०५६ देखि २०७१)

अन्तरवार्ता सम्पादन गर्नुहोस्

चित्र दीर्घा सम्पादन गर्नुहोस्

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्