मैनाली कथा पुरस्कार साहित्यिक पत्रकार सङ्घले २०३८ सालमा आधुनिक नेपाली कथा साहित्यका अग्रज स्रष्टा गुरूप्रसाद मैनालीको पुण्यस्मृतिमा स्थापना गरेको पुरस्कार हो । कथा जगतका अग्रणी साधक मैनालीको पुण्यस्मृतिमा साहित्यिक पत्रकार सङ्घद्वारा आयोजित २०३८ चैत १२ गतेदेखि १९ सम्म काठमाडौंमा सम्पन्न सप्ताहव्यापी कथादिवसका अवसरमा मैनाली कथा पुरस्कारको स्थापना भएको हो। यो पुरस्कार प्रतिवर्ष कथादिवसकै क्रममा कथासम्बन्धी प्रकाशित कृतिलगायत फुटकर कथालेखनको क्षेत्रबाट महत्त्वपूर्ण योगदान गर्ने कथासर्जकहरूलाई प्रदान गरिन्छ। आफ्ना पिताको पुण्यस्मृतिमा गुरूप्रसादका छोराहरू क्रमशः डा. सुशील, राजेन्द्र, अम्बिका र डा. माधव मैनालीको सक्रिय सहयोगमा स्थापित मैनाली कथा पुरस्कार आधुनिक नेपाली कथा साहित्यका नयाँ र पुराना पुस्ताका कथाकारहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रदान गरिन्छ। पहिलोपटक २०३८ सालदेखि नियमितरूपमा प्रतिवर्ष प्रदान गरिँदै आएको मैनाली कथा पुरस्कारको राशि बिक्रम संवत् २०६३ सालदेखि रु. एकतीस हजार पुगेको छ ।[१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्



सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. आधुनिक कथा सर्जक मैनाली र कथादिवस[dead link] डिल्लीराम मिश्र, फागुन, २०६५