इटहरा पूर्व प्रशासनिक विभाजन अनुसार, कोशी अञ्चलको मोरङ जिल्लामा पर्ने एक गाविस थियो।

इटहरा
देश नेपाल
अञ्चलकोशी अञ्चल
जिल्लामोरङ
जनसङ्ख्या
 (२०६८)[१]
 • जम्मा१५४०४
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०२१

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको सन् २०११ को जनगणना अनुसार इटहराको ३,५७२ घर धुरीमा कुल जनसङ्ख्या १५,४०४ रहेको छ।[२]

मदन भण्डारीको सम्झनामा इटहरा नमुना गाउँ सम्पादन गर्नुहोस्

स्व जननेता मदन भण्डारीको सम्झनामा उनको कर्मथलो मोरङको इटहरालाई मदन भण्डारी नमुना गाउँ बनाइएो छ। [३] भण्डारीले आफ्नो राजनीतिक कर्मथलो बनाएको इटहरा गाविसलाई विकासका पूर्वाधार निर्माण गरेर नमुना गाउँ बनाउन लागिएको थियो। त्यसका लागि इटहरा–८ लाई मदनग्राम नाम दिएर मदन भण्डारी स्मृति प्रतिष्ठानले भण्डारीको घर, जग्गालाई स्वामित्वमा लिई काम सुरु गरिएको थियो।[४]

सन्दर्भ सम्पादन गर्नुहोस्