अब्हा (अरबी: أَبْـهَـا, Abhā) साउदी अरबको असिर प्रान्तको राजधानी हो। यो समुद्र सतहबाट २,२७० मिटर (७,४५० फिट) माथि रहेकोे छ जो दक्षिण-पश्चिमी साउदी अरबको असिर राष्ट्रिय निकुञ्जको उर्वर पहाडमा अवस्थित छ। अब्हाको शीतल र रमणीय वातावरणले यो क्षेत्र पर्यटकहरूको लागि एक लोकप्रिय पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ।

अब्हा
أَبْـهَـا
अब्हा is located in Saudi Arabia
अब्हा
अब्हा
निर्देशाङ्क: १८°१३′१″उ॰ ४२°३०′१९″पू॰ / १८.२१६९४°N ४२.५०५२८°E / 18.21694; 42.50528निर्देशाङ्कहरू: १८°१३′१″उ॰ ४२°३०′१९″पू॰ / १८.२१६९४°N ४२.५०५२८°E / 18.21694; 42.50528
देश साउदी अरब
प्रदेशअसिर प्रान्त
उप-नामहरूहिमालको पुल

कुहिरोको शहर


बादल प्रेमी
सरकार
 • राजकुमारफैसल बिन खालिड बिन अब्दुल अजिज अल साउद
 • उप-राजकुमारटुर्की बिन तलाल बिन अब्दुल अजिज अल साउद
उन्नतांश
२२७० मिटर (७४५० फिट)
जनसङ्ख्या
 (२०१०)
 • जम्मा७८१२०६[]
समय क्षेत्रयुटिसी+३ (पूर्वी अफ्रिकी समय)
 • ग्रीष्म (डिएसटी)युटिसी+३ (पूर्वी अफ्रिकी समय)

अब्हा प्रथम विश्वयुद्ध सम्म राजकुमार आशेर इब्न अदेका लागि राजधानी शहर थियो जुन अटोमन साम्राज्यको नियन्त्रण रहेको थियो । सन् १९१८ मा, असिरका राजकुमार, य्याया बिन हसुन अल अडेका नाती इब्न आइड, अब्हाको पूर्ण स्वतन्त्रतासँग विजयी भए आफ्नो परिवारको सिंहासनमा फर्किएका थिए । १९२० मा, असिरलाई साउदी अरब को एकीकरण को समयमा इखवान जनजातीहरूले कब्जा गरेका थिए । यहाँ थुप्रै ऐतिहासिक स्थानहरू जस्तै किल्ला र अन्य थुप्रै मनैलोभ्याउने स्थानहरू रहेका छन् ।

जेदाह र अब्हा जोड्ने एक तटिय सडक १९९७ मा पूरा भएको थियो । साप्टोको बस स्टेशन साउदी अरब भित्रै अन्य गन्तव्यहरूमा जोडिएको छ ।

अब्हा क्षेत्रीय विमानस्थल,(अरबी: مَـطَـار أَبْـهَـا, अब्हाको मुख्य विमानस्थल हो । यसले अरु छिमेकी मुलुकहरूसँग आफ्नो हवाई सुबिधालाई मध्यनजर गर्दै यसले यमनको सनाह, इजिप्टको कायरो, कतारको दोहा र संयुक्त अरब इमिरेट्सको दुबै र साथै साउदी अरब भित्रै अन्य गन्तव्यसम्म यात्रुहरूलाई ल्याउने र लैजाले गर्दछ । डच-डिजाइनमा आधारित अब्हा विमानस्थलको निर्माण सन् १९७५ को मध्यमा सुरु भयो र उडानहरू १९७७ मा सुरु भएको थियो । यो विमानस्थल निर्माण गर्नुअधि, त्यहाँका सेनाहरुद्वरा आन्तरिक वा घरेलु उडान सञ्चालन गर्दथे ।[स्रोत नखुलेको]

उल्लेखनिय भवनहरू

सम्पादन गर्नुहोस्

अब्हा शहर चार चौथाईमा बनेको छ, त्यसमध्य सबैभन्दा ठूला किल्लाहरु हुन् । हिलटप किल्लाहरू शहरको एक विशेष विशेषता हो । १९२७ मा बनाइएको साडा दरवार, हाल स्थानीय सङ्ग्रहालय र घरेलू सामानहरू प्रदर्शित गर्ने एक सङ्ग्रहालय बनेको छ । अब्हामा अन्य उल्लेखनीय भवनहरु अब्हाको ठुलो मस्जिद, अल-ताहि रेस्टुरेन्ट, अब्हा दरवार होटेल र सद ताल नजिक रहेकोे फर्न पार्क शामिल छ । शहरको १.५ किमी दक्षिणपश्चिमी क्षेत्रमा नयाँ अब्हा पाँच-तारे होटल ताल नजिकै भर्खरै निर्माण भएको छ । साउदीमा दैनिक पत्रिका अल वाट प्रिन्ट प्रेसको प्रमुख कार्यलय, यहीँ अब्हामा अवस्थित छ ।

राजा खालिड विश्वविद्यालय अब्हामा एक सार्वजनिक विश्वविद्यालय हो । यस विश्वविद्यालय १९९९ मा इस्लाम अध्यापन गराइने, इमाम मुहम्मद बिन सउद विश्वविद्यालय र दक्षिणमा रहेकोे राजा साउद विश्वविद्यालयहरूलाई सामायोजन गरी स्थापित गरिएको थियो ।

भूगोल र जलवायु

सम्पादन गर्नुहोस्
 
अब्हाबाट आकाशको एक दृश्य

अब्हा समुद्र स्तरबाट २२७० मिटर (७४४८ फिट) माथि असिरको दक्षिणी क्षेत्रमा अवस्थित छ । अब्हा जबल सादामा रहेकोे अल-हिजज पर्वतको पश्चिमी किनारमा अवस्थित छ जसलाई साउदी अरबमा उच्चतम चोटि भएको दावी गर्दै आएका छन् ।

अब्हाको मौसम हलुका चिसो छ र यस शहरमा रहेकोे उच्च स्थानको प्रभाले यहाँको मौसम चिसो बनेको हो । शहरको मौसम सामान्यतया वर्षभरि हलुका हुन्छ, वर्षको समयमा कहिलेकाहीँ तापमान ३५ डिग्री सेल्सियस (९५.० फरेन्हाइट) सम्म पुग्दछ । प्रति वर्ष वर्षातको समयमा फेब्रुअरी र अप्रिलको बिच २७८ मिलिमिटर (११ इन्च) पानी पर्ने गरेको छ र जुलाई र अगस्तमा हालुका वर्ष हुने गरेको छ ।

२५ अगस्त, १९८३ मा सबैभन्दा उच्च ४० डिग्री सेल्सियस अथवा १०४ फरेन्हाइट तापमान रेकर्ड गरिएको थियो । जबकि डिसेम्बर २९, १८७३ मै सबैभन्दा निम्न तापमान -२ डिग्री सेल्सियस अथवा २८ फरेन्हाइट रेकर्ड गरिएको थियो ।

अब्हा, साउदी अरब (१९८५–२०१०)को मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम रेकर्ड °से (°फे) २७.२
(८१.०)
२७.४
(८१.३)
२८.५
(८३.३)
३१.२
(८८.२)
३३.३
(९१.९)
३४.८
(९४.६)
३४.०
(९३.२)
३४.०
(९३.२)
३३.७
(९२.७)
३०.०
(८६.०)
२७.३
(८१.१)
२५.६
(७८.१)
३४.८
(९४.६)
उच्चतम औसत °से (°फे) १९.६
(६७.३)
२१.१
(७०.०)
२३.०
(७३.४)
२५.२
(७७.४)
२८.६
(८३.५)
३०.९
(८७.६)
३०.५
(८६.९)
३०.५
(८६.९)
२९.५
(८५.१)
२६.०
(७८.८)
२३.०
(७३.४)
२०.७
(६९.३)
२५.७
(७८.३)
दैनिक औसत °से (°फे) १३.३
(५५.९)
१४.९
(५८.८)
१६.८
(६२.२)
१८.६
(६५.५)
२१.३
(७०.३)
२३.५
(७४.३)
२३.२
(७३.८)
२२.८
(७३.०)
२२.२
(७२.०)
१८.७
(६५.७)
१५.८
(६०.४)
१३.९
(५७.०)
१८.८
(६५.८)
न्यूनतम औसत °से (°फे) ७.७
(४५.९)
९.४
(४८.९)
११.१
(५२.०)
१२.७
(५४.९)
१४.८
(५८.६)
१६.५
(६१.७)
१७.१
(६२.८)
१६.७
(६२.१)
१४.९
(५८.८)
११.६
(५२.९)
८.९
(४८.०)
७.३
(४५.१)
१२.४
(५४.३)
न्यूनतम रेकर्ड °से (°फे) ०.०
(३२.०)
१.२
(३४.२)
३.०
(३७.४)
६.५
(४३.७)
१०.०
(५०.०)
११.६
(५२.९)
९.३
(४८.७)
१०.४
(५०.७)
१०.२
(५०.४)
६.२
(४३.२)
२.४
(३६.३)
१.०
(३३.८)
०.०
(३२.०)
औसत वर्षा मिमी (इन्च) १७.८
(०.७०)
१४.२
(०.५६)
४७.२
(१.८६)
४७.९
(१.८९)
२४.४
(०.९६)
७.५
(०.३०)
१६.६
(०.६५)
२४.४
(०.९६)
४.७
(०.१९)
३.०
(०.१२)
५.१
(०.२०)
४.८
(०.१९)
२१७.६
(८.५७)
दैनिक औसत वर्षा ३.७ ४.१ ६.५ १०.२ ७.८ ३.९ ७.३ १०.५ २.२ १.८ २.० २.५ ६२.५
औसत सापेक्ष आर्द्रता (%) ७० ६७ ६२ ६० ५० ३९ ४५ ५१ ३८ ४२ ६० ६६ ५४
मासिक सौर्यप्रकाश घण्टा औसत २६६.६ २६५.६ २९४.५ २८२.० २८८.३ २७६.० २३२.५ २३८.७ २७३.० २९१.४ २७३.० २६६.६ ३,२४८.२
दैनिक सौर्यप्रकाश घण्टा औसत ८.६ ९.४ ९.५ ९.४ ९.३ ९.२ ७.५ ७.७ ९.१ ९.४ ९.१ ८.६ ८.९
स्रोत १: Jeddah Regional Climate Center[]
स्रोत २: Deutscher Wetterdienst (sun, 2001–2008)[]

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. "साउदी अरब: सबैभन्दा ठूलो शहर र तिनीहरूको जनसङ्ख्याको तथ्याङ्क", World Gazetteer, मूलबाट १८ फेब्रुअरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अगस्ट २०१२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) = Bibliotheca Alexandrina अभिलेखिकरण ८ डिसेम्बर २०११ मिति
  2. "अब्हाको जलवायुको तथ्याङ्क", जेदाह क्षेत्रीय मौसम केन्द्र, मूलबाट मार्च ४, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २४, २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण मार्च ४, २०१६ मिति
  3. "Klimatafel von Abha / Saudi-Arabien", Baseline climate means (1961-1990) from stations all over the world (Germanमा), Deutscher Wetterdienst, अन्तिम पहुँच जनवरी २६, २०१६ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्