निर्देशाङ्कहरू: १९°०′उ॰ ४३°०′पू॰ / १९.०००°N ४३.०००°E / 19.000; 43.000

असिर प्रान्त, अरबी: عسير सउदी अरबको दक्षिण पश्चिम क्षेत्रमा स्थित एक प्रदेश हो जुन असिर जातिको नामबाट साभार गरिएको थियो। यसको क्षेत्रफल ७६,६९३ वर्ग किलोमिटर वा २९,६११ वर्ग माइल रहेकोे छ भने यसको अनुमानित जनसङ्ख्या १९,१३३,९२ रहेको छ । यसले यमनसँग छोटो सीमा बाँढेको छ ।

असिर
عسير
असिर प्रान्त
साउदी अरबको नक्सामा "असिर प्रदेश" को अवस्थितिको अवस्थिति
साउदी अरबको नक्सामा "असिर प्रदेश" को अवस्थिति
राजधानीअब्हा
बोरोहरू१३
सरकार
 • गभर्नरराजकुमार फैसल बिन खालिद बिन अब्दुल अजिज अल साउद
 • उप-गभर्नरउप-राजकुमार टर्की बिन तलाल बिन अब्दुल अजिज अल साउद
क्षेत्रफल
 • जम्मा६७७९३ किमी (२६१७५ वर्ग माइल)
जनसङ्ख्या
 (२०१०)
 • जम्मा१९१३३९२
ISO 3166-2
१४

असिर क्षेत्रको राजधानी अब्हा हो। अन्य प्रमुख शहरहरूमा खामास मुसाहाइट, बिशा र बाराक पनि यसमा समावेश छन्। साउदी अरबका राजा खालिदका छोरा क्षेत्रीय गभर्नरको रूपमा फैसल बिन खालिद बिन अब्दुल अजीज अल साउद, १६ मे २००७ मा नियुक्त भएका थिए। उनले आफ्ना काकाका छोरा, खालिद बिन फैसल अल सउदलाई प्रतिस्थापित गरेका थिए। जसलाई सोही दिन मक्का प्रदेशका गभर्नरको रूपमा नियुक्ति गरिएको थियो।

भूगोल सम्पादन गर्नुहोस्

भौगोलिक रूपमा असिर क्षेत्र एक उच्च स्थानमा अवस्थित छ जुन देशको बाकी भाग भन्दा अधिक वर्षा र देशमा सबैभन्दा उच्च भुभाग रहेको प्रदेश हो। यो अब्हा नजिकै जवल सौदामा लगभग ३,००० मीटर (९,८०० फिट) सम्म उठेको छ। विवरणहरु अत्यन्तै छोटो र अविश्वसनीय भएता पनि यहाँ औसत वार्षिक वर्षा लगभग ३०० देखि ५०० ​​मिलिमिटर हुनेगरेको अनुमान छ। यहाँ दिउँसोको बेला तापक्रम ३० °सेल्सियस (८६ °फरेन्हाइट) र बिहानको समयमा यहाँको तापक्रम अत्यतै न्यून हुन्छ लगभग शुन्य डिग्री सेल्सियस सम्म पुग्दछ र बाक्लो कुहिरो लाग्ने गरेको छ। त्यसैले साउदी अरबका अरु ठाउँहरु भन्दा यहाँ उब्जनि धेरै हुने गरेको छ। यस क्षेत्रमा घना जङ्गलहरू पनि छन्।

असिर धेरै कृषहरुका लागि उत्कृष्ट ठाउँ हो। हालको समयमा सिंचाइका कारण गहुँ, तरकारी र फलफूलहरू प्रसस्त रूपमा उत्पादन हुने गरेको छ जसले यहाँका बासिन्दाहरूमा आम्दानीको स्रोत समेत बनेको छ।

अर्थतन्त्र सम्पादन गर्नुहोस्

ऐतिहासिक रूपमा असिर, कफी, गहुँ, अल्फाफा, जौ आदिको राम्रो उत्पादनको लागि चिनिन्छ। गहुँ गर्मी याममा रोपिन्छ र कालो तिल यस क्षेत्रमा ओसिलो ठाउँमा हुर्काइन्छ। यहाँका सोमाली महिलाहरूद्वरा एक बिशेश खालको परालको प्रयोग गरी गुन्द्री, टोपी र टोकरीहरू बनाइने गरिएको थियो। उनिहरूले आफू बस्नका लागि त्यही परालले झुपडी समेत बनाउने गरेका थिए।

परिषद सम्पादन गर्नुहोस्

यो क्षेत्र सोह्र जिल्ला परिषदहरूमा विभाजित छन् (२०१० जनगणनाका जनसङ्ख्या सँग):[१]):

  1. अब्हा (+३६६,५५१)
  2. Muhayil (+२२८,९७८)
  3. An-Namas (+५४,११९)
  4. Billasmar (+३४,०८०)
  5. Billahmar (+२५,७०९)
  6. Balqarn
  7. Bareq (+७४,३८१)
  8. Bishah (+२०५,३४६)
  9. Khamis Mushayt (+५१२,५९९)
  10. Rijal Alma (+६५,४०६)
  11. Zahran Al-Janub (+६३,११९)
  12. Tathlith (+५९,१८८)
  13. Sarat Abidah (+६७,१२०)
  14. Ahad Rifaydah (+११३,०४३)
  15. Al-Majardah (+१०३,५३१)
  16. Al-Harajah

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्