अन्तरिक्ष दौड

अन्तरिक्ष दौड २० औं शताब्दीमा दुई शीतयुद्ध विरोधी महाशक्तिहरू, सोभियत संघसंयुक्त राज्य अमेरिकाको बीचमा उत्कृष्ट स्पेसफ्लाइट क्षमता हासिल गर्नको लागी प्रतिस्पर्धा थियो। दोस्रो विश्वयुद्धपछि दुई राष्ट्रहरूको बीचको ब्यालिस्टिक मिसाइलमा आधारित आणविक हतियार दौडको क्रममा अन्तरिक्ष दौडको उत्पत्ति भएको थियो। स्पेसफ्लाइट उपलब्धिले प्रदर्शन गरेको प्राविधिक लाभ राष्ट्रिय सुरक्षाको लागि आवश्यकको रूपमा देखिएको थियो, र यो त्यस समयको प्रतीकवाद र विचारधाराको अंशको रुपमा बिकास भयो। अन्तरिक्ष दौडले कृत्रिम उपग्रह, चन्द्रमा, शुक्रमंगल ग्रहमा रोबोट अन्तरिक्ष अनुसन्धान यान को बिकास  र प्रक्षेपण, र मानवलाई पृथ्वीको तल्लो कक्ष र अन्त्यमा चन्द्रमासम्म पुर्यायो । [१]

अन्तर्राष्ट्रिय जियोफाजिकल इयरमा अमेरिकाले कृत्रिम उपग्रह प्रक्षेपण गर्ने आफ्नो योजना घोषणा गरेपछीको प्रतिकृयामा चार दिनपछी १९५५ अगस्ट २ मा सोभियत संघले निकट भविष्यमा उनीहरूले उपग्रह प्रक्षेपण गर्ने घोषणा गरेपछी अन्तरिक्षा दौडको प्रतिस्पर्धा सुरु भयो । सोभियत संघले सन् १९५७ मा अक्टोबर ४ मा पहिलो सफल कृत्रिम उपग्रह स्पुतनिक १ प्रक्षेपणको सफलता हासिल गर्‍यो । १९६१ अप्रिल १२ मा सोभियत संघले अन्तरिक्षमा पहिलो मानव युरी गागारिनको उडान गरायो । सोभियत संघले प्रारम्भिक केही बर्षहरूमा पृथ्वीको सबैभन्दा ठूलो परिभ्रमण लिफ्ट क्षमता, घण्टाको सट्टामा दिनमा मापन गरिने उडान अवधिहरू, पहिलो बहु-व्यक्ति क्रूड् स्पेसलाइट,र पहिलो स्पेसवाक सहितको उल्लेखनीय प्रारम्भिक नेतृत्व प्रदर्शन गर्‍यो। । [२]

जब अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीले "चन्द्रमामा मानिसलाई पुर्याउने र उसलाई पृथ्वीमा सुरक्षित फर्काउने" लक्ष्य राखेर कदम उठाए, तबा सोभियत संघ आफ्नो प्रारम्भिक नेतृत्वमा पछी पर्न थाल्यो। केनेडीको चन्द्रमामा मान्छे पुर्याउने लक्ष्य १९६९ जुलाई मा अपोलो ११ को उडान बाट हासिल भयो । [३] [४] [५] यसलाई सोभियत संघको यस अघिका सबै उपलब्ध भन्दा ठूलो उपलब्धी मानिन्छ । सोभियत संघले दुई चालक चन्द्र कार्यक्रम सञ्चालन गरेको थियो , तर अमेरिकाको अगाडि मानिसलाई चन्द्रमामा लैजान सक्ने प्रक्षेपण सवारीको विकास गर्न असफल भयो र अन्तमा पृथ्वीको कक्षीय अन्तरिक्ष स्टेशनहरूमा केन्द्रित गर्न चन्द्रमा अभियान रद्द गरियो, जबकि अमेरिकाले अरु पाँचवटा अपोलो चालक दललाई चन्द्रमामा अवतरण गर्यो। । [६]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. history.com, Space Race
  2. Siddiqi (2003a), p. 460
  3. "Apollo 11 Command and Service Module (CSM)", NASA Space Science Data Coordinated Archive, अन्तिम पहुँच नोभेम्बर २०, २०१९ 
  4. "Apollo 11 Lunar Module / EASEP", NASA Space Science Data Coordinated Archive, अन्तिम पहुँच नोभेम्बर २०, २०१९ 
  5. "Apollo 11 Mission Summary", Smithsonian Air and Space Museum 
  6. Williams, David R. (डिसेम्बर ११, २००३), "Apollo Landing Site Coordinates", NASA Space Science Data Coordinated Archive, NASA, अन्तिम पहुँच सेप्टेम्बर ७, २०१३