२२ (टेलर स्विफ्टको गीत)

"२२" अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टको गीत हो जुन उनको चौँथो स्टुडियो एल्बम रेडका लागि रेकर्ड गरिएको थियो। यो गीत स्विफ्टले मार्टिन र सेलब्याकसँगको सहकार्यमा लेखेकी थिइन्। यो गीत सन् २०१३ मार्च १२ का दिन रेड एल्बमको चौँथो एकलको रूपमा सार्वजनिक गरिएको थियो। यस गीतको शब्दले २२ वर्ष पुग्दा खेरीको खुसीलाई व्यक्त गरेको छ।

"२२"
टेलर स्विफ्टको एकल
सार्वजनिक१२ मार्च २०१३ (2013-03-12)
ढाँचा
  • सिडी एकल
  • डिजिटल डाउनलोड
किसिमपप
लम्बाई:५२
लेबलबिग मेसिन
गीतकार(हरू)
  • टेलर स्विफ्ट
  • म्याक्स मार्टिन
  • सेलब्याक
रेकर्ड निर्माता(हरू)
  • म्याक्स मार्टिन
  • सेलब्याक
टेलर स्विफ्ट एकल कालक्रम
"आई न्यु यु वेर ट्रबल"
(२०१२)
"२२"
(२०१३)
"हाइवे डण्ट केयर"
(२०१३)
साङ्गीतिक भिडियो
"२२" युट्युबमा हेर्नुहोस्

यस गीत अमेरिकी बिलबोर्ड हट १००को शीर्ष २० मा समावेश भएको थियो जसका कारण रेड साङ्गीतिक सङ्गालोको यो गीत शीर्ष २० मा पर्ने छैटौँ गीत बन्न सफल भएको थियो।

पृष्ठभूमि र सार्वजनिक सम्पादन गर्नुहोस्

सन् २०१० मा स्विफ्टको स्पिक नाउ नामक तेस्रो साङ्गीतिक सङ्गालो सार्वजनिक भएको थियो[१] जसमा समावेश सबै गीतहरू स्विफ्ट एक्लैले लेखेकी थिइन् तर "रेड"का लागि स्विफ्टले विभिन्न गीतकार तथा सङ्गीतकारहरूसँग सहकार्य गर्ने निर्णय गरेकी थिइन् जसका कारण स्विफ्टले उनको साङ्गीतिक सङ्गालोमा काम गर्नका लागि दुई गीतकार र सङ्गीतकार म्याक्स मार्टिन र सेलब्याकलाई बोलाएकी थिइन्। बिलबोर्ड पत्रिकासँगको एक अन्तर्वार्तामा उनले भनेनि," "मेरो लागि २२ वर्षको उमेर मेरो जीवनको सबैभन्दा मनपर्दो वर्ष भएको छ"। [२]

यस गीतले आधिकारिक रूपमा अमेरिकी समकालीन हिट रेडियोलाई प्रभाव पार्ने निश्चित भएको थियो। [३] एक विशेष सीमित संस्करण व्यक्तिगत रूपमा गन्ती गरिएको सीडी एकल १३ मार्च २०१३ मा स्विफ्टको आधिकारिक स्टोरमा विशेष रूपमा सार्वजनिक गरिएको थियो भने सोही दिन यस गीतको साङ्गीतिक श्रव्य दृश्य पनि सार्वजनिक गरिएको थियो।[४][५]

पुरस्कार सम्पादन गर्नुहोस्

वर्ष संस्था पुरस्कार/कार्य नतिजा सन्दर्भ
२०१३ नियोक्स फ्यान पुरस्कार वर्षको उत्कृष्ट गीत मनोनित [६]
२०१४ द भि चार्ट पुरस्कर उत्कृष्ट सङ्गीत श्रव्य दृश्य विजयी [६]
२०१५ बिएमआई पुरस्कार पुरस्कार विजेता गीत विजयी [७]
वर्षको उत्कृष्ट प्रकाशक विजयी

संरचना र सङ्गीत सम्पादन गर्नुहोस्

२२ एक पप गीत हो जुन ३ मिनेट ५२ सेकेण्ड लामो छ।[८] यस गीत स्विफ्टले म्याक्स मार्टिन र सेलब्याकको साथमा लेखेकी थिइन् जसले त्यसपछि "वि आर नेभर एभर गेटिङ ब्याक टुगेदर" र "आई न्यु यु ओर ट्रबल" नामक दुई बहुचर्चित गीत लेखेका थिए।[९][१०] यस गीतको आनन्द र २२ वर्षको भएको खुशीको वर्णन गर्दछ।[११]

साङ्गीतिक श्रव्य दृश्य सम्पादन गर्नुहोस्

"२२" गीतको लागि सङ्गीत श्रव्य दृश्य फेब्रुअरी २०१३ मा कैद गरिएको थियो भने मार्च २०१३ मा यसलाई पहिलोपटक सार्वजनिक गरिएको थियो। यस गीतको आधिकारिक सङ्गीत श्रव्य दृश्य एन्थोनी मेण्डलर द्वारा निर्देशित गरिएको थियो जसले स्विफ्टसँग दृश्यको अवधारणा विकास गरेका थिए भने उनले यसअघि स्विफ्टको "आई न्यु यु वेर ट्रबल" गीतको सङ्गीत श्रव्द दृश्यमा पनि निर्देशनको काम गरेका थिए। यस गीतको श्रव्य दृश्य ४:३ को अनुपातमा खिचिएको छ जसको शुरूवातमा स्विफ्ट साथीहरूसँग देखिन्छिन्। सन् २०१९ मे का अनुसार यस गीतलाई युट्युबमा ५१० मिलियन दर्शकहरूले हेरेका छन्।[१२]

प्रत्यक्ष प्रस्तुति सम्पादन गर्नुहोस्

स्विफ्टले पहिलोपटक सन् २०१२ अगष्ट १३ का दिन यस गीतको प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्।[१३] स्विफ्टले सन् २०१३ फेब्रुअरी २२ का फ्रान्समा कस्मिक रिफसलमा प्रत्यक्ष प्रस्तुत दिएकी थिइन् जुन अफ.टिभीले प्रत्यक्ष देखाएको थियो। स्विफ्टले यस गीतको प्रत्यक्ष प्रस्तुति उनको तेस्रो साङ्गीतिक भ्रमणका बेला सन् २०१३ मे १९ का दिन बिलबोर्ड सङ्गीत पुरस्कारको समारोहमा दिएकी थिइन्।[१४] यस गीतलाई स्विफ्टले उनको छैटौँ एल्बम रेपुटेसनको विश्व भ्रमणका बेला सिकागो, इलिनोइ, म्यासाच्युसेन र अष्ट्रेलियाको सिड्नीमा पनि प्रत्यक्ष प्रस्तुत दिएकी थिइन्।

साङ्गीतिक तालिका प्रस्तुति सम्पादन गर्नुहोस्

रेड साङ्गीतिक सङ्गालोका अन्य गीतहरू जस्तै यस गीतको सार्वजनिक पछि थुप्रैपटक डिजिटल बिक्रीको कारण विभिन्न देशहरूमा सङ्गीत तालिकामा यो गीत पर्न सफल भएको थियो।[१५][१६] "२२" गीत संयुक्त राज्य बिलबोर्ड हट १००को सङ्गीत तालिकामा ४४अौँ स्थानमा तालिका पर्दापण गरेको थियो र यो गीत बिलबोर्ड हट डिजिटल सङको तालिकामा शीर्ष ७ मा पर्न सफल भएको थियो भने तात्कालिक समयमा यस गीतका १०८००० प्रतिलिपीहरू बिक्री भएका थिए।[१७] सन् २०१३ जनवरी १२ का दिन यो गीतले पछि हट १०० को तालिकामा ८४अौँ स्थान आउँदै पुन तालिकामा प्रवेश गरेको थियो। यस गीतलाई पुन एकल गीतको रूपमा सार्वजनिक गरेपछि यो गीत ६४अौँ स्थानमा पर्न सफल भएको थियो।[१८][१९] यस गीत क्यानडाको बिलबोर्ड क्यानडेली हट १०० मा शीर्ष २९ मा पर्न सफल भयो भने पछि यो गीत २० अौँ स्थान सम्म उकालो चडेको थियो।[२०] यो गीत संयुक्त अधिराज्य सङ्गीत तालिकामा ७अौँ स्थान सम्म आएको थियो। सन् २०१४ सम्म यस गीतका २० लाख प्रतिलिपीहरू बिक्री भएका थिए। सन् २०१७ नोभेम्बर सम्मको तथ्याङ्क अनुसार संयुक्त राज्य अमेरिकामा यस गीतका २३ लाख प्रतिलिपीहरू बिक्री भएका थिए।[२१]

तालिका सम्पादन गर्नुहोस्

साप्ताहिक तालिका सम्पादन गर्नुहोस्

तालिका (सन् २०१३) शीर्ष
स्थान
  अस्ट्रेलिया (एरिया तालिका)[२२] २१
  बेल्जियम (अल्ट्राटिप भ्लान्दरेन)[२३]
  बेल्जियम (अल्ट्राटिप वलोनिया)[२४] २८
  ब्राजिल (बिलबोर्ड ब्राजिल हट १००)[२५] 97
  ब्राजिल (बिलबोर्ड ब्राजिल)[२५] 28
  क्यानडा (क्यानडेली हट १००)[२६] २०
  क्यानडा (क्यानडा सिएचआर/शीर्ष ४०)[२७] १६
  क्यानडा (क्यानडा हट एसी)[२८] ११
  चेक गणतन्त्र (रेडियो शीर्ष १००)[२९] १००
  फ्रान्स (एसएनइपी)[३०] १५५
  आयरल्यान्ड (आयरल्यान्डेेेली एकल तालिका)[३१] १२
  इजरायल (मिडिया फरेस्ट)[३२]
  लेबनान (लेबनान टप २०)[३३] 14
  न्युजिल्यान्ड (रेकर्डेड म्युजिक एनजेट)[३४] २३
  स्कटल्यान्ड (आधिकारिक साङ्गीतिक तालिका कम्पनी)[३५]
  स्लोभाकिया (रेडियो शीर्ष १००)[३६] ३६
  दक्षिण अफ्रिका (इएमए)[३७]
 युके एकल चार्ट (आधिकारिक चार्ट कम्पनी)[३८]
  संयुक्त राज्य अमेरिका बिलबोर्ड हट १००[३९] २०
  संयुक्त राज्य अमेरिका वयस्क समकालीन (बिलबोर्ड)[४०] १९
  संयुक्त राज्य अमेरिका एडल्ट टप ४० (बिलबोर्ड)[४१]
  संयुक्त राज्य अमेरिका मेनस्ट्रिम टप ४० (बिलबोर्ड)[४२] १२

वर्ष-समाप्ति तालिका सम्पादन गर्नुहोस्

तालिका (सन् २०१३) स्थान
  (क्यानडेली हट १००)[४३] ७८
  (संयुक्त अधिराज्य एकल चार्ट)[४४] ७६
  बिलबोर्ड हट १००[४५] ७१
  वयस्क उत्कृष्ट ४० (बिलबोर्ड)[४६] ४८

सार्वजनिक इतिहास सम्पादन गर्नुहोस्

देश मिति ढाँचा लेबल
  संयुक्त राज्य अमेरिका २६ नोभेम्बर २०१२ समकालीन हिट रेडियो बिग मेसिन रेकर्ड्स
२७ नोभेम्बर २०१२[४७][४८] सिडी एकल
  संयुक्त अधिराज्य ३१ मार्च २०१३ समकालीम्ह हिट रेडियो

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Gallo, Phil (अक्टोबर १९, २०१२), "Taylor Swift Q&A: The Risks of 'Red' and The Joys of Being 22", Billboard, अन्तिम पहुँच अप्रिल २८, २०१३ 
  2. "Top 40/M Future Releases (March 5, 2013)", All Access Music Group, मूलबाट फेब्रुअरी २१, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २१, २०१३ 
  3. "Singles Release Diary", Digital Spy, मूलबाट अप्रिल ३०, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २८, २०१३ 
  4. "Taylor Swift LIMITED EDITION "22" Single CD", TaylorSwift.com, मूलबाट मार्च १३, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १३, २०१३ 
  5. "LIMITED EDITION "22" Single Package", TaylorSwift.com, मूलबाट मार्च १३, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १३, २०१३ 
  6. ६.० ६.१ "Neox Fan Awards 2013: Temazo del a帽o", Antena3 (Spanishमा), अगस्ट १०, २०१४, मूलबाट अक्टोबर ९, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २५, २०१५ 
  7. "P!nk Receives President’s Award at 63rd Annual BMI Pop Awards", Broadcast Music, Inc., मे १३, २०१५, मूलबाट अप्रिल ८, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच मे ११, २०१६ 
  8. Lansky, Sam (फेब्रुअरी ६, २०१३), "Taylor Swift Announces "22" As Next ‘Red’ Single", Idolator, Buzz Media, अन्तिम पहुँच फेब्रुअरी १८, २०१३ 
  9. "Digital sheet music - Taylor Swift - 22", Musicnotes.com, Alfred Publishing, नोभेम्बर २९, २०१२, अन्तिम पहुँच मार्च २८, २०१३ 
  10. "BPM for '22' by taylor swift", songbpm.com, अन्तिम पहुँच अप्रिल २८, २०१३ 
  11. "Song Reviews For Taylor Swift’s "Red"", अक्टोबर २९, २०१२, अन्तिम पहुँच जनवरी २९, २०१४ 
  12. "TAYLOR TO PREMIERE VIDEO FOR "22" THIS WEDNESDAY", Taylor Swift, मूलबाट २०१३-०३-१५-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १२, २०१३ 
  13. Acuna, Kristen (मे २०, २०१३), "Taylor Swift's Brilliant '22' Billboard Music Awards Performance", San Francisco Chronicle, अन्तिम पहुँच मे २०, २०१३ 
  14. Iasimone, Ashley, "All the Surprise Songs Taylor Swift Has Performed On Her Reputation Stadium Tour B-Stage (So Far)", Billboard, अन्तिम पहुँच १९ डिसेम्बर २०१८ 
  15. Caulfield, Keith (नोभेम्बर ३, २०१०), "Taylor Swift Sells Over 1 Million in Record Billboard 200 Debut", Billboard (Nielsen Business Media, Inc), अन्तिम पहुँच नोभेम्बर ३, २०१० 
  16. Grein, Paul (अक्टोबर ३१, २०१२), "Week Ending Oct. 28, 2012. Songs: Chris Brown’s Comeback", Yahoo! Music, Yahoo!, अन्तिम पहुँच जनवरी २५, २०१३ 
  17. "Hot 100 – Week of January 12, 2013 (Biggest Jump)", Billboard, Prometheus Global Media, अन्तिम पहुँच जनवरी २५, २०१३ 
  18. Zywietz, Tobias, "Chart Log UK: New Entries Update – 3.11.2012 (Week 43)", zobbel.de, Tobias Zywietz, अन्तिम पहुँच नोभेम्बर ५, २०१२ 
  19. Williams, John (नोभेम्बर ३, २०१०), "Taylor Swift shakes up charts", JAM! Music (Canoe.ca), अन्तिम पहुँच नोभेम्बर ४, २०१० 
  20. Trust, Gary (नोभेम्बर ११, २०१४), "Ask Billboard: All-Taylor Swift Edition", Billboard, Prometheus Global Media, अन्तिम पहुँच नोभेम्बर ११, २०१४ 
  21. Trust, Gary (नोभेम्बर २६, २०१७), "Ask Billboard: Taylor Swift's Career Album & Song Sales", अन्तिम पहुँच नोभेम्बर २६, २०१७ 
  22. "Australian-charts.com – Taylor Swift – 22" एरिया शीर्ष ५० एकल अन्तिम पहुँच मिति- February 16, 2013.
  23. "Ultratop.be – Taylor Swift – 22" (नेदरल्यान्डेेेेेली भाषामा) अल्ट्राटिप
  24. "Ultratop.be – Taylor Swift – 22" (फ्रान्सेलीमा). Ultratip.
  25. २५.० २५.१ BPP, सम्पादक (सेप्टेम्बर २०१३), "Billboard Brasil Hot 100 Airplay", Billboard Brasil (44): ८८। 
  26. "Taylor Swift – चार्ट इतिहास" क्यानडेली हट १०० Taylor Swift. अन्तिम पहुँच मिति October 30, 2012.
  27. "Taylor Swift – चार्ट इतिहास" बिलबोर्ड क्यानडा Taylor Swift. अन्तिम पहुँच मिति November 24, 2013.
  28. "Taylor Swift – चार्ट इतिहास" बिलबोर्ड क्यानडा हट एसी Taylor Swift. अन्तिम पहुँच मिति November 24, 2013.
  29. "ČNS IFPI" (in Czech). Hitparáda – Radio Top 100 Oficiální. IFPI Czech Republic. Note: insert 201322 into search.
  30. "Lescharts.com – Taylor Swift – 22" (फ्रान्सेलीमा) Les classement single.
  31. "Chart Track: Week 14, 2013". Irish Singles Chart. अन्तिम पहुँच मिति February 15, 2013.
  32. "Taylor Swift – 22 मिडिया फरेस्ट". इजरायल टप चार्ट (मिडिया फरेस्ट) अन्तिम पहुँच मिति 2013-28-04.
  33. http://www.olt20.com/Taylor_Swift#fragment-2&panel1-2
  34. "Charts.org.nz – Taylor Swift – 22" शीर्ष ४० एकल अन्तिम पहुँच मिति February 18, 2013.
  35. "Archive Chart: April 20, 2013" स्कटिस सिङ्गल टप ४०
  36. "SNS IFPI" (स्लोभाकमा) – (रेडियो शीर्ष १००) आइएफपिआई चेक गणतन्त्र Note: insert 201318 into search.
  37. "इएमए शीर्ष १० एयरप्ले: 2013-05-21". इन्टेरटेन्मेन्ट मनिटरिङ अफ्रिका अन्तिम पहुँच मिति April 25, 2014.
  38. "19, 2012/ Archive Chart: January 19, 2012" बेलायती एकल तालिका अन्तिम पहुँच मिति March 24, 2013.
  39. "Taylor Swift – चार्ट इतिहास" बिलबोर्ड हट १०० for Taylor Swift. अन्तिम पहुँच मिति October 31, 2012.
  40. "Taylor Swift – चार्ट इतिहास" Billboard Adult Contemporary for Taylor Swift. अन्तिम पहुँच मिति June 13, 2013.
  41. "Taylor Swift – चार्ट इतिहास" Billboard Adult Pop Songs for Taylor Swift. अन्तिम पहुँच मिति May 25, 2013.
  42. "Taylor Swift – चार्ट इतिहास" Billboard Pop Songs for Taylor Swift. अन्तिम पहुँच मिति April 27, 2013.
  43. "Best of 2013: Canadian Hot 100", Prometheus Gobal Media, अन्तिम पहुँच डिसेम्बर १३, २०१३ 
  44. "End of Year Singles Chart Top 100 – 2013", Official Charts Company, अन्तिम पहुँच अगस्ट ३०, २०१९ 
  45. "Best of 2013 – Hot 100 Songs", Billboard.com, अन्तिम पहुँच २०१३-१२-१३ 
  46. "Adult Pop Songs Year End 2015", Billboard, अन्तिम पहुँच अगस्ट ३०, २०१९ 
  47. "Taylor Swift LIMITED EDITION "22" Single CD", TaylorSwift.com, मूलबाट मार्च १३, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १३, २०१३  वेब्याक मेसिन अभिलेखिकरण मार्च १९, २०१३ मिति
  48. "LIMITED EDITION "22" Single Package", TaylorSwift.com, मूलबाट मार्च १३, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १३, २०१३  वेब्याक मेसिन अभिलेखिकरण मार्च १६, २०१३ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्