नेपालमा २०५१ कार्तिक २९ मा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको थियो। अघिल्लो नेपाली काङ्ग्रेसको सरकार ढलेपछि, राजा वीरेन्द्रले नयाँ चुनावको घोषणा गरेपछि चुनाव भएको थियो। नतिजामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादीले प्रतिनिधि सभामा सबैभन्दा बढी सिट जितेको थियो भने नेता मनमोहन अधिकारी अल्पमतिय सरकारको प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

आम निर्वाचन २०५१

← २०४८ २०५१ कात्तिक २९ २०५६ →
कुल मतदान६१.८६%[]
  पहिलो दल दोस्रो दल तेस्रो दल
 
नेता मनमोहन अधिकारी गिरिजाप्रसाद कोइराला सूर्यबहादुर थापा
दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) नेपाली काङ्ग्रेस राप्रपा
नेताको सिट काठमाडौँ ३
काठमाडौँ १ (खाली)
मोरङ १
सुनसरी ५ (खाली)
धनकुटा २
सर्लाही (पराजित)
अघिल्लो निर्वाचन ६९ ११०
प्राप्त सिट ८८ ८३ २०
सिट परिवर्तन वृद्धि १९ ह्रास २७ वृद्धि १६
जम्मा मत २,३५२,६०१ २,५४५,२८७ १,३६७,१४८
प्रतिशत ३०.८५ ३३.३८ १७.९३
उछाल वृद्धि २.८७ ह्रास ४.३७ वृद्धि ५.९९

अघिल्लो निर्वाचनमा निर्वाचित प्रम

गिरिजाप्रसाद कोइराला
नेपाली काङ्ग्रेस

निर्वाचित प्रम

मनमोहन अधिकारी
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)

निर्वाचनको नतिजा

सम्पादन गर्नुहोस्

परिणामस्वरूप नेपाली काङ्ग्रेस पार्टीले संसदमा आफ्नो बहुमत गुमाएको थियो र नेकपा एमाले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेको थियो। [] तथापि कुनै पनि दलले बहुमतका लागि आवश्यक १०३ सिट आफैँले जितेका थिएनन्।[] राजतन्त्र समर्थक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले अघिल्लो चुनावमा आफूले जितेको ४ बाट २० सिट प्राप्त गरी उल्लेखनीय उपलब्धि हासिल गरेको थियो।[] आम निर्वाचन २०४८मा भएको अघिल्लो चुनावमा मतदान गरेका ६०% बाट मतदाताहरूको मतदान ५८% ले घटेको थियो।[]

 
राजनीतिक दल नेता उम्मेदवार मत सिट
संख्या +− % संख्या +−
नेपाली कांग्रेस गिरिजाप्रसाद कोइराला २०५ २५,४५,२८७ ३३.३८  ४.३७ ८३  २७
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) मनमोहन अधिकारी १९६ २३,५२,६०१ ३०.८५  २.८७ ८८  १९
राष्ट्रिय प्रजातन्त्र पार्टी सूर्यबहादुर थापा २०२ १३,६७,१४८ १७.९३  ५.९९ २०  १६
नेपाल सद्भावना पार्टी गजेन्द्रनारायण सिंह ८६ २,६५,८४७ ३.४९  ०.६१  
संयुक्त जनामोर्चा नेपाल निर्मल लामा ४९ १,००२८५ १.३२  ३.५१  
राष्ट्रीय जनमुक्ति पार्टी गोरेबहादुर खपाङ्गी ८२ ७९,९९६ १.०५    
नेपाल मजदुर किसान पार्टी नारायणमान बिजुक्छे २७ ७५,०७२ ०.९८  ०.२७  
नेपाल जनवादी मोर्चा राजारामप्रसाद सिंह ४१ ३२,७३२ ०.४३  
नेकपा (मार्क्सवादी) ४९ २९,५७१ ०.३९    
नेकपा (संयुक्त) विष्णुबहादुर मानन्धर ३४ २९,२७३ ०.३८    
नेपाली काङ्ग्रेस (विशेश्वर) पार्टी १० १२,५७१ ०.१६    
राष्ट्रिय जनता परिषद् २८ ८,९३१ ०.१३    
जनवादी मोर्चा (नेपाल) ३,६८१ ०.०५  ०.०३  
प्रजातान्त्रिक लोक दल १० ३,०८२ ०.०४    
नेपाल प्रजा परिषद् १,८३२ ०.०२    
राष्ट्रिय जनता पार्टी १.५२५ ०.०२  ०.०४  
नेपाली काङ्ग्रेस (वि.पि) ८४० ०.०१    
नेपाली काङ्ग्रेस (सुवर्ण) ४८४ ०.०१    
जनता दल (समाजवादी प्रजातान्त्रिक) केशरजङ्ग रायमाझी ४०४ ०.०१  ०.०७  
संयुक्त प्रजातन्त्र पार्टी २१८ ०.००    
नेपाल जनहित पार्टी १५६ ०.००    
मूल नेपाली काँग्रेस ५३ ०.००    
उदारवादी प्रजातान्त्रिक पार्टी १८ ०.००    
स्वतन्त्र ३८५ ४,७१,३२४ ६.१८  २.०१  
बदर मत २,४१,०७१ ३.१६  १.२६
जम्मा १,४३३ ७६,२५,३४८ १०० २०५

निर्वाचन पछि नेकपाले संसदमा मनमोहन अधिकारीलाई संसदीय दलको नेता रूपमा चयन गरेको थियो र उनले अल्पमतको सरकार बनाउने प्रयास गरेेेेका थिए।[] राजा वीरेन्द्रले कम्युनिष्ट र नेपाली काङ्ग्रेस दुवै पार्टीलाई सरकार बनाउन किन दिनुपर्छ भनेर बुझाउन आग्रह गरेका थिए र त्यसपछि उनले कसलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्छ भन्ने विषयमा निर्णय गरेेेेका थिए।[] नेपाली काङ्ग्रेसले सत्तामा रहन प्रयास गर्नका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका साना दलहरूसँग सम्झौता गर्ने प्रयास गरेको थियो।[] तथापि उक्त प्रयास असफल भएको थियो र अधिकारी अल्पसङ्ख्यक कम्युनिष्ट सरकारको प्रमुखमा नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका थिए[] जहाँ नेपाल कम्युनिस्ट पार्टी विश्वको संवैधानिक राजतन्त्रमा पहिलो निर्वाचित साम्यवादी सरकार बनेको थियो र प्रजातान्त्रिक ढङ्गले सत्तामा आउने दक्षिण एसियाको पहिलो साम्यवादी सरकार गठन गर्न समेत सफल भएको थियो।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Previous Election Facts and Figures", २००८-१०-२१, मूलबाट २१ अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०१-०४ 
  2. "Communists win", द गार्डियन, २३ नोभेम्बर १९९४। 
  3. Burns, John F. (२४ नोभेम्बर १९९४), "Communists Plan to Form Government in Nepal", द न्युयोर्क टाइम्स, अन्तिम पहुँच २२ मे २००९ 
  4. ४.० ४.१ Thomas, Christopher (२६ नोभेम्बर १९९४), "Nepal in chaos after Communist 'victory'", द न्युयोर्क टाइम्स 
  5. उद्दरण त्रुटी: अवैध <ref>चिनो; royal नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  6. "Nepal victors choose leader", द गार्डियन, २४ नोभेम्बर १९९४। 
  7. Rettie, John (२ डिसेम्बर १९९४), "Communist poll winners take office in Nepal", द गार्डियन 
  8. "मनमोहन नेतृत्वको सरकारले गरेका उदाहरणीय काम अघि बढाउँछौँ : प्रधानमन्त्री"नयाँ पत्रिका (नेपाली) भाषा)। सङ्ग्रह मिति २६ मे २०२१ 
  9. "दक्षिण एसियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन" (नेपाली) भाषा)। अनलाइन खबर। सङ्ग्रह मिति २६ मे २०२१ 

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्