हरिहाँस एक सानो हाँस हो जुन दक्षिण-पूर्व एसिया र पूर्वमा क्विन्सल्यान्डसम्म पाइन्छ। यस प्रजातिको हाँस संसारको सबैभन्दा सानो जलपन्छीहरूमध्ये एक हो जुन राम्रो जलीय वनस्पतिभएका सानादेखि ठूला जलाशयहरूमा पाइन्छन्। यो प्राय: जोडी वा जोडाहरूको ठूलो समूहमा देखा पर्दछ भने यसले पानी नजिकैका रूखहरूमा बास बस्छ र गुँड बनाउँदछन्। यो मुख्यतया तराई क्षेत्रमा पाइन्छन् र बसाइँसराइको मौसममा नेपालको सबैभन्दा ठूलो ताल रारा तालवरपर कहिलेकाहीँ देखिने गरेका छन्।[२]

हरिहाँस
हरिहाँसको भाले (पछाडि) र पोथी
वैज्ञानिक वर्गीकरण edit
Kingdom: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Anseriformes
परिवार: Anatidae
वंश: Pygmy goose
(Gmelin, JF, 1789)
प्रजाति:
N. coromandelianus
वैज्ञानिक नाम
Nettapus coromandelianus
(Gmelin, JF, 1789)
उपप्रजातीहरू
  • N. c. coromandelianus
  • N. c. albipennis Gould, 1842
क्षेत्र
  हरिहाँस (N. c. coromandelianus)
  हरिहाँस (N. c. albipennisauritus)
  African pygmy goose
  Green pygmy goose

विवरण सम्पादन गर्नुहोस्

यस प्रजातिका साना हाँस पृथ्वीको सबैभन्दा सानो जलपन्छी हुन्, जसको तौल १६० ग्राम र २६ सेन्टिमिटर (१० इन्च) हुन्छ। अन्य हाँसको जस्तै यसको ठुँड छोटो र गहिरो हुन्छ। भालेको निधार र प्वाँख गाढा खैरो हुन्छ र घाँटीको फेदमा कालो हरियो र चौडा हुन्छ। टाउको र घाँटीको छेउ सेतो हुन्छ। पछाडि, पखेटा आवरण र काँध हरियो र बैजनी चमकको साथ गाढा खैरो हुन्छन्।[३]

वितरण र बासस्थान सम्पादन गर्नुहोस्

 
एक पोथी हरिहाँँस (थाइल्यान्ड)

यो प्रजाति एसियाभरि व्यापक रूपमा फाइन्छ। यसको वितरण अस्ट्रेलियासम्म फैलिएको छ। वर्षा र पानीको उपलब्धताको प्रतिक्रियामा यसले बसाइँसराइ गर्दछ। केही जनसङ्ख्या गर्मीमा अझ बढी छरपस्ट हुन्छन् (उदाहरणका लागि अफगानिस्तानमा मौसमी रूपमा मात्र पाइन्छन्)। यसको शीतकालीन बसाइँसराइ पनि व्यापक हुन्छ। यो पश्चिममा साउदी अरब[४] , र जोर्डन[५]सम्म पाइन्छ भने नियमित रूपमा माल्दिभ्स र अण्डमानजस्ता क्षेत्रका टापुहरूमा पनि पाउन सकिन्छ।[६] यस प्रजाथि उब्जने वनस्पतिहरू भएको क्षेत्र वा विशेष गरी ताल र पोखरीहरूमा पाइन्छन्। यो दक्षिण एसियाका स-साना गाउँका पोखरीहरूमा पनि पाइन्छन्।[७] अस्ट्रेलियामा यिनीहरू मुख्यतया तालहरूमा पाइन्छन्। हरिहाँस रूखहरूमा पनि बास गर्दछन्।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. BirdLife International (२०१६), "Nettapus coromandelianus", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T२२६८००९०A९२८४२४२७, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22680090A92842427.en, अन्तिम पहुँच १२ नोभेम्बर २०२१ 
  2. "Cotton Pygmy Goose: The Delicate Aquatic Gem", नेपाल डेस्क (नेपालीमा), अन्तिम पहुँच २५ माघ २०८० 
  3. Rasmussen, P.C.; Anderton, J.C. (२००५), Birds of South Asia: They Ripley Guide. Volume 2, Smithsonian Institution and Lynx Edicions, पृ: ७३। 
  4. Seton-Browne, C.; Harrison, Jeffery (१९६७), "Observations on wild-fowl on the Batinah Coast, Muscat and Oman, south-east Arabia 1962-1967", Bulletin of the British Ornithologists' Club 87 
  5. Bashford, Richard (१९९७), "The first Cotton Teal Nettapus coromandelianus in Jordan", Sandgrouse 19 (2): 142–243। 
  6. Phillips, W W A (१९६४), "The Birds of the Maldive Islands, Indian Ocean", Journal of the Bombay Natural History Society 60: 546–584। 
  7. Johnsgard, Paul A. (२०१०), "Ducks, Geese, and Swans of the World", Ducks, Geese, and Swans of the World: 154–156। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्