स्पोटिफाई
स्पोटिफाई टेक्नोलोजी एसए, (स्वीडेनी: Spotify Technology S.A.), (अनुवादित: स्पोटिफाई प्रविधि निगम), एक स्विडेनी सङ्गीत प्रवाह सेवा प्रदायक कम्पनी हो। यसलाई कानूनी रूपमा लुक्सेम्बुर्गमा दर्ता गरिएको थियो र यसको प्रधान कार्यालय स्विडेनको राजधानी स्टकहोममा अवस्थित छ।
![]() | |
पर्दा चित्रण ![]() आइओएसमा चलिरहेको स्पोटिफाईको पर्दाचित्रण | |
व्यवसायको प्रकार | निगम |
---|---|
संस्थापित | २३ अप्रिल २००६ |
मुख्यालयहरू | कानुनी: लुक्सेमबुर्ग सहर, लुम्सेमबुर्ग सञ्चालन: स्टकहोम, स्विडेन, न्यु योर्क सहर, संयुक्त राज्य अमेरिका (संयुक्त)[१] |
उद्गम देश | स्विडेन |
स्थानहरूको सङ्ख्या | |
संस्थापक (हरू) |
|
मुख्य व्यक्तिहरू | दनियल इयक (कार्यकारी, अध्यक्ष) पल भोगल (वित्तीय अधिकारी) |
उद्योग | सङ्गीत प्रवाह, मागमा श्रव्य सेवा |
आय | ![]() |
खुद आम्दानी | ![]() |
कर्मचारीहरू | ३,६५१ (३१ डिसेम्बर २०१८)[४] |
सहायक कम्पनी(हरू) | थङ्सिन सङ्गीत (४६.६%) |
युआरएल | spotify |
अलेक्सा क्रम | ![]() |
दर्ता | आवश्यक |
प्रयोगकर्ताहरू | २८.६ करोड (१३ करोड भुक्तान सदस्य) |
चालु भएको मिति | ७ अक्टोबर २००८ |
सन् २००६ मा स्थापित, कम्पनीले मुख्य रूपमा श्रव्य प्रवाह मञ्चको प्रस्ताव गर्दछ। स्पोटिफाईले अङ्कीय अधिकार व्यवस्थापन प्रतिबन्धित सङ्गीत र पोडकास्ट, रेकर्ड लेबल र सञ्चार कम्पनीहरू मार्फत प्रस्ताव गर्दछ। भुक्तान सेवाको रूपमा, आधारभूत सुविधाहरू विज्ञापन रहितका स्वचालित साङ्गीतिक श्रव्य दृश्य सित्तैमा उपयोग गर्न सकिन्छ। अतिरिक्त सुविधाहरू जस्तै अफलाइन र भुक्तान रहित श्रवण, भुक्तान सदस्यताका माध्यमबाट प्रस्तुत गरिन्छ।
अक्टोबर २००८ मा सुरू गरिएको यस सेवाले ५ करोड श्रव्यहरूमा पहुँच प्रदान गर्दछ। प्रयोगकर्ता, कलाकार, गिती सङ्ग्रह जस्ता विधाहरू रूपरेखाद्वारा हेर्न सकिन्छ। प्रयोगकर्ताहरूले यसमा नयाँ श्रव्य उर्ध्वभरण गर्न, सम्पादन गर्न, र प्रवाह सूची साझेदारी गर्न सक्दछन्। स्पोटिफाई युरोप र अमेरिका, अस्ट्रेलिया, न्यूजील्यान्ड, अफ्रिका र एसियाको केही भागहरूमा विन्डोज, म्याक, र लिनक्स, आइओएस, र एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेटहरू सहित प्राय: आधुनिक उपकरणहरूको साथ उपलब्ध छ। फेब्रुअरी २०१८ देखि यो न्यु योर्क सेयर बजारमा सूचीबद्ध छ। अप्रिल २०२० सम्ममा, कम्पनीसँग २८.६ करोड मासिक सक्रिय प्रयोगकर्ता रहेका थिए, जस मध्ये १३ करोड भुक्तान गर्ने सदस्यहरू समावेश छन्।
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ १.० १.१ "Om oss", www.spotify.com, Spotify AB, १२ जुलाई २०१८, अन्तिम पहुँच १२ जुलाई २०१८।
- ↑ "Aktieägarbrev Q4 2019", investors.spotify.com।
- ↑ "Aktieägarbrev Q4 2019", investors.spotify.com।
- ↑ "Årsredovisning 2018", investors.spotify.com (स्विडेनीमा)।
- ↑ "अलेक्सा – स्पोटिफाईको प्रतिस्पर्धी विश्लेषण, जनशाङ्खिकि र यातायात", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच १० अप्रिल २०२०।