ढोल मृदङ्गका छाँटको ठूलो तालबाजा हो । देख्नमा यो मादलजस्तो हुन्छ । दुवैतिरको व्यास बराबर आकारको हुन्छ । यसको एकातर्फ गजोले र अर्कातर्फ हातले हिर्काएर बजाइन्छ । ढोल साना-ठूला विभिन्न आकारका हुन्छन् । यसलाई विभिन्न जातजातिले आफ्नै नाम, ताल र बोलहरूमा प्रयोग गर्ने गरेको पाइन्छ।

ढोल
अन्य नामहरूਢੋਲ, ڈھول, ઢોલ, ढोल
वर्गीकरण Membranophone
सम्बन्धित वाद्ययन्त्रहरू
ढोलक, नगरा
थप लेखहरू वा जानकारी
भाङ्डा, पञ्जावी संगीत, बिहू नृत्य

ढोल (अर्मेनियाली: Դհոլ; उच्चारण "डुह्-होल") आर्मेनियाबाट विकसित भएको विश्वास गरिन्छ। बेलनाकार काठको ढुंग्रोमा बाख्राको छालाले टालेर एकतिर तिखो ध्वनी र अर्को तिर भद्दा ध्वनी निस्कने गरी बनाइने यो बाजा पञ्जाबी संस्कृतिमा निकै प्रख्यात छ।

"https://ne.wikipedia.org/w/index.php?title=ढोल&oldid=1106578" बाट अनुप्रेषित