सिम्रौनगढ नगरपालिका
सिम्रौनगढ नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत नारायणी अञ्चलमा पर्ने बारा जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३]
सिम्रौनगढ नगरपालिका | |
---|---|
देश | नेपाल |
विकास क्षेत्र | मध्यमाञ्चल |
अञ्चल | नारायणी अञ्चल |
जिल्ला | बारा जिल्ला |
स्थापना | २०७१ मंसिर १७ |
सरकार | |
• मेयर | विजय शँकर यादव |
• उप मेयर | रीमा देवी |
क्षेत्रफल | |
• जम्मा | २०.२ किमी२ (७.८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २४,६१५ |
• घनत्व | १२००/किमी२ (३२००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-५३ |
वेबसाइट | www.simraungadhmun.gov.np |
परिचय
सम्पादन गर्नुहोस्स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा बारामा गोलागञ्ज, अमृतगञ्ज, हरिहरपुर र उचिडिह गाउँ विकास समितिहरू लाई समेटेर सिम्रौनगढ नगरपालिका घोषणा गरिएको हो।[३][४] सिम्रौनगढ नगरपालिकाको केन्द्रभने साविकको सिम्रौनगढ बजार रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]
जनसङ्ख्या
सम्पादन गर्नुहोस्सिम्रौनगढ नगरपालिका गोलागञ्ज, अमृतगञ्ज, हरिहरपुर र उचिडिह गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार गोलागञ्ज, अमृतगञ्ज, हरिहरपुर र उचिडिह गाविसहरूको जनसङ्ख्यालाई जोड्दा सिम्रौनगढ नगरपालिकाको कूल जनसङ्ख्या २४,६१५ हुन्छ।[१]
आर्थिक अवस्था
सम्पादन गर्नुहोस्ऐतिहासिक स्थल तथा व्यापारिक दृष्टिकोणले प्रख्यात सिम्रौनगढमा अहिलेसम्म एउटै बैङ्क छैन। सिम्रौनगढ नगरपालिका घोषणा भएकोमा सिम्रौनगढवासी औधी खुशी छन् तर नगरपालिकाको पूर्वाधार तयार पार्ने क्रममा भने सरकारले देखाएको उदासीनताप्रति आम जनता आक्रोशित छन्।[५]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
- ↑ २.० २.१ "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
- ↑ ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर।
- ↑ ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक न्यूज, नागरिक न्यूज, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर।
- ↑ "आर्थिकरूपले सम्पन्न सिम्रौनगढ नपामा एउटै बैङ्क छैन", प्रतीक दैनिक, २३ मङ्सिर २०७१, अन्तिम पहुँच २३ मङ्सिर।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |