सिउरे डुबुल्कीचरा वा शिव हाँस नेपालमा पाइने एक प्रकारको चराको एक नाम हो। यो पङ्क्षी पानी बस्ने ग्रेब प्रजातीको एक सदस्य हो। यो यसको विस्तृत सम्भोग प्रदर्शनको लागि उल्लेख गरिएको छ। यसको वैज्ञानिक नाम ल्यनटिन भाषाबाट आएको हो।

सिउरे डुबुल्कीचरा
सिउरे डुबुल्कीचराको आवाज
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
पि क्रिस्टाटस
वैज्ञानिक नाम
Podiceps cristatus
(लिनियस, १७५८)
पि क्रिस्टाटसको दायरा
  प्रजनन दायरा
   निवासी दायरा
  शीतकालीन दायरा

सिउरे डुबुल्कीचरा, पूर्वजगत (पहिलाको एसिया, अफ्रिका, युरोप) मा पाइएको ग्रेब प्रजातीको सबैभन्दा ठूलो सदस्य हो जसमा ठूला प्रजातीहरू भने दक्षिण र उत्तर अमेरिकामा बसोबास गर्ने गर्दछन्। यो चरा लम्बाइ ४६–५१ सेमी (१८–२० इन्च) हुन्छ र यसको एउटा पखेटा देखि अर्को पखेटासम्मको लम्बाई ५९–७३ सेमी (२३–२९ इन्च) हुन्छ भने यसको तौल ०.९ देखि १.५ किग्रा (२.० देखि ३.३ पाउन्ड) हुन्छ। यस प्रजातीका चराहरू पौडि खेल्न माहिर हुन्छन् र पानिमुनि हामफाल्न पनि सक्षम हुन्छन्।[] यसले पानी मुनि पनि सिकार गर्ने गर्दछ।

 
जर्मनीको एक सङ्गाहलयमा रहेको सिउरे डुबुल्कीचराको अण्डाहरूको सङ्कलन

सिउरे डुबुल्कीचरा बेलायतमा व्यापक रूपमा वितरित रहेका छन्, तर फाटफुट रूपमा देखा पर्दछन्। यसको प्रजनन युरोपका बेलायत, स्पेन र आयरल्यान्डबाट हुँदै रूससम्म पुग्दछ तर वितरण भने असमान हुने गरेको छ। यसले ताजा पानीको पोखरीको वनस्पति क्षेत्रहरूमा प्रजनन गर्ने गर्दछ।

सिउरे डुबुल्कीचराले एक विस्तृत मिलनको प्रदर्शन गर्दछ। सबै ग्रेबहरूको जस्तै, यसले पानीको किनारमा गुँड बनाउने गर्दछ। यसको खुट्टा अपेक्षाकृत टाढ्टाढा भएका कारण यो राम्रोसँग हिँडडुल गर्न सक्दैन। यसले प्रायः दुईवटा अण्डा पार्ने गर्दछ। भर्खरै जन्मिएका भुवादार र धर्सा धर्सा परेका बच्चाहरूलाई प्रायः वयस्कले आफ्नो ढाडमा बोक्ने गर्दछन्। भर्खरै जन्मिएका भाले र पोथी प्रत्येकले आफ्नो 'मनपर्ने' पहिचान गर्दछन्, जसले उनीहरूको मात्र हेरचाह गर्ने र केही कुरा सिकाउँन मद्दत गर्दछन्।

असामान्य रूपमा, भर्खरै जन्मिएका ग्रेबहरू लगभग जन्मिँदै पौडिन र पानी मुनि डुबुल्की खेल्न जानिसकेका हुन्छन्। वयस्कहरूले साना जन्मिएका बच्चाहरूलाई यो सीप प्रायः आफ्नो ढाडमा बोकेर सिकाउने गर्दछन् जसमा वयस्कहरूले उनीहरूलाई ढाडमा बोकेर पानी मुनि डुबुल्की खेल्छन् र साना बच्चाहरूलाई पानीमा तैरिरहन छोड्दिन्छन्। वयस्कहरूले पानीमुनि गई अलिकति टाढासम्म पुग्दछन् र सो देखेर बच्चाहरूले पनि त्यस्तो गर्दा गर्दा सिपालु बन्दछन्।

यो मुख्य रूपमा माछा, क्रस्टेसिया, किरा, साना भ्यागुता, र अन्य साना प्रकारका छेपारोमा निर्भर हुन्छ।

पक्षीहरूको हत्या मत्रै कपडाहरू बनाउनको लागि प्रयोग हुने कुराको विरोध गर्दै सन् १८९९ मा महिलाहरूको एक समूहले 'फर, फिन र फिटर फोल्क' नामक एक पङ्क्षी संरक्षण सङ्गठनको गठन गरेका थिए। एक वर्ष भित्र उक्त समूहमा ५,००० भन्दा बढी सदस्यहरू पुगेका थिए। सन् १९४९बाट यो समूह शाही पङ्क्षी संरक्षण समाज (आरएसपिबि) को रूपमा चिनिन्छ, र आज यसमा १० लाख भन्दा बढी सदस्यहरू छन् र यो युरोपको सबैभन्दा ठूलो र प्रभावकारी संरक्षण संस्था मध्ये एक हो। सिउरे डुबुल्कीचरा त्यसपछि सङ्ख्या र दायरामा विस्तार भएको छ।

तस्वीर सङ्ग्रह

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्