लिच्छवीकाल का शासक

लिच्छवीकालमा सिंहसार्थ बाहु निकै सम्पन्नउदार व्यक्ति रहेको र काठमाडौँ सहरका कमलादी, महाबौद्ध, हनुमानढोका लगायतका स्थान कुनै बेला सिंहसार्थको अधीनमा रहेको विश्वास गरिन्छ| आफ्नो किर्ति राख्ने हेतुले उनले करिव १० औँ शताब्दीमा ठमेलस्थित भगवान् बहालमा विक्रमशील महाविहार स्थापना गरी पूजाको परम्परा बसालेको संस्कृतिविद हरू बताउँछन् । प्रत्येक वर्ष फागु पुर्णिमामा विक्रमशील महाविहारमा सिंहसार्थ बाहु ( चकँ द्यो)को जात्रा हुन्छ । ती क्षेत्रमा उहाँको मूर्तिलाई पूर्णिमाको भोलिपल्ट विशेष बाजागाजा सहित परिक्रमा गराएर पुनः विहार भित्र्याउने चलन रहेको बताए । उक्त जात्रामा सो मूर्तिलाई दर्शन गरे पारिवारिक सुख र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ |

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्

[१] वेब्याक मेसिन अभिलेखिकरण २०१३-०३-२९ मिति-लिच्छवीकालीन जात्रा सुरु