संयुक्त राष्ट्र सचिवालय
[[Image:|250px|संयुक्त राष्ट्रका पहिलो महासचिव ट्रिग्व ली]] संयुक्त राष्ट्रका पहिलो महासचिव ट्रिग्व ली | |
मुख्यालय | मैनहैटन टापु, न्यूयॉर्क शहर, न्यूयॉर्क, संयुक्त राज्य |
सदस्य वर्ग | १९२ सदस्य देश |
अधिकारी भाषाएं | अरबी, चिनियाँ, अङ्ग्रेजी, फ्रान्सेली, रूसी, स्पेनी |
अध्यक्ष | महासचिव एन्टोनियो गुटेरेस |
जालस्थल | http://www.un.org |
संयुक्त राष्ट्र सचिवालय संयुक्त राष्ट्रको एक मुख्य अङ्ग हो जो संयुक्त राष्ट्र महासचिव द्वारा नेतृत्व गरिन्छ। संयुक्त राष्ट्रका बाकी अंगहरूको लागि आवश्यक जानकारी र सुविधा सचिवालयद्वारा प्राप्त हुन्छ। संयुक्त राष्ट्र अधिकारपत्रको अनुरूप, महासचिव आफ्नो सहायताको लागि दक्ष, योग्य, र सत्यनिष्ठ कर्मचारीहरूको अन्तरराष्ट्रिय समूह स्वयं चुन्छन्।
महासचिवका कर्तव्य अन्तरराष्ट्रिय संघर्षलाई सुलझाउनु, शांतिरक्षा कार्यहरूको प्रबंध गर्नु, अन्तरराष्ट्रिय सम्मेलन आयोजित गर्नु, सुरक्षा परिषद प्रस्तावहरूको कार्यान्वयन जांच्नु, र सदस्य सरकारसित बातचीत गर्नु हुन् ।
२१ मार्च २००५ मा, महासचिव कोफी अन्नानले सचिवालयमा धेरै परिवर्तनका प्रस्ताव राखे। उनले वैज्ञानिक सलाहकारको नियुक्ति, शांतिरक्षा सहायता कार्यालयको स्थापना, निर्णय लिनको निम्ति मन्त्री मंडललाई अनुबंधित, र मध्यस्थता कार्यहरू मजबूत गर्ने ध्येयले घोषित गरे।