एन्टोनियो गुटेरेस
संयुक्त राष्ट्र संघका महासचिव
एन्टोनियो गुट्रेस GCC GCL (/ɡʊˈtɛrəs/; European Portuguese: [ɐ̃ˈtɔnju ɡuˈtɛʁɨʃ]; जन्म ३० अप्रिल १९४९ ) संयुक्त राष्ट्र सङ्घका महासचिव हुन् | गुट्रेसले १ जनवरी २०१७ मा आफ्नो कार्यकाल सम्हालेका थिए । उनको कार्यकाल ३१ डिसेम्बर २०२२ सम्म रहने छ । गुट्रेस सन् १९९५ देखि २००२ सम्म पोर्चुगलका प्रधानमन्त्रीका रूपमा कार्यरत थिए भने २००५ देखि २०१५ सम्म उनी संयुक्त राष्ट्रसंघको उच्चायुक्तका रूपमा कार्यरत रहेका थिए ।
एन्टोनियो गुट्रेस | |
---|---|
महासचिव संयुक्त राष्ट्र सङ्घ | |
पद बहाली जनवरी १, २०१७ | |
पूर्वाधिकारी | बान कि-मुन |
व्यक्तिगत विवरण | |
जन्म | एन्टोनियो मैन्युएल डी ओलिविएरा गुटेरेस ३० अप्रिल १९४९ लिस्बन, पुर्तगाल |
मातृ शिक्षाप्रतिष्ठान | लिस्बन विश्वविद्यालय |
वेबसाइट | Campaign website |
प्रारम्भिक जीवन
सम्पादन गर्नुहोस्उनको जन्म पोर्चुगलको राजधानी लिस्बनमा ३० अप्रिल १९४९ मा भएको थियो। प्रेस्टिजियस लिसउ डे कैमोएस नामको माध्यमिक विद्यालयमा यिनको प्रारम्भिक शिक्षा भएको थियो। वर्ष १९७१ मा उनले लिस्बन विश्वविद्यालयबाट स्नातक उपाधि प्राप्त गरे । यसपछि उनले सहायक प्राध्यापकको रूपमा शिक्षण कार्य प्रारम्भ गरे।
राजनीतिक जीवन
सम्पादन गर्नुहोस्- वर्ष १९९२ मा सोशलिस्ट इन्टरनेशनलको उपाध्यक्ष नियुक्त ।
- वर्ष १९९५बाट २००० सम्म पोर्चुगलको प्रधानमन्त्री ।
- अक्टूबर ६.२०१६ को संयुक्त राष्ट्र संघको ९ औ महासचिव नियुक्त भए। महासचिव का पद जनवरी १, २०१७ कार्यकाल सुरु हुन्छ।
- वर्ष २००५ देखी २०१५ सम्म संयुक्त राष्ट्र सङ्घ मा शरणार्थिको उच्चायुक्त रहे।
- १२ डिसेम्बर २०१६ मा संयुक्त राष्ट्र सङ्घ का ९ औँ महासचिवको पदको शपथ ग्रहण गरे। [१]