चुरे
हिमालय क्षेत्रको दक्षिणतिर र तराईबाट उत्तर तिर हेर्दा तराईको समथर मैदान पछि देखिने उठेको पहिलो उभार तथा महाभारत क्षेत्रबाट दक्षिणतर्फ ओर्लिंदा समथर तराइ आउनु अघिको अन्तिम पर्वतीय क्षेत्र लाई चुरे, चुरिया वा शिवालिक पर्वत भनिन्छ।
यो खुकुलो पत्रे चट्टान र कमलो माटोले बनेको भूभाग नेपालको पूर्व-पश्चिम फैलिएको छ। पाकिस्तानको इन्दस नदीदेखि नेपाल हुँदै भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको चुरेले नेपालको कूल क्षेत्रफलको १२.७८ प्रतिशत भूभाग ओगटेको छ।[१] समुद्री सतहभन्दा करीब २०० देखि १३०० मिटर उचाइमा रहेको यस क्षेत्रले नेपालका ७७ जिल्लामध्ये ३६ वटा जिल्लाका भूभाग छोएको छ। चुरेको १००० वर्गमिटरभन्दा बढी भूभाग ओगट्ने आठ जिल्लामध्ये दाङ (२४१५ वर्गमिटर), चितवन (१८८५), कैलाली (१४५६), सिन्धुली (१४२८), मकवानपुर (१४०२), उदयपुर (१२६७), सुर्खेत (११४६) र नवलपरासी पूर्व (१००५) छन्। यीमध्ये चितवनको करीब ८४ प्रतिशत र दाङको कुल क्षेत्रफलको करीब ८० प्रतिशत भूभाग चुरे क्षेत्र नै पर्छ।[२] भूगर्भविदको अध्ययन अनुसार करिब चार करोड वर्षअघि हिमालय उत्पत्तिका क्रममा ग्रेगर र थेगर थुप्रिएर चुरे क्षेत्र निर्माण भएको हो। उत्तरबाट हिउँ पग्लेर बग्दै आउने नदी महाभारत क्षेत्र हुँदै अन्तिममा चुरेबाट तराईतिर बग्छन्। त्यसैले पनि यो कमलो ढुङ्गामाटोले बनेको क्षेत्र पर्यावरणीय दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ। चुरेको फेदीमा नदीले बगाएर ल्याएका ढुंगा, गिट्टी, बालुवा र कंकडले बनेको भावर क्षेत्र को समथर भूभाग छ। यसले दक्षिणी समथर तराईका लागि पानी सञ्चित गरी भूमिगत जल भण्डारणमा महत्त्वपूर्ण भूमिका खेल्छ।[३][४] नेपालको चुरे क्षेत्रले जम्मा जङ्गलको ७३ प्रतिशत भु-भाग ओगटेको छ। यस पर्वत को अग्लो भाग कैलाली जिल्लाको गार्वा (१८७२मि) रहेको छ।
तस्बिर
सम्पादन गर्नुहोस्भौगर्भिक बिभाजन
सम्पादन गर्नुहोस्- तल्लो चुरे (भावर)
- मध्य चुरे (चुरे पर्वत)
- माथिल्लो चुरे (दुन) : महाभारत र चुरे पर्वतश्रृङ्खला बीचको समथर उपत्यकालाई दुन भनेर चिनिन्छ। दाङ, देउखुरी, चितवन दुन उपत्यकामा पर्छन् ।
चुरेमा समस्या
सम्पादन गर्नुहोस्प्रमुख समस्याका रुपमा चुरे वन विनाश, चुरे क्षेत्रबाट बग्ने खाेलानदीकाे अनियन्त्रित उत्खनन् र अव्यवस्थित बसाेबास रहेका छन।[५] चुरेको दोहनले लाखौं नेपालीको जीविकोपार्जन र बाँच्ने अधिकार धरापमा पर्ने चिन्ता बढेसँगै नेपाल सरकारले चुरे संरक्षणका लागि विभिन्न प्रयास अघि सारेको छ ।[६]
चुरे संरक्षण
सम्पादन गर्नुहोस्चुरे क्षेत्रको संरक्षणमा विभिन्न प्रयास भएता पनि आशातित नतिजा भने हासिल गर्न सकिरहेको देखिन्न। चुरे संरक्षणको लागि निश्चित नीति नहुँदा चुरे संरक्षण र विकासका कार्यक्रमको कार्यान्वयनमा अन्यौल तथा जटिलता उत्पन्न भइरहेको छ।[७] सरकारले २०६६ सालदेखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सुरु गरेको छ।[६] साथै, एकिकृत दीगो प्राकृतिक श्रोत व्यवस्थापनको माध्यमबाट चुरे क्षेत्रको पारिस्थितिकीय प्रणाली सुधारका साथै संकटासन्न समुदायको जलवायु समानुकूलन क्षमतामा अभिबृद्धि गर्ने लक्ष्यका चुरे उत्थानशील आयाेजना कार्यान्वयनमा छ।[८]
यो पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ पहाड?, डा विजय सिंह :: किन छुन हुन्न चुरे, "किन छुन हुन्न चुरे पहाड?", किन छुन हुन्न चुरे पहाड?, अन्तिम पहुँच २०२४-०९-१०।
- ↑ चुरे?, सरोज कार्की (पीएचडी), भेषराज थापा (पीएचडी) र सुचना आचार्य :: कसरी जोगाउने, "कसरी जोगाउने चुरे?", कसरी जोगाउने चुरे?, अन्तिम पहुँच २०२४-०९-१५।
- ↑ के हो चुरे? नागरिक न्युज ८ मार्च २०१४
- ↑ "परिचय"।
- ↑ "पाँच ‘अ’बाट चुरे जोगाऔँ", Naya Patrika (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०९-१०।
- ↑ ६.० ६.१ "चुरे विवादः किन चुरेको संरक्षण नेपालको जनजीविकासँग जोडिएको छ?", BBC News नेपाली (नेपालीमा), अन्तिम पहुँच २०२४-०९-१०।
- ↑ Setopati, सुरज थापा ::, "चुरे संरक्षण : विद्यमान चुनौतीहरू", Setopati (en-USमा), अन्तिम पहुँच २०२४-०९-१०।
- ↑ "चुरे उत्थानशील आयोजना", brcrn.gov.np, अन्तिम पहुँच २०२४-०९-१०। वेब्याक मेसिन अभिलेखिकरण २०२४-०९-१० मिति