सबै जीव जन्तु तथा वनस्पतिका लागि पानी अत्यावस्यक तत्व हो । पारिस्थितिक प्रणालीको संरचना स्थिति र कार्य प्रणालीमा पानीले प्रभाव पार्दछ । जलचक्र सचालनमा जमिनको सतह र जमिन मुनिको पानीका स्रोतहरु महत्त्वपूर्ण हुन्छन् । जल प्रवाहको विभिन्न प्रक्रियामा सौर्य उर्जाको प्रभाव परिरहेको हुन्छ । सूर्यबाट आएको तापले गर्दा नदीनाला, पोखरी, ताल, समुन्द्र, हिमखण्ड, ओसिलो जमिन, जीवजन्तुहरूमा रहेको पानी आदि वाष्पिकरण हुन्छ । वाष्पिकरणले गर्दा नै हिउँदको समयमा पोखरी, ताल, समुन्द्रको पानीको मात्रा घट्दै जान्छ । जमिनको सतहमुनि भएको पानी बोटबिरुवाहरूले प्रयोग गर्दछन । बोटबिरुवाको उत्स्वेदन प्रक्रियाद्वारा तिनीहरूमा भएको पानी पातका छिद्रहरूबाट बाफको रूपमा बाहिर निस्की वायुमण्डलमा मिल्दछ । यसरी जीवजन्तु तथा वनस्पतिले प्रयोग गरेको पानी वाष्पिकरण हुने प्रक्रिया प्रकृतिमा निरन्तर रूपमा चलिरहन्छ । वाष्पिकरण भएर वायुमण्डलमा पुगेका पानीका सानासाना कणहरु बिस्तारै आपसमा मिल्दछन र बादलमा परिणत हुन्छन् । पानीका सानासाना कणहरुमिलेर ठूलाठूला कणहरु बन्दछन र वर्षाकोरूपमा पृथ्वीमा नै झर्दछन । वर्षाहुँदा झरेको अधिकांश पानी बगेर नदीनाला, खोला, ताल, समुन्द्र, पोखरी, आदिमा पुग्दछ । हिउँ, असिना, तुसारोको रूपमा रहेको पानी सौर्यतापले गर्दा पग्लेर तरलमा परिणत हुन्छ । पृथ्वीको सतहमा भएको पानीको केही भाग खाल्डो, जमिनको चिरा तथा माटोमा भएका छिद्रहरूबाट छिरेर जमिनको सतह भित्र पुग्दछ । तलतिर छिर्दैगएको पानी कडा चट्टान भएको वा  चट्टानका टुक्राहरूले प्वाललाई थुनेको स्थानमा पुगेपछि त्यहीँ नै रोकिन्छ । त्यसरी संचित भएको पानी भूमिगत जल हो । भूमिगत जल प्वाल तथा छिद्रहरूबाट मूलको रूपमा होचो भागबाट बाहिर निस्किन्छ । विभिन्न स्थानमा रहेको पानी पुनः वाष्पिकरण भई बाफको रूपमा वायुमण्डलमा जान्छ । यसरी जलप्रवाह निरन्तर रूपमा नै चलिरहन्छ । पारिस्थितिक प्रणालीलाई कायम राख्न जलचक्र प्रकृतिमा चलिरहनु आवश्यक छ । वनजङ्गलको फडानी, सुख्खा जमिनको वृद्धि, सिमसार र होचो स्थानहरूमा वस्तिबिस्तार गर्ने, सिमजस्तो जग्गालाई पुर्ने आदि कार्यहरूले जलचक्रको प्राकृतिक गतिलाई पनि असर पुर्याउँछ ।

जलचक्र

यो पनि हेर्नुहोस

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्