खास तराईको उत्तर र चुरे पर्वतमालाको दक्षिणमा ३८० मिटरको उचाइसम्म फैलिएको साँगुरो पेटीलाई भावर क्षेत्र भनिन्छ । चुरे र तराईको बीचको क्षेत्र भावर हो । ८ देखि १० माइलसम्म चौडाइ भएको भावर प्रदेशले मुलुकको कूल क्षेत्रफलको ४.५ प्रतिशत भूभाग ओगटेको छ ।[][]

वन फँडानी, अतिक्रमण, खोलानालाबाट ढुंगागिट्टी उत्खनन र मानवीय क्रियाकलापहरूले चुरेको भावर क्षेत्र संकटग्रष्त अवस्थामा रहेकाे छ। भावर क्षेत्रको वन विनाश र जथाभावी भइरहेको ढुंगागिट्टी उत्खननले तल्लो तटीय क्षेत्रमा बाढीको समस्या बढेको विज्ञहरूले भनाइ छ ।[] []

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "नेपाल परिचय (११औं संस्करण), २०८० | Department of Information and Broadcasting", doib.gov.np (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०८-०८ 
  2. २.० २.१ जोशी, लक्ष्मी राज (२०१८-०६-१६), "चुरे क्षेत्रको संरक्षण : नेपालको समृद्धिको आधार", Nature Khabar (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०९-१० 
  3. "नासिँदै भावर क्षेत्र", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२४-०८-०८