शिवधनुष (संस्कृत: पिनाक) भगवान शिवको धनु हो। [१]

सिताको स्वयम्बरमा रामले शिव धनुषमा ताँदो चढाउंदा धनुष भाँचियो
प्रकारधनुष बाण
सेवा इतिहास
उपयोगकर्ताशिव

पृष्ठभूमि सम्पादन गर्नुहोस्

विजय धनुष भगवान शिवको मूल धनु हो जुन सम्पूर्ण विनाश/ संहार वा " प्रलय " को लागि प्रयोग हुन्छ।

किंवदन्ती सम्पादन गर्नुहोस्

मूल वाल्मीकि रामायणका अनुसार, भगवान देवेन्द्रले समान क्षमताका दुई धनुषहरू सृष्टि गरे जुन रुद्र र विष्णुलाई दिइएको थियो र यी मध्ये कुन शक्तिशाली हो भनेर जान्न एक अर्कासँग लड्न अनुरोध गरे। यद्यपि युद्ध सुरू हुनुभन्दा ठीक अगाडि एक आकाशवाणी भयो कि यो युद्धले सम्पूर्ण विनाश निम्त्याउँछ र यसैले युद्ध रोकियो। आकाशवाणीको कुरा सुनेपछि रुद्रले आफ्नो धनुष फ्याँके जुन पृथ्वीमा खायो पछी यसलाई "शिव धनुष" भनेर चिनिन थाल्यो। पछि यो राजा जनकको पुर्खा राजा देवराथले भेट्टाए। यो हिन्दू महाकाव्य रामायणमा उल्लेख छ, जब शिवधनुषलाई राम ( विष्णुको अर्को अवतार ) ले भाँचे, जनककी छोरीसँग उनको विवाह भयो।

विश्वकर्माले दुई ईश्वरीय धनुषहरूको रचना गरे। उनले भगवान विष्णुलाई शारंगा धनुष र भगवान शिवलाई पिनाक धनुष दिए। मिथिलाका राजा जनकको सीता नामकी एक छोरी थियो। आफ्नो जीवनको प्रारम्भिक भागमा, सीताले आफ्नी दिदीबहिनीसँग खेल्दा अन्जानमै टेबल उठाइदिए जसमाथि धनुष राखिएको थियो; त्यो काम त्यो राज्यमा कोही पनि गर्न सक्दैन भन्ने कुरा थियो। यद्यपि यो घटना जनकले अवलोकन गरे र उनले यो घटना सीता स्वयंवरको पृष्ठभूमिका रूपमा गर्ने निर्णय गरे।

पछि, जनकले घोषणा गरे कि "जो कोही सीतासँग बिहे गर्न चाहन्छ उसले दैवी धनुष उचालेर शिवधनुषमा ताँदो चढाउनु बाँध्नु पर्छ"। अयोध्या राजकुमार रामले शिवधनुषमा ताँदो चढाउने क्रममा भाँचियो जसबाट विवाहमा राजकुमारी हात जिते। विवाह पछि जब उनका पिता दशरथ रामसँग अयोध्या फर्किरहेका थिए, परशुरामले उनीहरूको मार्गमा अवरोध खडा गरे र उनको गुरु शिवको धनु भाँचिएकोमा रामालाई चुनौती दिए। रामले परशुरामको प्रसंशा गरे / गुनगान गाए। त्यस पछि दशरथले माफ गर्न बिन्ती गरे तर परशुराम रिसाए र विष्णुको धनुबाट बाहिर निकाले। त्यसपश्चात उनले रामलाई त्यो विष्णु धनुष लिएर उनको साथ द्वन्द लड्नलाइ भने। रामले विष्णुको धनु ताने ताँदो चढाए , वाण राखे र परशुरामको सीधा मुटुमा ताके। रामले तब परशुरामलाई सोधे कि उनले बाणको लक्ष्यको रूपमा के दिन्छन्। यस समयमा, परशुराम आफ्नो रहस्यमय उर्जा गुमेको र शक्तिबाट आफूलाई वञ्चित महसुस गरे। उनलाई थाहा छ कि राम विष्णुको अवतार हुन्।

अर्को कथा सम्पादन गर्नुहोस्

अन्य उत्पत्ति सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

  • शारंगा
  • विजया
  • Gandiva

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. Williams, Monier, "Monier-Williams Sanskrit-English Dictionary", "pínāka m. n. a staff or bow, (esp.) the staff or bow of Rudra-Śiva"  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-२५ मिति