धनुष बाण एक प्रकारको ऐतिहासिक हतियार प्रणाली हो जसमा एउटा लचकदार धनुष र लामो आकारको पातलो बाण (तीर) हुन्छ। धनुष बाण खेल खेल्नको लागि धनुषको उपयोग गरेर बाण चलाउनको लागि कला, अभ्यास र कौशलको आवश्यकता हुन्छ। एउटा व्यक्ति जसले धनुषको उपयोग गरेर बाण चलाउँछ त्यसलाई धनुर्धारी भन्ने गरिन्छ।[१][२][३][४]

आधुनिक धनुष

सामन्य संरचना र प्रयोगसम्पादन


इतिहाससम्पादन

धनुषको सहयोगले बाण चलाउने कला धेरै प्राचीन छ जसको चलन आजपनि खेलको माध्यमले हूँदै आएको छ। आहार र आत्मरक्षाको लागि संसारको सबै भागहरूमा अन्य हथियारहरूको अपेक्षा धनुष-बाणको प्रयोग सबैभन्दा बढी र व्यापक रूपमा भएको छ। आदिकालदेखि १६औँ शताब्दीसम्म धनुष बाण मनुष्य जातिको लागि सहायक रहेको छ।

नेपालमा उपयोगसम्पादन

नेपालको थकाली जाति, मगर जातिसन्थाल जातिका मानिसहरू धनुष बाण चलाउन सिपालु हुन्छन्।[५][६]नेपालमा विभिन्न सांस्कृतिक महोत्सव तथा कला कार्यक्रमहरूमा धनुष बाण प्रतियोगिताको आयोजना हुने गरेको छ।[७]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Paterson Encyclopaedia of Archery p. 17
  2. Paterson Encyclopaedia of Archery p. 31
  3. Paterson Encyclopaedia of Archery p. 56
  4. Paterson Encyclopaedia of Archery p. 20
  5. "सन्थाललाई कानुनी साक्षरता", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-३१ 
  6. "पश्चिम नेपालमा माघी र माघे संक्रान्तिको रौनक", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-३१ 
  7. तामाङ, अर्जुन, "पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुँदै", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-३१ 

बाह्य कडीहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन